• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आधुनिक फुटबलको जन्मदाता
दिपेश तिमल्सिना
बिहीबार, जेठ २०, २०७८ दिपेश तिमल्सिना
आधुनिक फुटबलको जन्मदाता

काठमाडौं । इंग्ल्यान्डको राष्ट्रिय टोली स्कटल्याण्डसँगै गठन गरिएको थियो । त्यसैले  इंग्ल्यान्डको टिमलाई पुरानो राष्ट्रिय फुटबल टिम मध्येको एक मानिन्छ ।

यी दुबै राष्ट्रिले आफ्नो पहिलो खेल एक अर्काविरुद्ध खेलेका थिए । सन् १८७० को सुरुवात तिर खेलेको त्यो खेल नै प्रारम्भिक आधुनिक फुटबल इतिहासको खेल मानिन्छ । दुई देशबीचको खेल ४ मार्च १८७० मा लण्डनको द ओभल मैदानमा भएको थियो ।

विश्वका बाँकी राष्ट्रहरु फुटबलमा सम्मिलित हुनु भन्दा पहिले इंग्ल्यान्डले अन्य ब्रिटिश राष्ट्रहरूसँग मिलेर वार्षिक ब्रिटिश होम च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने गरेको थियो ।

चौथो संस्करणमा स्कटल्यान्ड उपविजेता बनेपछि इंग्ल्यान्डले पहिलो पटक १८८८ मा उक्त प्रतियोगिताको उपाधि जितेको थियो । ब्रिटिश होम च्याम्पियनशिप सयौं वर्षसम्म आयोजना भएको थियो र इंग्ल्यान्ड ५४ उपाधिका साथ सबैभन्दा सफल टिम बनेको थियो ।

शताब्दीको सुरुमा आयोजना भएको ओलम्पिक खेल्न इंग्ल्यान्ड सफल भयो । १९०० मा लन्डनमा आयोजित ग्रीष्मकालीन ओलम्पिकमा फुटबल पहिलो पटक समावेश गरिएको थियो । जहाँ बेलायती राष्ट्रिय टोलीले ग्रेट ब्रिटेनको रूपमा प्रतिनिधित्व गर्यो । उनीहरूले प्रतियोगिता जितेका थिए । तर त्यस समय ओलम्पिकमा फ्रान्स र बेल्जियम मात्र अन्य दुई राष्ट्रको सहभागीता रहेको थियो ।

Edwin Holliday - Wikipedia

सन् १९०४ को ग्रीष्मकालीन ओलम्पिकमा अनुपस्थित भएपछि ग्रेट ब्रिटेनले १९०८ को ग्रीष्मकालीन ओलम्पिकमा फेरि स्वर्ण पदक जितेको थियो । त्यतिबेला पाँच राष्ट्रको सहभागिता रहेको थियो । तिनीहरुले सन् १९२० सम्म ओलम्पिक फुटबल प्रतियोगितामा आफ्नो प्रभुत्व कायम राखेका थिए । तर, १९२० को ओलम्पिकको पहिलो चरणमा नर्वेले बेलायतीलाई पराजित गरेको थियो । त्यतिबेला बेलायतले सबै एमेच्योर खेलाडी मैदान उतारेको थियो ।

त्यतिबेला व्यवसायिक खेलाडीको कारण एफए र फिफाबीच विवाद शुरू भयो । एफए व्यवसायिक खेलाडीहरुलाई ओलम्पिक फुटबल प्रतियोगिता बाहिर राख्न चाहान्थ्यो । फिफाको योजना भने अर्को थिए । यसकै असरका कारण ग्रेट ब्रिटेनले अर्को दुई ओलम्पिक फुटबल प्रतियोगिताबाट नाम फिर्ता लियो ।

ग्रेट ब्रिटेनको राष्ट्रिय टोली १९३६ मा ओलम्पिकमा पुनः फर्कियो । जहाँ पोल्याण्डविरूद्ध दोस्रो चरणमा पराजित भए । तर, त्यतिबेलासम्म विश्वकपको सुरुवात भइसकेकाले फुटबलको नक्शा परिवर्तन गरिसकेको थियो । जसले ओलम्पिकमा खेल्ने सिनियर फुटबल टोलीलाई प्रतिस्थापन गरेको थियो ।

General Improved Knowledge: HISTORY OF FOOTBALL IN ENGLAND

ठूलो सफलता र असफलताको सिलसिला  

इंग्ल्यान्ड सन् १९०६ मा फिफामा आबद्द भएको थियो । तर, खेलको आविष्कारको रूपमा इंग्ल्यान्डले अधीनताको कुनै स्पष्ट कारण नदेखेपछि १९२८ मा फिफा छोडेका थिए । यसै कारण इंग्ल्यान्डले १९३० मा उरुग्वेमा आयोजना भएको पहिलो विश्वकपमा भाग लिएन् ।

इंग्ल्यान्डले १९३८ सम्म विश्वकपमा सहभागिता जनाएन् । १९४६ मा फिफाको पुनः सदस्यता लिएपछि इंग्ल्यान्डले १९५० को विश्वकपमा पहिलो पटक सहभागिता जनायो । आफ्नो पहिलो खेल चिलीविरुद्ध जित्यो । तर, संयुक्त राज्य अमेरिका र स्पेनविरूद्ध पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो । तिनीहरू समूह चरणमा पहिले नै बाहिरिए पनि संयुक्त राज्य अमेरिकासँगको हार तिनीहरुका लागि सायद सबैभन्दा ठूलो अपमान थियो ।

त्यहिँ समय तीन वर्षसम्म इंग्ल्यान्डले एक पटक मात्र घरेलु मैदानमा आयरल्याण्ड रिपब्लिकसँग पराजित भएको थियो । अब, इंग्ल्यान्ड कडा प्रतिस्पर्धी हंगेरीको सामना गर्न तयार थियो । जसले ओलम्पिकमा शासन गरिरहेका थिए र पछिल्लो तीन वर्ष यता अपराजित थियो ।

यी दुई टोलीबीचको खेललाई  'म्याच अफ द सेन्चुरी' को नाम दिएको थियो । खेल वेम्बली (एम्पायर स्टेडियम भनिन्थ्यो र यो देशको पहिलो राष्ट्रिय स्टेडियम बन्ने थियो)  मा आयोजना हुने थियो । उक्त खेल इंग्ल्यान्ड ६–३ ले पराजित हुन पुग्यो ।

England 1966 World Cup 50th anniversary: The best pictures from England's  Wembley win in London | London Evening Standard | Evening Standard

सन् १९५४ को विश्वकपमा इंग्ल्यान्डले क्वाटरफाइनलसम्मको यात्रा गर्यो । तर, क्वाटरफाइनलमा उरुग्वेसँग पराजित हुन पुग्यो । एक औषत  प्रदर्शनको चार वर्षपछि जब प्रतियोगिता स्विडेनमा आयोजित भयो । इंग्ल्यान्ड समूह चरणबाट अगाडी बढ्न सकेन । १९६२ को विश्वकपमा पनि इंग्ल्यान्ड क्वाटरफाइनलमा ब्राजिलसँग रोकियो ।

इंग्ल्यान्डले विश्वकपमा क्वाटरफाइनलसम्म यात्रा मात्र गर्न सकेको थियो । तर, १९६६ को विश्वकपमा उनीहरूले घरेलु मैदानमा एक फरक कथा बनाए । घरेलु मैदानको फाइदा ऐतिहासिक जितको एक कारण बन्यो ।

पहिलो खेलमा उरुग्वेविरूद्ध गोलरहित बराबरी खेल्दा इंग्ल्यान्ड टोली च्याम्पियन जस्तो देखिदैन थिए । तर, त्यस बराबरीपछि इंग्ल्यान्डले बाँकी खेलहरू सबै जिते । समूह चरणमा  फ्रान्स र मेक्सिकोलाई पराजित गर्यो ।

क्वाटरफाइनल र सेमिफाइनलमा अर्जेन्टिना र पोर्चुगललाई पराजित गर्दै फाइनलमा पश्चिम जर्मनीविरूद्धको भेट पक्का गरे । नाटकीय बनेको फाइनल खेलको अतिरिक्त समयमा इंग्ल्यान्डले जर्मनीलाई ४–२ ले पराजित गरेको थियो ।

सन् १९६६ मा भएको जित इंग्ल्यान्डका लागि स्वर्ण युगको सुरुवात भने होइन । चार वर्षपछि मेक्सिकोमा भएको विश्वकपमा इंग्ल्यान्डले समूहमा तीन मध्ये दुई खेल जित्दै समूह चरणबाट अगाडी बढ्यो । क्वाटरफाइनलमा इटालीसँग पराजित हुन पुग्यो ।

जब विश्वकप कप चार वर्ष पछि युरोप (पश्चिम जर्मनी) मा फर्कियो इंग्ल्यान्ड छनोट  हुन सकेन् । पोल्याण्डविरूद्ध घरेलु मैदानमा भएको छनोटको अन्तिम खेलमा जित निकालेको खण्डमा इंग्ल्यान्ड छनोट हुन सक्थ्यो । तर, इंग्ल्यान्ड पोल्याण्डसँग बराबरीमा सिमित हुन पुग्यो । विश्वकप खेल्न सुरु गरेपछि इंग्ल्यान्ड पहिलो पटक छनोट हुन असफल भएको थियो ।

Outrageous, rebellious, fearless – Diego Maradona lived football's most  epic life | Sport | The Times

इंग्ल्यान्डले १९७८ मा अर्जेन्टिनामा भएको अर्को विश्वकप पनि गुमाउन पुग्यो । यस पटक छनोटमा इंग्ल्यान्ड अभागी सावित हुन पुग्यो । एउटै समूहमा रहेको इटाली गोल अन्तरका आधारमा विश्वकपमा स्थान बनायो ।

सन् १९८२ को विश्वकपमा इंग्ल्यान्ड छनोट भयो । प्रतियोगिताको पहिलो समूह चरणमा लगातार तीन जित निकाल्दै इंग्ल्यान्ड शीर्ष स्थानमा रहेर दोस्रो समूह चरणमा प्रवेश गरेको थियो । यो विश्वकपको दोस्रो समूह चरण नयाँ सेटअप थियो । दोस्रो समूह चरणमा इंग्ल्यान्डले विपक्षी पश्चिम जर्मनी र स्पेन दुबै टोलीविरुद्ध गोल गर्न सकेन । पश्चिम जर्मनीले तेस्रो खेलमा स्पेनलाई हराएर सेमिफाइनलमा स्थान बनायो । इंग्ल्यान्ड भने बाहिरिन पुग्यो ।

धेरैलाई १९८६ को विश्वकपमा इंग्ल्यान्ड टोलीको पोष्टमा के भयो भनेर स्पष्ट सम्झना छ । क्वाटरफाइनलमा अर्जेन्टिनाविरूद्धको खेल अझै बिर्सन गाह्रो छ । जहाँ इतिहासको सबैभन्दा विवादास्पद गोलमध्ये एक र सबैभन्दा उत्कृष्ट अर्को गोल थियो । पहिलो गोल  'ह्यान्ड अफ गड'  थियो । जहाँ रेफ्री चुके । दोस्रो अर्को मैदानबाट त्यही खेलाडीले बल ड्रबिलिङ्ग गर्दै इंग्ल्यान्डका गोलरक्षक पिटर शिल्टनलाई चक्मा दिदै गोल गरेका थिए । उनी थिए, डिएगो म्याराडोना ।

इटालीमा भएको १९९० को विश्वकप अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डका लागि दोस्रो ठूलो विजय थियो । उनीहले १९६६ को विश्वकप अघि र पछि क्वाटरफाइनलसम्मको यात्रा मात्र गर्न सकेका थिए । उनीहरुले क्वाटरफाइनलमा क्यामरूनलाई ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा पश्चिम जर्मनीसँग पेनाल्टीमा पराजित हुँदै अर्को चरणको यात्रामा पूर्णविराम लाग्यो । तेस्रो स्थानका लागि भएको खेलमा पनि इटालीसँग पराजित हुदै चौथो बनेको थियो ।

John Gibson: Gone are the days when Newcastle United boasted England  players - John Gibson - Chronicle Live

इंग्ल्यान्डले १९९४ को विश्वकप गुमाउन पुग्यो । तर फ्रान्समा आयोजित अर्को संस्करणमा युईएफए यूरोपीयन च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरे पछि फेरि विश्वकपमा फर्कियो । तर, विश्वकप १९९० र यूरो १९९६ नायक पल ग्यासकोइन् अधिक वेटका कारण टिम बाहिर थिए । टिम शेरिघम टोलीका अर्का स्टार थिए । तर, प्रतियोगिताका दौरान एक नाइटक्लबमा देखिए पछि आलोचनाका सिकार बन्न पुगे ।

त्यसपछि दुई युवा खेलाडीहरूले उनको सट्टामा खेल्ने अवसर पाए । पहिलो थिए माइकल ओवेन । उनले पहिलो खेलमा केवल ५ मिनेट र दोस्रोमा नौ मिनेट खेल्न पाएका थिए । रोमानियाविरुद्धको एक गोल उनकै थियो । समूहको तेस्रो खेलमा उनले सुरुवाती ११ बाटै सुरु गरे । उनले अर्जेन्टिनाविरुद्ध शीर्ष १६ मा एकल आक्रमण गर्दै आफूलाई उत्कृष्ट खेलाडीको रूपमा प्रस्तुत गरे । तर, त्यो खेल पेनाल्टीमा इंग्ल्यान्ड हार्न पुगेको थियो ।

दोस्रो युवा खेलाडी डेभिड बेकह्याम थिए । उनले अन्तिम समूह खेलमा कोलम्बियाविरुद्ध फ्रिकिकमा गोल गरे । तर शीर्ष १६ मा उनी रातो कार्ड खाँदै  बाहिरिए ।

सन् २००२ को विश्वकप एशियामा पहिलो पटक आयोजित भएको थियो । बेलायत उच्च अपेक्षाका साथ आइपुग्यो । शीर्ष १६ मा डेनमार्कलाई प्रभावशाली शैलीमा जितेको इंग्ल्यान्डले क्वाटरफाइनलमा ब्राजिलको सामना गर्नु पर्ने थियो । तर, ब्राजिलसँग २–१ ले पराजित हुँदै बाहिरियो ।

सन् २००६ को विश्वकपमा पनि क्वाटरफाइनलमा पराजित भए हुँदै बाहिरिन पुग्यो । २०१० मा शीर्ष १६ बाटै बाहिरिएको इंग्ल्यान्ड २०१४ को विश्वकपमा कोस्टारिका, इटाली र इरुग्वेसँगै समूह डीमा रहेको थियो । तर, समूहमा जित विहीन हुँदै समूह चरणबाटै बाहिरियो ।

२०१८ को विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा क्रोयसियासँग अतिरिक्त समयमा २–१ ले पराजित हुन पुग्यो । तेस्रो स्थानका लागि भएको प्ले अफमा बेल्जियमसँग २–० ले पराजित भएपछि इंग्ल्यान्ड चौथो स्थानमा सिमित  भएको थियो ।

सन् १९६८ बाट यूईएफए युरोपियन च्याम्पियनसिप खेल्न सुरु गरेको इंग्ल्यान्ड पहिलो संस्करणमा नै तेस्रो बनेको थियो । सेमिफाइनलमा युगोस्लाभियासँग १–० ले पराजित भएपछि फाइलनको यात्रा सकिएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा सोभियत युनियनलाई २–० ले पराजित गर्दै तेस्रो बेनेको थियो ।

England out of Euro 2016: What went wrong for the Three Lions? | Football  News | Sky Sports

त्यसपछिका दुई संस्करणमा छनोट हुन नसकेको इंग्ल्यान्ड १९९२ सम्मको यूईएफए युरोपियन च्याम्पियनसिपमा समूह चरणबाटै बाहिरिएको थियो ।

सन् १९९६ मा घरेलु भुमिमा आयोजना भएको यूईएफए युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्डले फेरि १९६८ कै नतिजा दोहोर्यायो । त्यसपछिका पाँच संस्करणको युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्ड एक पटक मात्र छनोट हुन् सफल भएको थियो भने दुई पटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ ।

यस वर्षको यूईएफए युरोपियन च्याम्पियनसिपका लागि इंग्ल्यान्ड छनोट भईसकेको छ ।

-एजेन्सीको सहयोगमा 

 

फ्रान्सको समुन्द्री यात्रा अनि पहिलो गोल

 

विश्वकपको प्रदर्शन दोहोर्‍याउने आशा

 

युद्धपछि बेल्जियमको संघर्ष

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP