अष्ट्रेलियन ओपन खेल्न कोभिड खोप अनिवार्य
शनिबार, मंसिर ४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कोभिड-१९ को खोप नलगाएका खेलाडीले अष्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
प्रतियोगिताका डिरेक्टर क्रेग टेलीले कोभिड खोप नलगाएका खेलाडीले अष्ट्रेलियन ओपन खेल्न नपाउने बताएका छन् ।
कोरोना महामारीलाई मध्येनजर गर्दै प्रतियोगिता खेल्ने खेलाडीले पूर्ण खोप लगाएको हुनुपर्ने नियम बनाईएको हो ।
अष्ट्रेलियन ओपन आगामी जनवरी १७ देखि ३० सम्म आयोजना हुनेछ ।
मेलबर्नमा आयोजना हुने अष्ट्रेलियन ओपन वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता हो।
गत वर्षको उपाधि नोभाक जोकोभिचले जितेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)