• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
टोकियो ओलम्पिकमा नेपाल : सहभागितामै सिमित
खेलपाटी संवाददाता
शुक्रबार, साउन १५, २०७८ खेलपाटी संवाददाता
टोकियो ओलम्पिकमा नेपाल : सहभागितामै सिमित

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद (टोकियो ओलम्पिक) जापानमा जारी छ।

टोकियोमा भईरहेको ओलम्पिकमा नेपालको चुनौती भने सकिएको छ । आज (शुक्रबार) बिहान एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धासँगै नेपालको चुनौती सकिएको हो ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत ओलम्पिक खेलेका हुन्।

सदाझै, टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सिमित रह्यो। सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् ।

सन् १९६४ मा टोकियोमै आयोजना भएको ओलम्पिकबाट नेपालको ओलम्पिक यात्रा सुरु भएको थियो । तर, नेपालको ओलम्पिक यात्रा ६ दशक पुग्नै लाग्दा नेपालको सहभागिता ‘सहभागिता’ मै सिमित छ ।

तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो। पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए।

नेपाली खेलाडीको प्रदर्शन कस्तो ?

कल्पना परियार (सुटिङ)

कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन्  ।

वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिक खेलेकी कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाईन् ।

कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।  

राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौंथोमा १०४.१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडिन् ।

तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।

गौरिका सिंह (पौडी)

युनिभर्सालिटी कोटाबाट टोकियो पुगेकी पौडीबाज गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् ।

टोकियो एक्वेटिक सेन्टरमा गौरिकाले हिट चरणमा १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान कायम गरिन् ।  

५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । यस अघि गौरिकाको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबाट बाहिरिइन् ।   

१८ वर्षिया ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेलेकी थिइन् ।

एलेक्जेन्डर गाडेगार्ड शाह (पौडी)

पौडीबाज एलेक्जेन्डरले पुरुषको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए । युनिभर्सालिटी कोटाबाट पहिलो पटक ओलम्पिक खेलेका एलेक्सले राष्ट्रिय कीर्तिमान बनाए ।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । एलेक्स आफ्नो हिट-१ मा शीर्ष स्थानमा रहे ।  

एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् ।  यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो।

राष्ट्रिय कीर्तिमान बनाएपनि एलेक्स सेमिफाइनलमा पुग्न सकेनन् । उनी हिट चरणबाट बाहिरिए । कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहे । 

सोनिया भट्ट (जुडो)

वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिक खेलेकी सोनियाले जुडोतर्फ महिलाको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, सोनिया पहिलो खेलमै पराजित भईन् ।

राउण्ड अफ ३२ को खेलमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी थिइन् ।

१९ वर्षिया सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भएकी थिइन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।

नेपालमा आयोजना भएको १३ औं सागको कास्य पदकधारी सोनियाले पहिलो पटक ओलम्पिक खेलेकी हुन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

सरस्वती चौधरी (एथलेटिक्स)

सरस्वती टोकियो ओलम्पिकमा नेपालबाट प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडी बनिन् ।

तर, महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती अन्य खेलाडी जस्तै पहिलो चरणबाटै बाहिरिइन् ।

सरस्वतीले निर्धारित दुरी १२:९१ सेकेन्डमा पूरा गरिन् ।  दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् । यस हिटमा ९ खेलाडी रहेका थिए ।

सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ ।

यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२.२० सकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP