काठमाडौं। विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान अहिले ग्वाटेमालाका कार्लोस रुइजको नाममा छ। उनको गोल संख्या ३९ छ।
पोर्तुजिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोको गोल संख्या भने ३८ पुगेको छ। अब उनले एक गोल गरे मात्रै यो कीर्तिमानमा बराबरी गर्नेछन्। दुई गोल गरे उनी रुइजलाई उछिन्दै शीर्ष स्थानमा पुग्नेछन्।
४० वर्षीय स्ट्राइकरले शनिबार दुई गोल गर्दै पोर्चुगललाई आर्मेनियामाथि ५–० को ठूलो जित दिलाएका थिए। योसँगै अर्जेन्टिनी फरवार्ड लिओनल मेसीलाई उनले पछि पारेका छन्।
खेलअघि दुवैको गोल संख्या ३६–३६ थियो। अब रोनाल्डो ३८ गोलसहित अघि बढेका छन्।
अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको कुल गोल संख्या १४० पुगेको छ। मेसीको गोल संख्या भने ११४ छ।