काठमाडौं । म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले यस्तै भनेका छन्, ‘कसैले भनेको पत्याउँदिन ।’
खासमा कुरा के हो भन्दा इंग्लिस प्रिमियर लिगको लिग तालिकामा सिटीले आठ अंकको ठोस अग्रता लिएपछि सबैले भन्न थालेका छन्, अब लिग उपाधि जित्ने सिटीले नै हो । अब अब चेल्सी र लिभरपुलले सिटीलाई उछिन्न सक्ने छैन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहन ग्वार्डिओलाले भर्खरै ब्रेन्टफोर्डलाई हराएको छ । यही दिन चेल्सी भने ब्राइटनको हातबाट रोकियो ।
त्यसको एक दिन अगाडि लिभरपुल लेस्टर सिटीसँग पराजित भएको थियो । यस्तोमा सबैलाई घुमाएर सिटी र उसका स्पेनी व्यवस्थापकलाई बधाइ समेत दिन थालेका छन् ।
तर ग्वार्डिओला भन्छन्, ‘अझै ५४ अंकका लागि खेल्न बाँकी छ । हाम्रा लागि खर्चिनु भएका मीठा केही शब्दका लागि धन्यवाद । तर म कसैले भनेको पत्याउँदिन । चेल्सी र लिभरपुल भनेका निकै बलिया टिम हुन् । एउटा युरोपेली च्याम्पियन । अर्को लामो समयदेखि हाम्रो मुख्य प्रतिद्वन्द्वी । आठ अंकको केही ठूलो होइन् ।’
लिग तालिकाको सिटीको २० खेलबाट ५० अंक छ भने उत्तिकै खेल खेलेको चेल्सीको ४२ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ ।
सिटी अहिले बलियो स्थितिमा रहनु पछाडिको प्रमुख कारण भने लिगमा लगातार दसौं खेल जित्न सफल रहनु हो । ठीक यही बेला चेल्सी र लिभरपुलले भने लय केही हदसम्म गुमाएका छन् ।
–बीबीसीको सहयोगमा ।