बेसीसहर । बेसीसहर युथ सोसाइटीले बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
बिहीबार भएको खेलमा अन्नपूर्ण युथ क्लबलाई ३-० ले हराएर बेसीसहरले सुखद सुरुआत गरेको हो ।
खेलको ४६ औं मिनेटमा मनोज गुरुङले गोल गर्दै बेसीसहरलाई सुरुआती अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा दिपेश श्रेष्ठले गोल गर्दा बेसीसहरको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा धर्म राज पौडेलले गोल गर्दै बेसीसहरलाई ३-० को जित दिलाए ।
बिहीबार नै भएको खेलमा बुद्ध युथ क्लबले घनपोखरा युवा क्लबलाई ५-० गोल अन्तरले पराजित गरेको थियो।
बुद्धको जितमा फाकुल्ने अबायोनीले ह्याट्रिक पूरा गरे । सुनिल श्रेष्ठको नाममा दुई गोल रह्यो ।
आगामी पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।