एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।
बुधबार राति समूह एको खेलमा सिटीले बेल्जियमको क्लब ब्रुगिसलाई ४–१ गोल अन्तरले हरायो ।
सिटीको जितमा फिल फोडिन, रियाद महरेज, रहिम स्टर्लिङ र ग्याब्रियल जिससले एक एक गोल गरे ।
सिटीका डिफेन्डर जोन स्टोनको एक आत्मघाति गोल ब्रुगिसले उपहार स्वरुप प्राप्त गर्यो ।
खेलमा अग्रता सिटीले १५ औं मिनेटमा फोडिनको गोलबाट लिएको थियो । स्टोन्सले १७ औं मिनेटमा आत्मघाति गोल गरेपछि खेल बराबरीमा आयो ।
दोस्रो हाफमा मात्र सिटीले तीन गोल थप्यो ।
महरेजले ५४ औं मिनेटमा गोल गर्दै सिटीलाई पुन अग्रता दिलाए । स्टर्लिङले ७२ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे ।
जिससले इन्जुरी समयमा गोल गर्दै सिटीलाई ४–१ को नतिजा दिए ।
सिटीलाई नकआउट चरण पुग्न मात्र एक अंक आवश्यक छ । इतिहाद क्लब एक अंक जोडेको अवस्थामा लगातार ९ सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्नेछ ।
जित सहित सिटीले समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी आइपेजिगसँग २–२ गोलको बराबरी खेलेपछि सिटी ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो ।
दोस्रो स्थानको पीएसजीको ८ अंक छ । क्लब ब्रुगिसको ४ र आरबी आइपेजिग १ अंक सहित पुछारमा छ ।