काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले बिहीबार बंगलादेशको सामना गर्दैछ, पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा । यो नेपाली महिला राष्ट्रिय फुटबल टिमको दशरथ रंगशालामा डेब्यु हुनेछ ।
खासमा यस्तो ऐतिहासिक डेब्यु महिला टिमले मात्र गरिरहेको छैन्, नेपाली महिला राष्ट्रिय फुटबल टिमले पहिलो पल्ट विदेशी प्रशिक्षकको नेतृत्वमा पनि खेलिरहेको छ ।
त्यसो भनेको नेपाली महिला फुटबल राष्ट्रिय टिमले पहिलो पल्ट विदेशी प्रशिक्षकको नेतृत्वमा खेल्नेछ । यी भाग्यमानी प्रशिक्षक अरू कोही होइनन्, ग्यारी फिलिप्स हुन् । पुरुष टिमले अधिकांस समय विदेशी प्रशिक्षकको नेतृत्वमा खेल्दा त्यसकै समकक्षी महिला टिमले भने अहिलेसम्म नेपाली प्रशिक्षककै नेतृत्वमा खेलिरहेको थियो ।
महिला राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको सन् १९८६ को एएफसी वुमेन्स च्याम्पियनसपबाट हो । फिलिप्स अगाडि महिला टिममा जति पनि प्रशिक्षक भए, ती सबै संयोगले नेपाली नै रहे । यो अर्को ऐतिहासिक तथ्य भयो, यसलाई राम्रो मान्ने कि खराव, त्यो आ–आफ्नो विचार । अहिलेसम्म सात प्रशिक्षकले नेपाली महिला राष्ट्रिय टिम सम्हालिसकेका छन् ।
ती हुन्, खेम गुरुङ, उमेश प्रधान, ध्रुव केसी, किशोर केसी, कुमार कटुवाल, कुमार थापा र हरि खड्का । फिलिप्स आठौं प्रशिक्षक हुनेछन्, विदेशी प्रशिक्षकमा भने पहिलो ।
नेपाली महिला खेलाडीले लामो समयदेखि आवाज राख्दै आएका थिए, हामीले पनि विदेशी प्रशिक्षक पाउनु पर्छ भनेर । अब त्यो सपना पूरा भएको छ ।
याे पनि,