काठमाडौं । इंग्लिस क्लब लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डी एक महिना मैदान बाहिर रहने भएका छन् ।
ह्यामस्ट्रिङ चोटको कारण भार्डी एक महिना मैदान बाहिर रहने भएका हुन् ।
लेस्टरका मुख्य प्रशिक्षक ब्रेनडन रोजर्सले भार्डी ३ देखि ४ हप्ता मैदान बाहिर रहने बताएका छन् ।
भार्डीले मंगलबार राति लिभरपुलविरुद्धको खेलमा चोट बोकेका थिए ।
उक्त खेलमा लेस्टरले लिभरपुललाई १-० ले हराएको थियो ।
३४ वर्षीय भार्डी लिभरपुलका डिफेन्डर जोएल माटिपको ट्याकलमा परेका थिए ।
इंग्लिस स्ट्राइकरले भार्डीले चोटकै कारण म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाएका थिए ।