अजितले अल इन्डिया जुनियर च्याम्पियनसिप खेल्ने
सोमबार, साउन ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । एथलेटिक्स खेलाडी अजित यादवले भारतमा आयोजना हुने अल इन्डिया जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
भारतको पन्जाबमा आयोजना हुने च्याम्पियनसिपमा अजितले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल एथलेटिक्स संघले सोमबार उनलाई बिदाइ गरेको छ । च्याम्पियनसिप जुलाई ३१ देखि अगस्ट २ सम्म हुनेछ ।
यसैगरी केन्याको नौरबीमा आयोजना हुने वर्ल्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउने छन् । उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

