काठमाडौं । जर्मन बुंडेसलिगामा बोरुसिया डर्टमुन्डले हार व्यहोरेको छ ।
शनिबार राति भएको खेलमा डर्टमुन्डलाई बोरुसिया मुन्छेनग्लाडबाखले १-० ले हराएको हो ।
मुन्छेनग्लाडबाखको जितमा डेनिस जाकारियाले निर्णायक गोल गरे ।
उनले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको ४० औं मिनेटमा डर्टमुन्ड १० खेलाडीमा समेटिएको थियो ।
महमुद दाहुदले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।
यस हारसँगै डर्टमुन्डले ६ खेलमा १२ अंक जोडेको छ ।
डर्टमुन्ड चौंथो स्थानमा रहेको छ ।
मुन्छेनग्लाडबाख ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
अर्को खेलमा आरबी लाइपजिगले हेर्था बर्लिनलाई ६-० ले हराएको छ ।