सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाको आधा दर्जन गोल

सोमबार, भदौ ३०, २०८२Admin User
बार्सिलोनाको आधा दर्जन गोल
Classic Tech Internet Ad

काठमाडौं। चोटका कारण लमिन यामल अनुपस्थित रहे पनि बार्सिलोनाले स्पेनिस लिगमा उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको छ। आइतबार रफिन्हा, रोबर्ट लेवान्डोव्स्की र फेर्मिन लोपेजले दुई–दुई गोल गरेसँगै बार्सिलोनाले भ्यालेन्सियामाथि ६–० को एकतर्फी जित निकालेको हो।

खेल क्याम्प नोउमा नभई क्लबकै प्रशिक्षण मैदान जोहान क्रुइफ स्टेडियममा खेलिएको थियो। करिब ६ हजार क्षमताको यो मैदानमा बार्सिलोनाको महिला टोली, रिजर्भ र युवा टोली खेल्ने गर्छन्। करिब एक लाख दर्शक अटाउने क्याम्प नोउ पुनःउद्घाटनका लागि अझै अनुमति नआएकाले बार्सिलोनाले अस्थायी रूपमा यहाँ खेलेको हो।

लोपेजले २९औं र ५६औं मिनेटमा गोल गरे। त्यसपछि रफिन्हाले ५३औं र ६६औं मिनेटमा तथा लेवान्डोव्स्कीले ७६औं र ८६औं मिनेटमा गोल थपे। विशेष कुरा रफिन्हा र लेवान्डोव्स्की बेञ्चबाट मैदान प्रवेश गरेपछि गोल गरेका हुन्।

स्पेनिस मिडियाले रफिन्हा ढिलो रिपोर्ट भएकाले सुरुआतमा खेल्न नपाएको दाबी गरे पनि प्रशिक्षक हान्सी फ्लिकले यो प्राविधिक निर्णय भएको बताए।

१५०औं खेल खेलिरहेका लेवान्डोव्स्कीले यसअघि यो सिजनमा लिगमा गोल गरेका थिएनन्। बार्सिलोनाका मिडफिल्डर मार्क कासादोले भने,‘हामी सुरुदेखि नै नियन्त्रणमा थियौं, जितका लागि के गर्नुपर्छ भन्ने थाहा थियो। आफ्नो खेल खेल्यौं र त्यसअनुरुप गोल आयो।’

भ्यालेन्सिया यो सिजनको सुरुआतमै संघर्षरत छ। दुई हारसँगै तल्लो स्थानमा रहेका उनीहरूले बार्सिलोनाविरुद्ध दुई पटक मात्र प्रहार गर्न सके, जसमा एउटामात्र लक्ष्यमा थियो।

बार्सिलोनाले पछिल्ला तीन खेलमा भ्यालेन्सियामाथि १८–१ को गोल अन्तर कायम गरेको छ। यस जितपछि बार्सिलोना चार खेलमा तीन जित निकाल्दै तालिकामा ९ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको रियल मड्रिडको भने ११ अंक छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

Bajaj Pulsar Motorcycle Ad
एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो