• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
किन विवादमा तानिए मनाङ्गे ?
खेलपाटी संवाददाता
मंगलबार, असार १, २०७८ खेलपाटी संवाददाता
किन विवादमा तानिए मनाङ्गे ?
दिपक मनाङ्गे । फाेटाे : खेलपाटी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल र बोर्ड सदस्य राजेश गुरुङ्गमाथि संघिन आरोप लगाएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दिपक मनाङ्गे विवादमा तानिएका छन् ।

प्रदेश सरकार गठनमा किंगमेकर बनेर चर्चामा आएका मनाङ्गेले राखेप सदस्य सचिव सिलवाल र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य गुरुङ्गमाथि राजनीतिक र नैतिक पतन देखिने गम्भिर आरोप लगाएका छन् ।

उनले बोर्ड सदस्य गुरुङ्गमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लगाउँदै त्यसमा सदस्य सचिव मतियार बनेको दाबी गरेका छन् । त्यस भन्दा अघि बढेर मनाङ्गले सदस्य सचिव सिलवालको नीजि मामिलामा हस्तक्षप गर्दै नैतिक पतनको आरोप लगाएका छन् ।

विवादस्पद अभिब्यक्तिपछि राखेपले बिज्ञप्ती निकालेर मनाङ्गेको अमर्यादित, अशोभनिय लान्छना एवं घोर निन्दनीय अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । राखेपले मनाङ्गेको अभिब्यक्तिले खेल जगतको अपमान भएको बताउँदै दोषी उपर प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

यस्तै, अर्का राखेप बोर्ड सदस्य गोबिन्द भट्टराईले समेत सार्वजनीक रुपमा प्रदेश मन्त्रीको भनाई अत्यन्त गैर जिम्मेवार र असामाजिक भएको बताएका छन् । उनले पोखरा रंगशाला र नेतृत्वको कार्यशैलीप्रति बिमती रहेपनि मनाङ्गेको धारणा खेदजन्य रहेको प्रतिक्रिया दिएका छन् ।

बोर्ड सदस्य राजेश गुरुङ्गले समेत समाजिक सञ्जालमार्फत मनाङ्गको भनाईप्रति गम्भिर आपत्ती जनाउँदै आफुमाथि लगाएका आरोप प्रमाण सहित पेश गर्न चुनौती दिएका छन् ।

एमाले नेता पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकारमा मनाङ्गे खेलकुद मन्त्री बनेका थिए । करिब हप्ता दिन मन्त्री बनेका उनले प्रदेश खेलकुदमा ठुलो भ्रष्टाचार हुने गरेको दाबी गर्दै आएका छन् ।

एमाले नेतृत्वको सरकार संसद विगठनतर्फ अग्रसर भएको आरोप सहित मनाङ्गे कांग्रेस नेतृत्वको सरकार निर्माणमा सामेल भएका थिए । नयाँ सरकार गठनमा किंगमेकर बनेका उनले भौतिक पूर्वाधार जस्तो शक्तिशाली मन्त्रालय प्राप्त गरेको छन् ।

मन्त्री बनेलगत्तै उनले विवादास्पदक अभिब्यक्ति दिन पुगे । कास्कीको आदर्श समाज पत्रिकाका प्रकाश ढकाललाई उनले दिएको अन्तरवार्ता विवादीत बन्न पुगेको छ । उनले अन्तरवार्ताको क्रममा एमाले नेतृत्वको प्रदेश सरकार भ्रष्टाचारमा डुबेको दाबी सहित आफु नयाँ सरकार गठनमा लाग्नुपरेको बताएका छन् ।

अन्तरवार्ताको क्रममा मनाङ्गेले प्रदेश खेलकुदको सन्दर्भमा बोर्ड सदस्य राजेश गुरुङ्गको क्रियाकलापप्रति गम्भिर टिप्पणी गरेका छन् । गुरुङ्गको सन्दर्भमा उनले राखेप सदस्य सचिव सिलवालको नीजि जिवन र नैतिक पतनसम्मको गम्भिर आरोप लगाएका छन् ।

मनाङ्गेले आरोप लगाएका राजेश गुरुङ्ग भने प्रदेश खेलकुदको सन्दर्भमा विवादीत पात्र मानिन्छन् । उनले १३ औं साग आयोजना र पूर्वाधार निर्माणको क्रममा आर्थिक हिनामिना गरेको अरोप स्थानीय स्तरमा लाग्ने गरेको छ । पोखराकै ढोरपाटन पत्रिकाले विजय नेपालीको बाईलाईनमा एउटै शीर्षकमा पटक पटक बजेट मागेर गुरुङ्गले आर्थिक अनियमितता गरेको समाचार प्रकाशित गरेको थियो ।

के भनेका थिए मनाङ्गेले ?

भिडियाे स्राेत : गण्डकी न्युज 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP