काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेजले निर्णायक गोल गरे । उनले खेलको ४३ औं मिनेटमा गोल गरे ।
जितसँगै अर्जेन्टिनाले ११ खेलमा २५ अंक जोडेको छ । अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ ।
पेरु ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
