एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्ला रियलसँग गोल रहित बराबरी खेलेको छ ।
शनिबार राति रियलले भिल्ला रियलसँग १–१ गोलको बराबरी खेल्दै अँक बाँडेको हो ।
यस सिजन अपराजित रहेको रियलले वर्नवेउमा गोल रहित बराबरी खेल्यो ।
कार्लोस एन्सेलोटी नेतृत्वको रियलले यस सिजन सुरुवाती ६ खेलमा २१ गेल गरेको छ । तर भिल्ला रियलविरुद्ध निकै कम आक्रमण रियलको देखियो ।
करिब बेन्जिमाको प्रहार र इस्कोको हेडरलाई गेरोनिमो रुलिकले बचाएका थिए । रियलको तुलनामा भिल्ला रियलले धेरै अवसर सिर्जना गरेको थियो ।

रियलले दोस्रो स्थानको सेभियासँग तीन अंकको अग्रता लिएको छ । जसले स्प्यानियोललाई २–० ले हरायो । साविक विजेता एट्लेटिको मड्रिड समेत आल्भेसँग १–० ले पराजित भयो ।
एन्सेलोटीको नेतृत्वमा रियलले पहिलो बराबरी खेलेको हो । उनाइ इम्रीको भिल्ला रियलले पछिल्ला ६ मध्य ५ खेलमा बराबरी खेलेको छ र सिजनको सुरुवाती खेलमा अपराजित छ ।