पाकिस्तानको फाइनल पुग्ने सम्भावना जीवितै
२०२५ सेप्टेम्बर २४, बुधबार

काठमाडौं। पाकिस्तानले एसिया कपको सुपर फोमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना जीवित राखेको छ।
भारतविरुद्धको पहिलो खेलमा हार बेहोरेको पाकिस्तान र बंगलादेशविरुद्ध जित निकाल्न नसकेको श्रीलंका दुवै टोलीका लागि यो भिडन्त निर्णायक बनेको थियो।
अबुधाबीको शेख जायद स्टेडियममा मंगलबार टस जितेर पहिले ब्याटिङमा आएको श्रीलंकाले पाकिस्तानका ह्यारिस रउफ र शाहिनको धारिलो बलिङका कारण २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सक्यो। जबाफमा पाकिस्तानले १२ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो।
पाकिस्तानी पेसरहरूको आक्रामक सुरुआती स्पेलमा श्रीलंका ५८ रनमै ५ विकेट गुमाएर ठूलो संकटमा परेको थियो। तर, कमिन्दु मेन्डिसले अर्धशतक प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।