• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युरोपको च्याम्पियन ‘डेनिस डायनामाइट’
दिपेश तिमल्सिना
शुक्रबार, जेठ २१, २०७८ दिपेश तिमल्सिना
युरोपको च्याम्पियन ‘डेनिस डायनामाइट’

काठमाडौं । पहिलो पटक विश्वकपमा छनोट हुनका लागि सन् १९९६ सम्म कुर्नुपरे पनि डेनमार्कले फुटबल मैदानमा धेरै सफलताको आनन्द उठाएको छ । डेनमार्कले युरोपेली च्याम्पियनशिपमा तीन पटक शीर्ष चार भित्र रहँदै च्याम्पियनसिपको अन्त्य गरेको छ । सन् १९९२ को आश्चर्यजनक जितसहित छ ।

डेनमार्क ओलम्पिकमा एक पटक च्याम्पियन बन्दा तीन रजत पदक र एक कास्य पदक जितेको छ । त्यस्तै विश्वकपमा तीन पटक शीर्ष १६ सम्मको यात्रा गर्दा एक पटक क्वाटरफाइनलसम्म पुगेको छ  ।

आफ्नो इतिहासको सुरुवातमा डेनमार्कले ओलम्पिकमा आफ्नो नाम कमाए । १९०६ मा कोपेनहेगन फुटबल संघका खेलाडीहरू मिलेर बनेको टोलीले एउटा ग्रीस टिम र ओटोम्यान साम्राज्यका दुई क्लबलाई हराउँदै अनौपचारिक स्वर्ण पदक जित्यो । त्यसको दुई वर्ष पछि उनीहरू ओलम्पिकको पहिलो आधिकारिक फुटबल प्रतियोगितामा दोस्रो बने । तिनीहरूले १९१२ मा अर्को रजत पदक जितेका थिए । जसको कारणले डेनमार्कलाई ईएलओ वरीयतामा शीर्ष स्थानमा राखियो ।

डेनमार्कका लागि यि प्रारम्भिक परिणामहरू उत्साहजनक थिए । तर, डेनिस फुटबल संघले अन्तर्राष्ट्रिय फुटबलमा त्यति रुची राखेन । १९२० देखि  १९४८ सम्म तिनीहरू मैत्रीपूर्ण खेल र क्षेत्रीय नोर्डिच च्याम्पियनशिपमा मात्र सिमित बने । यस अवधि पछि पनि डेनमार्कमा फुटबल धेरै जसो मनोरञ्जनको विषय मात्र बन्न पुग्यो । जसले गर्दा धेरै उत्कृष्ट डेनिश फुटबलरहरू देश छोडेर अन्यत्र आफ्नो भाग्य खोज्न लागे ।

Mighty Explosion of Denmark's Dynamite Team - Betting News | Sports News |  Casinos News | Gaming Reviewsसन् १९९४ मा डेनमार्कले युरोपेली च्याम्पियनशिपका लागि छनोट गर्न सजिलो ड्रको फाइदा उठायो । तर, सोभियत संघ र हंगेरीसँग पराजित भएपछि डेनमार्क चौथो स्थानमा सिमित बन्न पुग्यो । यद्यपि त्यस नतिजाले फुटबल संघमा मुख्य भूमिका खेल्यो र अन्ततः राष्ट्रिय टोलीमा व्यवसायिक खेलाडीहरूलाई अनुमति दिने निर्णयमा पुग्यो । त्यसको लगत्तै व्यवसायिक फुटबल डेनिस लिग पनि सुरु गर्यो । जसले अझ प्रतिस्पर्धी राष्ट्रिय टिम निर्माणका लागि मार्ग प्रशस्त गर्यो ।

डेनिस डायनामाइट

सन् १९८० सम्म डेनमार्कको एउटा त्यस्तो टोली थियो जुन उपाधि दौडमा प्रवेश गर्न सक्थ्यो । तर, त्यस टोलीले १९८२ को विश्वकपका लागि छनोट गर्न सकेन् । उनीहरू युरो १९८४ का लागि छनोट भएका थिए । प्रतियोगितामा डेनमार्कको टोली ‘डेनिस डायनामाइट’ को रूपमा चिनिन थाल्यो । आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको डेनमार्क स्पेनसँग पराजित हुँन पुग्यो । डेनमार्क पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

युरो खेलेको दुई वर्ष पछि  डेनमार्क अन्ततः आफ्नो पहिलो विश्वकप १९८६ मा देखा पर्यो । त्यसबेला विश्वकपमा धेरै जसो समर्थकहरुले डेनिस राष्ट्रिय टोलीलाई समर्थन गरेका थिए । एल्कजोर र माइकल लाउड्रपको आक्रमणकारी जोडीसँग डेनमार्कले पश्चिम जर्मनी, उरुग्वे र स्कटल्याण्डलाई पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै शीर्ष १६ मा स्थान बनायो ।  तर, शीर्ष १६ मा डेनमार्क स्पेनसँग ५–१ ले पराजित हुन पुग्यो ।

युरोपको च्याम्पियन

विश्वकपको सुरुवातपछि डेनमार्कले १९८८ को युरोमा भाग लियो । तर, स्पेन, इटाली र पश्चिमी जर्मनी रहेको समूहमा डेनमार्कले तीन वटै खेल हार्न पुग्यो । यो निराशाजनक प्रदर्शनपछि डेनमार्क १९९० विश्वकपमा छनोट हुन् असफल रह्यो ।

त्यसपछि डेनमार्कको टिम सम्हाल्न रिचर्ड मुलर नेअलसन आए । नेअलसनको पहिलो काम १९९२ को युरोको लागि छनोट गर्नु थियो । सुरुमा, नेअलसनसँग धेरै सफलता थिएन । खराब सुरुवातकै कारण लाउड्रप भाइहरूले राष्ट्रिय टोलीबाट सन्यास लिए । तर, त्यसपछिका आफ्ना बाँकी खेलहरू डेनमार्क जित्न सफल भयो । युगोस्लाभियालाई युद्ध प्रतिबन्धका कारण प्रतिस्पर्धाबाट वञ्चित गरिएपछि डेनमार्क युरोका लागि छनोट हुन पुग्यो ।

SportMob – The Top 20 Soccer Shirts of All Time

प्रतियोगितामा डेनमार्कका महान गोलकीपर पिटर स्मीचेल र टोलीमा फर्किएका ब्रायन लाउड्रपमा निर्भर थियो । आफ्नो समूहको दोस्रो स्थानमा रहँदै डेनमार्क सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा डेनमार्क पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई हराउन पुग्यो । फाइनल खेल उनीहरुले जर्मनीसँग खेले । विश्वमै चर्चित जर्मनीमाथि विजय जित हाँसील गर्दै फुटबलको दुनियालाई डेनमार्कले चकित पारे । जहाँ जर्मनीलाई डेनमार्कले २–० ले पराजित गरेको थियो ।

टोलीमा उतारचढाव  

डेनमार्कले पहिलो प्रमुख अन्तर्राष्ट्रिय ट्रफी जितपछि पतनको मार्गमा प्रवेश गर्यो । यूरो १९९६ मा उनीहरूको उपाधि यात्रा समूह चरणमै सिमित भयो । उनीहरुले समूहको अन्तिम खेलमा टर्कीलाई मात्र पराजित गर्न सकेका थिए । २००० मा अर्को यूरोमा देखा परे । तर, डेनमार्क प्रतियोगितामा सबैभन्दा खराब टिम साबित भयो । जहाँ डेनमार्कले समूहका तीन वटै खेल हार्न पुग्यो ।

यी निराशाजनक यात्राको बीचमा डेनमार्क पुनः १९९८ को देखा पर्यो र केही सुधारिएको प्रदर्शन गर्यो । दुबै लाउड्रप भाइहरूले अन्तिम अन्तर्राष्ट्रिय अभियानमा डेनमार्क केही मध्यम प्रदर्शन गरेको थियो । शीर्ष १६ मा नाइजेरियालाई ४–१ ले ध्वस्त पार्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन देखायो । तर, प्रतिस्पर्धात्मक बनेको क्वाटरफाइनल खेलमा ब्राजिलसँग ३–२ ले पराजित हुँदै बाहिरियो ।

Denmark at the 2018 World Cup: Scores, schedule, complete squad, TV and  live stream, players to watch - CBSSports.com

ओल्सेन ग्याङ

यी अपेक्षाकृत निराश परिणामहरूका कारण डेनमार्कले पूर्व कप्तान मोर्टन ओल्सेनलाई प्रबन्धक नियुक्त गर्यो । उनले तयार पारेको टोलीलाई ‘ओल्सेन ग्याङ’ भन्न थालियो । यस अवधिले टोलीको रणनीतिमा ठूलो परिवर्तन ल्यायो । ओल्सेनले आक्रमण खेल प्रस्तुत गर्ने शैलीमा ४–३–३ को रणनीतिलाई प्राथमिकता दिए । उनको योजनालाई समर्थन गर्दै सबै युवा राष्ट्रिय युवा टिमहरूले पनि ४–३–३ को रणनीति  लागु गरे ।

विश्वकप २००२ र यूरो २००४ मा डेनमार्कले मिश्रित प्रदर्शन प्रस्तुत गर्यो । दुबै अवसरमा डेनमार्कले समूह चरणमा राम्रो प्रदर्शन गरेका थिए । २००२ मा समूहको अन्तिम खेलमा डेनमार्कले फ्रान्सलाई समेत पराजित गरेको थियो ।

The genius of Morten Olsen, the man who played like Beckenbauer but rarely  knew it

विश्वकपमा शीर्ष १६ मा इंग्ल्यान्डसँग ३–० ले पराजित भयो । युरो २००४ मा पनि यस्तै परिणाम भोग्नु पर्यो । जहाँ चेक रिपब्लिकसँग क्वार्टरफाइनलमा ३–० ले नै पराजित हुँन पुग्यो ।

त्यसपछि विश्वकप र युरो दुबैमा छनोट हुन असफल भयो । ओल्सेनमाथी विश्वास पातलिन थाल्यो । तर, संघले उनलाई नै प्रशिक्षकको रुपमा निरन्तरता दिने निर्णय गर्यो । त्यसपछि टोलीले २०१० को विश्वकपका स्थान बनायो । पोर्चुगल र स्वीडेन रहेको कडा समूहबाट डेनमार्क छनोट भएको  थियो । प्रतियोगितामा चोटका कारण उनको योजनालाई झनै कठिन बनाइ दियो । क्यामरूनविरूद्ध २–१ को जितको बाबजुद पनि डेनमार्क टोली आफ्नो समूहबाट माथि आउन सकेन् ।

एरिक्सनको आगमन

युरो २०१२ मा डेनमार्क जर्मनी, पोर्चुगल र नेदरल्याण्डस् सँगैको समूहमा परे । उनीहरुले आफ्नो समूहको पहिलो खेलमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गरे । तर पोर्चुगलसँग ३–२ ले पराजति हुन पुगे । त्यसपछि नकआउट चरणमा पुग्न डेनमार्कलाई जर्मनीमाथी जित निकाल्नै पर्ने दबाब थियो । तर, जर्मनी वरुद्ध २–१ ले हार व्यहोर्दै बाहिरिए ।

यस समयसम्म  डेनमार्कले आफ्ना सबै आशाहरू नयाँ खेलाडी क्रिश्चियन एरिक्सनमाथी राखेका थिए । जो विश्वकै एक उत्कृष्ट मिडफिल्डरका रुपमा चिनिएका थिए । तर, त्यसपछिको अर्को युरो र विश्वकपमा पुनः डेनमार्क छनोट हुन् सकेन् । एरिक्सनले १०६ खेलमा ३६ गोल गरि सकेका छन् ।

UEFA's Nations League: Christian Eriksen hoping to replicate impressive  Denmark form at Tottenham - Sport360 News

२०१८ को विश्वकपमा समूह चरणमा एक जित र दुई बराबरी खेल्दै नकआउट चरणमा पुग्यो । शीर्ष १६ मा अतिरिक्त समयमा पनि क्रोएसियासँग १–१ बराबरी खेल्यो । त्यसपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो  ।  पेनाल्टीमा क्रोएसियासँग ३–२ ले पराजित हुँदै डेनमार्क प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

यतिबेला डेनमार्क टोली युरो २०२० को तयारीमा जुटेको छ । डेनमार्क समूह 'बी' मा रहेको छ । यस समूहमा डेनमार्कसँगै बेल्जियम,रुस र फिनल्याण्ड रहेका छन् ।

-एजेन्सीको सहयोगमा 

आधुनिक फुटबलको जन्मदाता

 

फ्रान्सको समुन्द्री यात्रा अनि पहिलो गोल

 

विश्वकपको प्रदर्शन दोहोर्‍याउने आशा

 

युद्धपछि बेल्जियमको संघर्ष

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
ज्ञान निकेतन र विल्सन फाइनलमा
ज्ञान निकेतन र विल्सन फाइनलमा
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP