एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले युक्रेनसंग बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा इटालीले युक्रेनसंग १ - १ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इटालीले बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ फेड्रिको बर्नाडेस्चीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ६२ औं मिनेटमा रुस्लान मिलानोभस्काईले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए ।
खेलको दौरान जियोनामा पुल भाचिदा ज्यान गुमाउने यात्रुप्रति श्रदान्जली दिईएको थियो । गत अगस्ट १४ मा उक्त पुल दुर्घटनामा ४३ जनाको मृत्यु भएको थियो । र, खेलको ४३ औं मिनेटमा दुवै टिमका खेलाडी, समर्थकहरुले मौन धारण गरेका थिए ।