अभिलाषा र टेलरको जोडीलाई स्वर्ण
शुक्रबार, मंसिर ३, २०७८खेलपाटी संवाददाता

काठमाडौं। नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।
सर्किट– १ को गर्ल्स डबल्समा पनि अभिलाषा र टेलरको जोडी नै पहिलो भएका थिए । अभिलाषा गर्ल्स सिंगल्समा पनि फाइनल पुगेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
ब्वाइज डबल्समा भने नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेतामा सीमित बने ।
सर्किट– १ पनि उक्त जोडी उपविजेता बनेको थियो । फाइनलमा रसियाली जोडीले नेपाली जोडीलाई ४–६, ६–० र १०–६ को सेटमा हराए ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)