क्यानडाका पठानले विराटनगरबाट ईपीएल खेल्ने

काठमाडौं । क्यानडाका रायन पठानले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
पठानले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
विराटनगरले बुधबार पठानलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ।
पहिलो विदेशी खेलाडीको रुपमा विराटनगरले जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई अनुबन्ध गरेको थियो ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।







-1774523438835.jpg&w=3840&q=75)







-1774661800099.webp&w=3840&q=75)