काठमाडौं । विल्सन एकेडेमी र भ्याली पब्लिक नवौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । विल्सन ब्वाइज र भ्याली पब्लिक गल्र्समा पहिलो भए ।
ब्वाइज फाइनलमा विल्सनले भ्याली पब्लिकलाई ५५–५१ ले पराजित ग¥यो । विल्सनका पेम्बा शेर्पाले २८ स्कोर गरे ।
गल्र्स फाइनलमा भ्याली पब्लिकले श्रीदिवालाई ३१–२० ले हरायो । भ्याली पब्लिककी सुमिना तामाङले १४ अंक जोडिन् ।
ब्वाइजमा विल्सनका छिरिङ थापा मगर तथा गल्र्समा भ्याली पब्लिककी सुमिना ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जेठ २५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा ८ टिम सहभागी थिए ।