काठमाडौं । चीनको राष्ट्रिय फुटबल टिमका सदस्यलाई ट्याटु बनाउन प्रतिबन्ध लगाईएको छ ।
चीनको खेलकुदको प्रशासनिक निकायले फुटबल टिमका खेलाडीलाई ट्याटु बनाउन प्रतिबन्ध गरेको हो ।
यस्तै ट्याटु बनाएका खेलाडीलाई ट्याटु हटाउन निर्देशन दिएको छ ।
चीनले सन् २०१८ देखि ट्याटुको विषयमा कडा नियम लागु गर्दै आएको छ ।
चीनको संस्कृतिमा ट्याटु कलंकको रुपमा चित्रण गरिदै आएको छ ।