• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोको आगमनले फेरिएको पोर्चुगल
दिपेश तिमल्सिना
बिहीबार, जेठ २७, २०७८ दिपेश तिमल्सिना
रोनाल्डोको आगमनले फेरिएको पोर्चुगल

काठमाडौं । पोर्चुगल फुटबलको पावरहाउस थिएन भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । तर, २० औं शताब्दीमा आयोजना गरिएका १६ विश्वकप मध्ये पोर्चुगल मात्र दुई पटक छनोट भएको थियो ।

९० को दशकमा सनौलो पुस्ताको आगमनसँगै पोर्चुगलको फुटबलले एक आशाजनक मोड लियो । त्यही समयदेखि टोलीले नियमित आधारमा सुधार जारी राख्यो ।  अन्ततः पोर्चुगलले २०१६ मा युरोकपको उपाधि जितेर आफ्नो फुटबल इतिहासकै ठुलो उपाधि घर ल्याएको थियो ।

पोर्चुगल फुटबल फेडेरेसनको स्थापना १९१४ मा भएको थियो । फेडेरेसनको आधिकारिक नाम यूनियो पोर्चुगा डे फुटेबोल थियो । तिनीहरूको मुख्य लक्ष्य राष्ट्रिय प्रतियोगितालाई प्रचार गर्नु थियो । दुर्भाग्यवश, पहिलो विश्वयुद्धका कारण तिनीहरुले आफ्ना योजनाहरूलाई कार्यान्वयन गर्न सात वर्ष रोक्नु पर्यो ।

पोर्चुगलले १९२१ मा स्पेनसँग आफ्नो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्यो । उक्त खेलमा स्पेनसँग ३–१ ले पराजित भयो । अर्को वर्ष क्याम्पियोनाटो डे पुर्तगालको स्थापना भयो । जसले संघका योजनाहरुलाई सहि दिशामा अघि बढायो ।

पोर्चुगलको पहिलो प्रतियोगिता १९२८ को ओलम्पिक थियो । जहाँ इजिप्टले २–१ गोलले पराजित गरेपछि क्वाटरफाइनलबाट बाहिरिएका थिए । उत्कृष्ट प्रदर्शनका बावजुद पनि पोर्चुगलले जित आफ्नो पक्षमा पार्न सकेको थिएन् । १९३० को विश्वकप गुमाएपछि पोर्चुगल १९३४ को विश्वकप छनोटमा स्पेनसँग ९–० ले लज्जास्पद हारसँगै बाहिरिएको थियो ।

सन् १९३८ को विश्वकप छनोटमा पोर्चुगलले स्विजरल्याण्डको सामना गर्यो । तर, स्विजरल्याण्डसँग २–१ ले पराजित हुन पुग्यो । त्यसपपछि दोस्रो विश्वयुद्धका कारण उनीहरूले आफ्नो अर्को मौकाको लागि १२ वर्ष प्रतिक्षा गर्नु पर्यो । 

असफलताका दिन

पोर्चुगलले १९५० को दशकसम्म विना सफलता विश्वकप छनोटमा सहभागिता जनाउने कार्य जारी राख्यो । १९५० को छनोटमा उनीहरुले आफ्नो पुरानो प्रतिद्वन्द्वी स्पेनविरूद्ध प्रतिस्पर्धा गरेका थिए । मड्रिडमा भएको उक्त खेलमा ५–१ ले पराजित भयो । तिनीहरूले अझ चार वर्षपछि अस्ट्रियासँग ९–१ को अपमानजक हार भोगे । १९५८ को छनोटरमा पोर्चुगलले पहिलो जित निकाल्यो  । पोर्चुगलले इटालीलाई ३–० ले पराजित गरेको थियो । तर उत्तरी आयरल्याण्डसँगको पराजयबाट उनीहरूको विश्वकप आशा सकिएको थियो ।

सन् १९६० देखि पोर्चुगल युरोपेली च्याम्पियनशिप छनोटमा प्रतिस्पर्धा गर्न सक्षम भयो । फाइनल प्रतियोगिताका लागि छनोट खेलको दुई प्रयास असफल भयो । किनकि पोर्चुगल १९६० मा युगोस्लाभिया र १९६४ मा बुल्गारियासँग पराजित भएको थियो । यसबीच १९६२ को विश्वकप छनोटमा पोर्चुगल इङ्ल्यान्डपछि आफ्नो समूहमा दोस्रो रहदै फाइनल प्रतियोगिताका लागि छनोट हुन सकेन् । छनोटमा लक्जमबर्गमाथि ६–० को जित र इङ्ल्यान्डसँग १–१ ले बराबरी खेले पनि पोर्चुगलले बाँकी दुई अवे खेल गुमाएका थिए ।

1966 Portugal | Equipo de fútbol, Mundial de futbol, Futbol español

ओएस म्याग्रियोस

पोर्चुगलका धेरै जसो पराजयहरू निराशाजनक थिए । ब्राजिलका प्रशिक्षक ओट्टो ग्लोरियाको नेतृत्वमा पोर्चुगल १९६६ को विश्वकपका लागि छनोट भयो । त्यतिबेला पोर्चुगललाई बोलिचालिमा एक प्रशिद्ध कविता ओस म्याग्रियोस भनेर चिनिन्थ्यो ।

ओस म्याग्रियोसका कप्तान २४ वर्षे युसेबियो थिए । युसिबियो आफ्नो युगका सबैभन्दा प्रख्यात व्यक्ति थिए । सायद पेलेको दोस्रो स्थानमा । उनले प्रतियोगितामा पनि आफ्नो क्षमता प्रमाणित गरे र पोर्चुगललाई समूह चरणमा तीन जितसहित अग्रसर गरे । समूहको अन्तिम खेलमा ब्राजितविरुद्ध युसुबियोले दुई गोल गरेका थिए ।

क्वाट फाइनलमा युसेबियोको उत्कृष्ट प्रदर्शनका साथ पोर्चुगलले उत्तर कोरियालाई ५–३ ले पराजित गर्यो । जहाँ युसेबियोले ह्याट्रिक सहित चार गोल गरेका थिए । त्यसपछि सेमिफाइनलमा इङ्ल्यान्डसँग भेट गर्यो । तर, इङ्ल्यान्डसँग २–१ ले पराजित हुन पुग्यो । तेस्रो स्थानका लागि भएको खेलमा सोभित युनियनलाई पराजित गर्दै पहिलो विश्वकपमा नै पोर्चुगल तेस्रो बन्यो । जहाँ युसेबियोले ९ गोल गर्दै प्रतियोगिताका शीर्ष गोलकर्ता बने ।

पुरानै अवस्थाको पोर्चुगल

आफ्नो सर्वश्रेष्ठ विश्वकप समाप्त भएपछि, पोर्चुगल फेरि छनोटकालागि संघर्ष गर्नमै सिमित रह्यो । अचम्मको कुरा, १९६८ र १९८२ को बीचमा आयोजित विश्वकप र युरोपियन च्याम्पियनशिपका लागि छनोट गर्न सकेनन् ।

यस अवधिमा पोर्चुगलको एक्लो उज्ज्वल स्थान १९७२ मा ब्राजिलियन स्वतन्त्रता कप थियो । यो प्रतियोगिता ब्राजिलले पोर्चुगलबाट पाएको स्वतन्त्रताको १५० औं जन्मदिनको सम्मानमा आयोजना गरिएको थियो । जसमा विश्वका धेरै उत्कृष्ट राष्ट्रिय टोलीहरूलाई आमन्त्रित गरिएको थियो । पोर्चुगलले ब्राजिलविरूद्ध फाइनलका लागि छनोट हुँदा आफ्नो दुबै समूह चरणको खेल जितेको थियो । तर, ८९ औं मिनेटमा ब्राजिलले गोल गरेपछि पोर्चुगल उपविजेता बन्यो ।

आशाजनक उपस्थिति

पोर्चुगलले १९८४ मा सोभियत युनियनसाग नाटकीय १–० को जित पछि पहिलो पटक यूरोपीयन च्याम्पियनशिपमा स्थान बनायो । छनोटको समूहमा पहिलो स्थान प्राप्त गर्दै पोर्चुगल यूरोका लागि तयार रह्यो । उनीहरूको उत्कृष्ट लय प्रतियोगिता अवधिभर नै जारी रह्यो । सेमीफाइनल खेल  फ्रान्ससँग अतिरिक्त समयमा पराजित हुन पुग्यो ।

२० वर्ष र चार असफल प्रयासहरू पछि पोर्चुगलले १९८६ को विश्वकपका लागि छनोट भयो ।  अपेक्षाहरू उच्च थिए । इङ्ल्यान्डविरुद्ध समूहको पहिलो खेलमा १–० को जितपछि पोर्चुगलले उनीहरूको बाँकी दुई खेलहरू गुमायो र प्रतियोगिताबाट बाहिरियो । त्यसपछि तिनीहरूको सहभागिता कैयौ विवादमा बने । जसमा डोपिङ र अनुपयुक्त व्यवहार सहित विवादहरूको शृखंला सुरु भएको थियो ।

सुनौलो पिढी

पोर्चुगली फ्यानहरूका लागि टोलीले खासै खुसी दिन सकेको थिएन  । किनकि टोलीले लगातार चार प्रमुख प्रतियोगिताहरु गुमाएको थियो । ९० को दशकको मध्यसम्ममा, युवाहरूको एउटा समूहले यस अवस्थालाई आफ्नै हातमा लिन थाल्यो ।

भिटेर बाउ, रुई कोस्टा, जोओ पिन्टो र लुइस फिगोको नेतृत्वमा रहेको यस पुस्ताले दुई यू–२० विश्वकप जित्यो । ओलम्पिकमा राष्ट्रिय टोलीको उत्कृष्ट नतिजा चौथो स्थान हासिल गर्यो र तिनीहरू मध्ये धेरै जना पहिले नै क्लब फुटबलमा स्टारमा भईसकेका थिए ।

Luis Figo: repaso a su trayectoria, estadísticas y palmarés

तिनीहरूको सफलताको पहिलो स्वाद १९९६ मा आइपुगे । जब उनीहरू क्रोएसिया, डेनमार्क र टर्की भन्दा अगाडि आफ्नो यूरो समूहको शीर्ष स्थानमा रहे । उनीहरू चेक रिपब्लिकविरुद्ध क्वाटरफाइनलमा पराजित हुन पुगे ।

यूरो २००० मा, तिनीहरू सेमिफाइनलमा पुग्दै एक कदम अगाडी बढे । त्यसपछि उनीहरू जिनेदिन जिदानको विवादास्पद पेनाल्टी गोलबाट बाहिरिन पुगे ।

सुनौलो पिढीले प्रमुख प्रतियोगिताहरुमा आफ्नो छाप बनाइरहे । २००२ विश्वकपमा समूह चरणसम्मको  प्रदर्शनपछि तिनीहरू यूरो २००४ मा फाइनलमा पुगेका थिए । जहाँ पोर्चुगल अन्डरडग्स ग्रीसबाट १–० ले पराजित हुन पुग्यो । २००६ को विश्वकपमा उनीहरूले सेमिफाइनल पुग्न प्रत्यक्ष जित रेकर्ड गरिरहेका थिए । तर, सेमिफाइनलमा पोर्चुगल फ्रान्ससँग १–० ले पराजित भयो । तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग ३–१ ले पराजित हुन पुग्यो ।

रोनाल्डोको आगमन

Cristiano Ronaldo gives gifts and sends heartwarming message to Portugal's  under-17 women's team | Goal.com

यस बिन्दुमा, सुनौलो पुस्ताका सबै सदस्यहरू राष्ट्रिय टोलीबाट सन्यास लिइसकेका थिए ।   युवा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उदय हुँदै थियो । रोनाल्डो सन् २००६ को विश्वकप टोलीमा थिए र उनलाई पोर्चुगलको खेलाडी बन्न धेरै समय लागेन ।

रोनाल्डोको आगमनपछि पोर्चुगललाई प्रायः प्रतियोगितामा अन्डरडग्स टिम मानिन्थ्यो । युरो २००८ मा पोर्चुगल क्वाटरफाइनलमा जर्मनीसँगको हारबाट बाहिरिन पुगे । २०१० को विश्वकपमा पनि यस्तै मार्ग पछ्यायो । किनभने पोर्चुगल शीर्ष १६ मा स्पेनसँग पराजित भयो । चार वर्ष पछि तिनीहरू जर्मनी, अमेरिका र घानाको रहेको समूहबाट अगाडि बढ्न सकेनन् ।

यस अवधिमा पोर्चुगलको राम्रो प्रदर्शन युरो २०१२ मा देखियो । जर्मनीसँग १–० को हारपछि पोर्चुगलले डेनमार्क र नेदरल्याण्डलाई हराउन सफल भयो । चेक रिपब्लिकलाई पराजित गरिसकेपछि पोर्चुगलको भेट स्पेनसँग भयो । सेमिफाइनलमा खेल गोलरहितमा सकिएपछि पेनाल्टीमा स्पेनले ४–२ ले जित्यो ।

पहिलो ट्रफी

अघिल्लो प्रतियोगितासँग तुलना गर्दा पोर्चुगल यूरो २०१६ मा राम्रो देखिदैन थियो । समूहका सुरुवाती तीन खेल बराबरी खेलेपछि पोर्चुगल समूहको उत्कृष्ट तीनमा पर्दै नकआउटमा प्रवेश गरेको थियो ।

अन्तिम १६ मा अतिरिक्त समयमा क्रोएसियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनल पुग्यो । पोल्याण्डविरूद्धको क्वाटरफाइनलमा पोर्चुगलले खराब सुरुवात गर्यो । पोर्चुगल दोस्रो मिनेटमै पछाडी पर्यो । तर, ३३ औं मिनेटमा रेनाटो सान्चेजले गोल गर्दै खेल १–१ को स्थितीमा ल्याए । अन्ततः पेनाल्टीमा पोर्चुगलले ५–३ ले जित्यो ।

Ronaldo celebrates like never before as Portugal lift Euro 2016 trophy

सेमीफाइनलमा वेल्सलाई २–० ले हराउँदै पोर्चुगलले प्रतियोगितामा सर्वश्रेष्ठ खेल पस्कियो । फ्रान्सकोविरूद्धको फाइनल खेल अर्को नाटकीय थियो । तर, पोर्चुगलले अतिरिक्त समयमा एडरको गोलमा विजयी भयो ।

यस ऐतिहासिक सफलता पछि पोर्चुगल २०१८ को विश्वकपको लागि छनोट भयो । स्पेनविरूद्ध उनीहरूको सुरुआत प्रतियोगितामा एक उत्कृष्ट खेल साबित भयो । रोनाल्डोले ह्याट्रिक गरेपछि खेल ३–३ को बराबरीमा सकिएको थियो । उनीहरूको समूहबाट संघर्ष गर्दै नकाउटमा प्रवेश गरे पनि अन्तिम १६ मा उरुग्वेसँग २–१ ले पराजित हुँदै बाहिरियो ।

यतिबेला पोर्चुगत यूरो २०२० को तयारीमा छ । २०२० मा हुनु पर्ने यूरो कोरोना महामारीका कारण एक वर्षपछि सारेपछि यसै जुन ११ बाट सुरु हुँदैछ । पोर्चुगलले रोनाल्डोको कप्तानीमा आफ्नो टोलीको घोषणा समेत गरिसकेको छ ।

-एजेन्सीको सहयोगमा 

 

यो पनि ......

 

उपाधि, युद्ध र पुनर्मिलन

 

युरोपको च्याम्पियन ‘डेनिस डायनामाइट’

 

आधुनिक फुटबलको जन्मदाता

 

फ्रान्सको समुन्द्री यात्रा अनि पहिलो गोल

 

विश्वकपको प्रदर्शन दोहोर्‍याउने आशा

 
युद्धपछि बेल्जियमको संघर्ष


NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP