बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

भान्जा छनोटमा नपरेपछि उपाध्यक्षको रडाको

शनिबार, २२ जेठ २०७८खेलपाटी संवाददाता
भान्जा छनोटमा नपरेपछि उपाध्यक्षको रडाको
Classic Tech Internet Ad

काठमाडौं । एन्फा उपाध्यक्ष कृष्ण थापाले शुक्रबार राति करिब १२ बजे सामाजिक सञ्जाल फेसबुकबाट एक जिम्मेवारी प्राप्त पत्र पोस्ट गरे । महासचिव ईन्द्रमान तुलाधरको हस्ताक्षर रहेको पत्रमा यू–१३ खेलाडी छनोटको संयोजकको जिम्मेवारी दिईएको छ । बैशाख ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने अन्तिम चरणका छनोटमा समिति बनाएर खेलाडी छनोटको अन्तिम प्रतिवेदन बुझाउन भनिएको छ ।

शुक्रबारमात्र एन्फाले युथ एकेडेमीका लागि ४२ जना उमेर समुहका खेलाडीको नाम सार्वजनिक गर्यो । देशभरबाट छनोट भएका १ सय ६६ खेलाडीबाट एन्फाले ४२ खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

शनिबार बिहानै उपाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा यू–१३ को अन्तिम छनोट शंकाको घेरामा रहेको भन्दै स्टाटस लेखे । उनले आफु संयोजकलाई थाहा नभएको भन्दै छनोट प्रक्रियामा आपत्ति जनाए ।

No description available.

उनले लगत्तै मोबाईलबाट स्क्रिन सट गरेर प्रारम्भिक रुपमा आफुले हस्ताक्षर गरेको ७१ खेलाडीको सूची फेसबुकमा हाले ।

May be an image of text that says "S.N. U-13 player last selection (first round) Name AADITYA DHUNGEL KHAWAS THAPAM MAGAR SHRESTHA AVIN BASHYAL BHUWAN KAMI KHADKA BINOD LAMA DAMARA DANUWAR ROKAYA SHRESTHA NASIB BUDHATHOKI NEPALI NISHCHAL TAMANG 33. PRAJWAL GURUNG વেma CS Scanned Scannedwith CamScanner"

May be an image of text that says "08:48 MAGAR AJANS AM THAMI 38. PANDEY R SHARMA SHRIJANS HRESTHA HANG IMBHU TENSNGSHERPA SHERPA SHERPA YUG BINOD THING MAGAR BISWAS GURUNG THAPA SHRESTHA SALAJU NISHANT RANAMAGAR Krishna Thapa Committee (coordinator) Scanned with CamScanner"

एन्फाकै उपाध्यक्षबाट छनोट प्रक्रियामा आपत्ती जनाएपछि खेलाडी छनोट विवादमा पर्यो । तीन वटा विभागीय टिममा युथ एकेडेमी बनाउने एन्फाको महत्वकाक्षी परियोजनाको खेलाडी छनोट प्रक्रियामै उपाध्यक्षले आपत्ती जनाएका थिए । थापाको आपत्ती अन्तिम छनोटमा आफुलाई कुनै जानकारी नगराईएको र नियम विपरित छनोट गरिएको भन्नेछ ।

एन्फाले यस पटक छनोट प्रक्रियालाई पारदर्शी बनाउन भन्दै प्राविधिक विभागका प्रमुख र विभागीय टिमका प्रमुखलाई छनोट प्रक्रियामा राखेको थियो । जसमा तीन विभागीय टिमबाट आएका प्रतिनिधि सहितको ग्रेडिङका आधारमा खेलाडीको वरीयता निर्धारण गरिएको थियो । छनोट प्रक्रियामा थापा स्वयम आफु समेत सहभागी बनेका थिए । तर अन्तिममा सूची सार्वजनिक भएपछि थापाले आपत्ती जनाए ।

थापाले खेलपाटीसंग भने, ‘एन्फाको सबै काम विधान अनुसार हुनुपर्छ । अन्तिम चरणको छनोटमा जानकारी बिनै नाम सार्वजनीक भएको छ । यो खारेज गर्न माग गर्छु ।’

विवादको खास जरो ?

एन्फाले जिल्ला, प्रदेश हुँदै करिब सय बढी खेलाडी प्रारम्भिक रुपमा युथ एकेडेमीका लागि छनोट गरेको थियो । अन्तिम चरणको छनोट बैशाख ६ देखि ९ गतेसम्म राखिएको थियो । चार दिनसम्म एन्फाका प्राविधिक विभागका प्रमुख सहित विभागीय टिमका प्रतिनिधिले खेलाडी संख्या ७२ मा झार्यो । सो टिममा प्राविधिक समितिका संयोजकको हिसाबले कृष्ण थापाले समेत हस्ताक्षर गरेका थिए । लगत्तै खेलाडीलाई मेडिकल परिक्षणमा राखियो ।

एन्फाको मेडिकल टिमले ७२ मध्य १८ खेलाडीलाई अयोग्य रहेको प्रतिवेदन दियो । बाँकी रहेका ५१ जनामा टेक्निल टिमको ग्रेडिङका आधारमा खेलाडीको वरीयता निर्धारण गरियो । लिस्टमा रहेका सुरुवाती २१ जना खेलाडी निशुल्क र त्यसपछिका २१ जना खेलाडी शुल्क तिरेर एन्फाको युथ एकेडेमीमा रहने भए । बाँकी खेलाडीलाई वैकल्पिक खेलाडीमा राखियो । एन्फाले निशुल्क कोटाका २१ खेलाडी र पैसा तिरेर खेल्ने कोटाका २१ खेलाडीलाई चिठ्ठा हालेर तीन विभागीय टिममा आईतबार जिम्मा लगाउँदैछ । कुनैपनि खेलाडी नआएको खण्डमा वैकल्पिक खेलाडीले अवसर पाउनेछन् ।

प्राराम्भिक छनोटमा परेका थिए, उपाध्यक्ष कृष्ण थापाका भान्जा मनिष केसी । कृष्ण थापाले हस्ताक्षर गरेको प्रारम्भिक ७१ खेलाडीको सूचीमा  भान्जाको समेत नाम समावेश थियो । छनोट प्रक्रियामा भाग लिएर मामा–भान्जा पोखरा फर्किए । एन्फाले शुक्रबार खेलाडीको अन्तिम सूची सार्वजनिक गर्न बैठक आह्वान गर्यो । एन्फाका युथ डेभलपमेन्टका हेड नविन महर्जनले बैठकका लागि पोखरा रहेका उपाध्यक्ष थापालाई सूचना  दिएका थिए, मेल पठाए, फोन गरेका थिए । बैठकमा उपस्थित हुन जुम लिङ्क सेयर गरेका थिए । तर बत्ति नभएको भन्दै थापा शुक्रबारको बैठकमा अन्तिम सम्म आएनन् । लगत्तै महर्जनले खेलाडीको सूची प्राविधिक समितिका प्रमुख थापालाई मेल गरेका थिए ।

थापाले प्राप्त गरेको सूचीमा भान्जा २१ मा परे । अर्थात युथ एकेडेमीको निशुल्क कोटामा भान्जाको नाम अटेन । अब सशुल्क कोटामा मात्र भान्जाले एकेडेमीमा बस्न पर्ने भयो । थापाले एन्फामा छनोट टिम र पदाधिकारीहरुलाई फोन गरेर भान्जालाई निशुल्क कोटामा राख्न आग्रह गरे । तर तमाम दबाबका बाबजुत उपाध्यक्षको कुनै जोर चलेन । लगत्तै उनले आफ्नो आग्रह अनुसार नहुने भए अन्तिम सूचीमा हस्ताक्षर नगर्ने अड्डी लिए । कुनै सिप नचलेपछि राति करिब १२ बजे उनले महासचिवको हस्ताक्षरको चिठी फेसबुकमा हाले र छनोटमा आपत्ती जनाए ।

विभागीय विद्यालयको विद्यार्थी भर्ना अन्तिम चरणमा पुगेका कारण खेलाडीको सूची चाँडै सार्वजनिक गर्नुपर्ने दबाबमा एन्फा थियो । सोही अनुसार शुक्रबार नाम टुङ्गो लगाउनुपर्ने समयको दबाब एन्फा समक्ष थियो । तर आफ्नो सम्पुर्ण छनोट प्रक्रियामा मौन रहेका छनाेट समितिका संयोजक थापा निशुल्क कोटामा भान्जा नपरेपछि सामाजिक सञ्चालमा रडाको सुरु गरेको देखिन्छ ।

तर उनी आफै खेलाडी छनोटमा धाँधली गरेको आरोप लगाउँछन् । जिम्मेवारी लिएर प्राय पोखरामै बस्ने उपाध्यक्षले आफुलाई बैठकमै नबोलाईएको झुटो दाबी गर्छन् ।

एन्फाको गल्ती

एन्फाले छनोट समितिका संयोजक कृष्ण थापाबाट हस्ताक्षर नगराएर खेलाडी छनोटको सूची सार्वजनिक गर्यो । आफुले हस्ताक्षर नगरेको सूची सार्वजनिक भएको भन्दै थापाले आपत्ती जनाएका छन् । उनले यो विधान सम्मत र प्रक्रिया बाहिर गएको आरोप लगाएका छन् ।

एन्फाले भने उपाध्यक्ष थापा बोलाएको बैठकमा उपस्थित नभएको उल्लेख गरेको छ । विभागीय टिमको युथ एकेडेमीमा खेलाडीको सुचि बुझाउन ढिलाई भएका कारण चाँडो निर्णयमा पुग्नुपरेको निष्कर्श एन्फाका पदाधिकारी सुनाउँछन् । एन्फाले छनोट प्रक्रियामा कुनै पक्षपात नभएको भन्दै आईतबार निष्पक्ष रुपमा तीन विभागको एकेडेमीमा खेलाडी पठाईने बताएको छ ।

के भन्छन् थापा ?

एन्फा भनेको कर्मा (अध्यक्ष)को घर हैन । उसले जे मन लाग्यो, त्यो गर्न । एन्फाको आफ्नै नियम र विधान छ । एन्फामा जे जति काम कारबाही हुन्छ, त्यो विधान अनुसार हुनु पर्छ ।
मलाई यू–१३ छनोट समितिको संयोजक बनाए । पहिलो चरणको छनोटमा म थिए । अन्तिम चरणको छनोट मलाई जानकारी विनै सार्वजनिक गरिएको छ । म यो खोरेज गर्न भन्छु ।

छनोटको पनि आफ्नै ढाचा छ । प्रशिक्षकहरुले पनि कुन सेसनमा, कुन दिन, कुन खेलाडीलाई कति मिनेट खेलाए भन्ने रिपोर्ट खै कहाँ छ ?
त्यो प्रत्येक दिनको रिपोर्ट संयोजकले हेर्नु पर्दैन । छनोटमा सहभागी भएका प्रशिक्षकले दिएको रिपोर्ट कहाँ छ ? एन्फाले सार्वजनिक गरेको लिस्टमा छनोट समिति संयोजकको हस्ताक्षर हुनु पर्दैन । मरो नाम र हस्ताक्षर विनाकै लिस्ट तयार हुन्छ । कसरी ? टेक्निकल कमिटिको हस्ताक्षर कहाँ छ ?
आफ्नो मन परेकाको नामको लिस्ट तयार पार्दै फेसबुकमा पोस्ट गर्दैमा हुन्छ । त्यसमा आधिकारिकता के छ ? फेरी यस्तो महामारीमा यो लिस्ट निकाल्न किन हतार ? यसैमा शंका छ । यो सार्वजनिक गरेको लिस्ट पूर्ण शंकाको घेरामा छ ।

यो कुरा तीन विभागियहरुले पनि स्वीकार्नु हुँदैन । र यो मान्य पनि हुने छैन । म पोखर गएको मौका छोपेर एन्फामा मनमानी गर्ने ?
आफ्नो रोजाइकालाई समेटेर लिस्ट लयार पार्ने । मेरो ११ महिना बाँकी छ । एन्फामा म हुन्जेल यस्तो वेतिथी हुन दिन्न । यो मेरो जिम्मेबारी पनि हो । म नहुँदा जे गरुन् ।
मलाई कसैले खेलाडी छनोटको मिटिङ भनेर बोलाएका छैनन् । मलाई एन्फाका कर्मचारी नविनले भर्चुअल मिटिङ छ आउनु होला भनेर भनेको थिए । मैले सोध्दा तीनै खेलाडीको एमआरआई रिपोर्ट आएको छ । त्यसैको विषयमा छलफल हुने भन्ने कुरा भएको थियो ।
मैले भर्चुअल मिटिङमा आउने प्रयास पनि गरेको थिए । तर, मैले प्रयास गर्दा गर्दै पनि नेटको समस्या भएकाले सहभागी हुन सकिन ।

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने