• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
एसियन च्याम्पियनसिप एउटा अवसर
नमीन ढकाल
बुधबार, असार २, २०७८ नमीन ढकाल
एसियन च्याम्पियनसिप एउटा अवसर
undefined

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका लागि मंगलबारबाट तयारी सुरु गरेको छ ।

नेपालको महिला भलिबल टिम पहिलो पटक एसियन च्याम्पियनसिपमा सहभागी हुन लागेको हो । प्रतियोगितालाई लिएर खेलाडीहरु उत्साहित देखिन्छन् ।

पहिलो दिनको प्रशिक्षण क्रममा बोल्दै कप्तान अरुणा शाहीले पहिलो पटक एसियन च्याम्पियनसिपमा खेल्न लागेको उल्लेख गर्दै प्रतियोगिता आफ्ना लागि अवसर रहेको बताईन् ।

‘एसियन च्याम्पियनसिप खेल्न पाउनु राम्रो अवसर हो । पहिलो पटक सहभागी हुँदैछौँ  । हामीले आफुलाई भाग्यमानी सोचेका छौं ।’ कप्तान अरुणाले भनिन् ।

अरुणाकै कप्तानीमा नेपालले बंगलादेशमा भएको एभिसी सेन्टर जोन महिला भलिबलमा स्वर्ण पदक जितेको थियो ।

शाहीले ठुला टोलीविरुद्ध पदक भन्दापनि खेल्न र अनुभव साट्न पाउनुनै अवसर रहेको बताईन् ।

‘पदक भन्दा पनि पहिलो पटक खेल्दैछौं । नेपाल पनि छ भन्ने देखाउँछौं । देशको नाम राख्न खेल्छौं ।’उनले भनिन्, ‘ठुला टिम छन् । अनुभव सँगै राम्रो खेलाडीबाट धेरै कुरा सिक्न पाउँछौं ।’

शाहीले अभ्यास सत्र ढिला सुरु भएपनि चाँडै टिम छनोट गरेर मैत्रीपूर्ण खेल खेल्नुपर्ने बताईन् ।

प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले राष्ट्रिय टिमकालागि प्रारम्भिक ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।

संघले बोलाएको प्रारम्भिक टिममा आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन् ।

न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेका छन् ।

संघले बैकल्पिक खेलाडीमा भरतपुरकै आरती सुवेदी, निशा चौधरी, डायमण्डकी प्रगती नाथ, ढोरपाटनबाट पुष्पा शाही र नेपाल पुलिसकी पुष्पा चौधरीलाई राखेको छ ।

प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी तथा न्यु डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।

चीनमा हुने तय भएको एसियन च्याम्पियनसिप फिलिपिन्समा सरेको हो । प्रतियोगितामा नेपाल सहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई सन् २०२२ को विश्व च्याम्पियनसिपको छनोटको रुपमा समेत हेरिएको छ ।

प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २१ सम्म सञ्चालन हुने एसियन भलिबल महासंघ (एभीसी)ले जनाएको छ ।

राष्ट्रिय भलिबल टिमकी उपकप्तान प्रतिभा भालीले एसियन च्याम्पियनसिप ठुलो अवसर रहेको बताउँदै प्रतियोगिता खेल्न आफु तयार रहेको बताईन् ।

चोटबाट मुक्त हुँदै कोर्टमा फर्किएकी प्रतिभाले आफु पूर्ण रुपमा फिट नभएपनि प्रतियोगितासम्म लयमा आउने बताईन् ।

‘अहिले सम्मको ठुलो अवसर हो । अहिलेसम्म एसियन च्याम्पियनसिप खेलेको रेकर्ड छैन । सबैभन्दा ठुलो अवसर हो ।’ उनले भनिन् ।

‘म पूरा रिकभरी भएको छैन । तर प्रतियोगिताका लागि पुरा तयार छु । यसअघि खेल्न सकेको जति खेल्न सकेको छैन ।’ स्पाईकर प्रतिभाले भनिन् ।

प्रतिभाले एभिसी र साग खेल अघि जस्तै बाहिर गएर तयारी गर्न पाए प्रतियोगितामा उच्च प्रदर्शन गर्न सहयोग पुग्ने बताईन् ।

खेलाडीको बन्द सत्र जेठ २१ गतेबाट सुरु हुने बताईएको थियो । तर कोभिड–१९ को प्रभावका कारण निर्धारित मितिमा प्रशिक्षण अघि बढ्न सकेन ।

गत चैतमा सम्पन्न एनभीए राष्ट्रिय महिला क्लब लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा संघले प्रारम्भिक ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP