काठमाडौं । पहिलो पथरी शनिश्चरे खुला नकआउट फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउदै बेलबारीले अन्तिम ४ मा स्थान पक्का गरेको हो । अफ्रिकन खेलाडी फ्र्याङ गोमिनले गोल गर्दै बेलबारीलाई अग्रता दिलाएपनि २५ औ मिनेटमा आत्मघाति गोलमार्फत खेल बराबरीमा आएको थियो ।
५३ औ मिनेटमा गोमिनले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई विजयी गराए ।
प्रतियोगिता अन्तर्गत भोली पथरी स्र्पोटिङ क्लब र दमक फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक कमिटिका सदस्य सुमन बिकेले बताए ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सदस्य सुमन बिकेले बताए ।