काठमाडौं । नेपाल र बंगलादेश महिला फुटबल टिमबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हुने भएको छ ।
नेपाल र बंगलादेशबीचको दुबै मैत्रीपूर्ण खेल एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि बिहीबार हुनेछ ।
दशरथ रंगशालामा हुने खेल बिहीबार अपरान्ह ५ बजे सुरु हुनेछ ।
दोस्रो खेल आइतबार हुनेछ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
याे पनि,