काठमाडौं । भारतको दक्षिण पश्चिमी राज्य गोवामा क्रिस्टियानो रोनाल्डोको मूर्ति अनावरण गरिएको छ ।
यस पछाडिको तर्क हो, गोवाका युवा उनको खेलबाट प्रभावित भएर आफ्नो क्षेत्रमा राम्रो काम गर्न प्रेरित हुन सक्ने छन्।
तर भारतीय फुटबलभित्र यो कामलाई लिएर विवाद र असन्तोषका आवाज भने सुनिन थालेको छ ।
यसै क्रममा मुर्तिको अगाडि बसेर केहीले कालो झण्डा देखाएका छन् । केहीको भने तर्क छ, यस्तो मुर्ति भारतमा आफ्नै फुटबल खेलाडीको आवश्यक छ, न कि म्यानचेस्टर युनाइटेडका पोर्चुगाली स्टार खेलाडी रोनाल्डोको ।

एउटा तथ्य सबैलाई के पनि थाहा छ भने भारतमा फुटबल अत्याधिक लोकप्रिय रहेको राज्यमा गोवा पनि पर्छ ।
विवादले अझ नयाँ रूप लिनु पछाडि अर्को कारण पनि छ र यो हो, गोवा यसअघि पोर्चुगलको अधिनमा थियो । गोवाले पोर्चुगलबाट मुक्ति पाएको ६० वर्ष मात्र भएको छ र यसका लागि लामो संघर्ष पनि चलेको थियो ।
यस्तोमा तिनै पोर्चुगलका रोनाल्डोको मुर्ति राख्नु भनेको स्वतन्त्रताका लागि लड्नको अपमान त होइन् ? यस्ता प्रश्न पनि उठेको छ ।
–मार्काको सहयोगमा ।