मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

व्यवस्थापकबाट मास्केको राजीनामा

मंगलबार, १५ असार २०७८खेलपाटी संवाददाता
व्यवस्थापकबाट मास्केको राजीनामा
Classic Tech Internet Ad

काठमाडौं । निरोज मास्केले राष्ट्रिय महिला टिमको ब्यवस्थापकबाट राजीनामा दिएकी छिन् ।

नेपाल भलिबल संघको केन्द्रिय उपाध्यक्ष रहेकी मास्केले घरायासी कारण देखाउँदै व्यवस्थापकबाट राजीनामा दिएकी हुन् ।

भलिबल संघले फिलिपिन्स हुन गईरहेको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि मास्केलाई राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

संघका एक पदाधिकारीले व्यवस्थापक पदबाट राजीनामा दिएको बताए ।

'उहाँले घरायासी कारण देखाउँदै सोमबारबाट लागु हुने गरि व्यवस्थापक पदबाट राजीनामा दिनुभएको छ ।' उनले भने ।

प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण सुरु गर्नेदेखि खेलाडी तथा अफिसियलको व्यवस्थापनको टुङ्गो लगाएसंगै मास्केले व्यवस्थापक पद छाडेकी हुन् ।

'घरायासी कारणले व्यवस्थापकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेकी हुँ ।' मास्केले भनिन्, 'तर महिला टिमको तयारी र व्यवस्थापनमा आउने समस्यामा टिमसंगै रहनेछु ।'

'खेलाडीले अझ परिस्कृत रुपमा प्रतियोगिताको तयारी गर्न पाउनेछन् ।' उनले थपिन् ।

महिला टिमको व्यवस्थापक बनाउने विषयलाई लिएर संघभित्र रस्साकस्सी समेत चलेको थियो । यसअघि महिला टिमको व्यवस्थापकको रुपमा रीता कोईरालाले जिम्मेवारी सम्हालेकी थिईन् ।

ऐतिहासिक रुपमा नेपालको महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्न गईरहेको अवस्थामा संघले उपाध्यक्ष रहेकी मास्केलाई सो जिम्मेवारी दिएको थियो ।

‘कोभिड–१९ को प्रभाव बढिरहेको समय बन्द प्रशिक्षण सुरु गर्नेदेखि खेलाडी, अफिसियलको व्यवस्थापन चुनौतीपूर्ण देखेर जिम्मेवारी लिएकी हुँ । जनजिवन अब सामान्य हुँदै गएको छ । टिमको व्यवस्थापनमा अब खासै समस्या नआउँला ।’ उनले भनिन् ।

नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिपमा सहभागीता जनाउँदैछ । प्रतियोगिताको तयारीका लागि भन्दै नेपालले असार १ गतेबाट बन्द प्रशिक्षण समेत सुरु गरेको छ ।

खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेर भलिबल संघले तयारी अघि बढाएको छ । प्रारम्भिक रुपमा २७ जना खेलाडी प्रशिक्षणमा सामेल छन् । विभागीय टिम पुलिसले विभिन्न कारण देखाउँदै तीन खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएन ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

Bajaj Pulsar Motorcycle Ad
फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन