काठमाडौं । नेपालकी उपकप्तान सिता राना मगरको आईसीसी टी-ट्वान्टी ब्याटिङ वरीयतामा सुधार भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सिताको वरीयता सुधार भएको हो ।
नयाँ वरीयतामा सिता ८५ औं स्थानमा उक्लिएकी छिन् ।
सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।
ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा रहेकी छिन्।
अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानीङ चौंथो र न्युजिल्याण्डकी सोफिडिभाइन पाँचौ स्थानमा रहेकी छिन् ।
सिता बलिङ वरीयताको १०० औं स्थानाम रहेकी छिन् ।
आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल समेत यथावत रहेको छ।
पुरुषको राष्ट्र वरीयतामा समेत नेपाल यथावत रहेको छ।
टी-ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ ।
नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ ।