काठमाडौं । घरेलु टिम माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।
मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।
माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गरे ।
खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
उनले उत्कृष्ट बाइसाइकल किक गोल गरे ।
त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

यस जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ ।
माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो ।

बंगलादेशको यो पहिलो हार हो ।
यस अघि बंगलादेशले एक जित र एक बराबरीको नतिजा निकालेको थियो ।
बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।