• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अनि काठमाडौं रेजर्सले ईतिहास रच्यो
दिपेश तिमल्सिना
सोमबार, जेठ ३, २०७८ दिपेश तिमल्सिना
अनि काठमाडौं रेजर्सले ईतिहास रच्यो

काठमाडौं । मार्की खेलाडी सहित अक्सनबाट १४ खेलाडी छनोट गरेपछि काठमाडौं रेजर्स विदेशी खेलाडीको खोजीमा थियो । क्लबले सुरुवातमा नेपालमै रहेका विदेशी खेलाडी अनुबन्धन गर्ने निर्णय गर्यो । क्यामरुनका खेलाडीको प्रदर्शन हेर्न क्लबका केही पदाधिकारी विभिन्न गोल्डकपसम्म पुगे ।

मोफसलका गोल्डकपमा उपलब्ध विदेशी खेलाडीको प्रदर्शनले काठमाडौं रेजर्सका पदाधिकारीको मन जित्न भने सकेन । अन्य क्लबले कागजमै भएपनि राम्रा खेलाडी अनुबन्ध गरेका थिए । काठमाडौंलाई पनि चलेकै खेलाडी लिनुपर्ने दबाब थपिएको थियो ।

‘अक्सनपछि अन्य क्लबले कागजी रुपमा भएपनि राम्रा र नाम चलेका खेलाडी अनुबन्ध गर्दै थिए । विभिन्न संचार मध्यमबाट विभिन्न देशका खेलाडी अनुबन्धन गरेको सुनेका थियौ । टोलीलाई सन्तुलन हुने गरि विदेशी खेलाडी अनुबन्धन गर्नुपर्ने दबाब थियो ।’ व्यवस्थापक मधुसुदन उपाध्यायले टिम बनोटको सन्दर्भ स्मरण गर्दै खेलपाटीसंग भने ।

क्लब विदेशी खेलाडीकै खोजीमा थियो । एएफसी कपमा नेपालको आर्मी क्लबविरुद्ध पहिलो चरण खेल्न आएको श्रीलंकाली टिमका खेलाडी हेर्ने निधो काठमाडौंले गर्यो । दशरथ रंगशालमा भएको खेलमा श्रीलंका पुलिसबाट खेल्न आएका तीन खेलाडीलाई क्लबका पदाधिकारीले मन पराए । खेलाडी अनुबन्धन गर्ने निर्णयमा काठमाडौं पुग्यो ।

May be an image of 7 people, people standing, people playing sports, grass and text

क्लबले सबै प्रक्रिया पूरा गर्यो । श्रीलंकाबाट तीन खेलाडी नेपाल झिकाउन एयर टिकट समेत पक्का भयो । तर कोरोना कहर र श्रीलंकाली सरकारको प्रोटोकलका कारण खेलाडीहरु आउन नपाउने भए ।

‘नेपालमा भएको खेलपछि उनीहरु श्रीलंका फर्किए । सबै प्रक्रिया पूरा गरी टिकेट सहितका कागजात पठायौं । तर श्रीलंका सरकारले क्वारेन्टिनको समय बढाएपछि खेलाडी नेपाल आउन सकेनन् ।’ उपाध्यायले भने, ‘बल्ल बल्ल विदेशी खेलाडी खोजेका थियौं । तर श्रीलंका सरकारले नेपाल आउन नदिएपछि क्बलमा निकै तनाव बढेको थियो ।’

श्रीलंकामा रहेको विदेशी खेलाडी क्बलमा भित्र्याउने योजना असफल भएपछि टिमका पदाधिकारी सामु एउटै विकल्प थियो, नेपालमै विदेशी खेलाडीलाई अनुबन्धन गर्ने ।

नेपालमै भेटिएका विदेशी हिरा

हिमालयन शेर्पाबाट पछिल्लो संस्करणको ए डिभिजन लिग खेलेका स्टेफेन बिनोङ नेपालमै थिए । उनी बाग्मती युवा क्लबबाट मोफसलका गोल्डकप खेल्दै थिए । काठमाडौंले उनै स्ट्राइकर स्टेफेनलाई विदेशी खेलाडीको रुपमा क्लबमा पहिलो अनुबन्ध गर्यो ।

May be an image of one or more people

‘श्रीलंकाबाट खेलाडी आउन नसकेपछि नेपालमै रहेका विदेशी खेलाडी रोज्ने निर्णय गर्यौ । बागमती क्लबबाट खेलिरहेका स्टेफनलाई अनुबन्धन गर्यो ।’ उपाध्यायले खेलपाटीसंग भने, ‘उनी नेपालमा रहे पनि उनको श्रम स्वीकृती सकिएको थियो । त्यो प्रक्रिया हामीलेनै पूरा गर्यौ ।’

उनले थपे, ‘फ्लोरेन्ट चैतको अन्तिम साता नेपाल आइपुगेका थिए । उनी गोल्डकप खेल्न नेपाल आएपनि कुनै क्लबमा आबद्ध थिएनन् । उनले गत वर्षको ए डिभिजन लिग मछिन्द्रबाट खेलेका थिए । उनलाई क्लबको सम्पर्कमा ल्याएर अनुबन्ध गर्यौ ।’

विदेशी खेलाडीको कोटामा स्ट्राइकर र डिफेन्डर अनुबन्ध गरिसकेपछि काठमाडौं मिडफिल्डको खोजीमा थियो । संकटा क्लबबाट खेलिसकेका मेसौकेमा सबैले नजर डुलाए । यसमा एजेन्ड सगुन तन्डुकारले काठमाडौंलाई सघाए । उनकै सहयोगमा मेसौके क्लबमा आबद्ध भए ।

क्लबमा ढिलो अनुबन्ध भएका थिए, मेसौके । उनी प्रशिक्षण बिनै नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौंबाट उत्रिएका थिए । उनै मेसौके अन्तिममा टिमका मुख्य हतियार बने । मेसौकेकै जोड–बलमा काठमाडौंले उपाधि यात्रा तय गर्यो । उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताका ९ खेलमा एक ह्याट्रिक सहित ८ गोल गरे ।

May be an image of 2 people, people standing and text that says 'Khu Khukri Khukri LUBRICANTS खेलपाटी khelp खेलप sinry à ati.com खेल पाटी khelpati.com khelpati.com LEAGUE AM'

उनी एनएसएलका उत्कृष्ट मिडफिल्डर समेत चुनिए । डिफेन्डर फ्लोरेन्ट फाईनल खेलमा धनगढीविरुद्ध म्यान अफ दि म्याच घोषित भए । अन्तिममा क्लबमा जोडिएका उनै अफ्रिकन खेलाडी काठमाडौंका लागि बरदान सावित भए । युरोपदेखि उत्तरीपूर्वी एसियाबाट आएका खेलाडीलाई काठमाडौंका अफ्रिकन खेलाडीले फिक्का सावित गरिदिए ।

‘उनीहरुले गत वर्ष खेलेका थिए । तर अरु विषयमा सबै अन्जान थिए ।’ उपाध्याय भन्छन्, ‘खेलाडी भने फिट रहेछन् । टिममा आएपछि उनीहरुलाई प्रेणित गर्ने काम भयो । प्रत्येक खेलपछि टिम मालिकले दिने पुरस्कार राशीले खेलाडीमा थप उर्जा थप्यो र नतिजा निकाल्यो ।

उनले थपे, ‘विदेशी खेलाडीले उत्कृष्ट खेले । उनीहरुको प्रदर्शनको तारिफ गर्नै पर्छ । उनीहरुकै कारण काठमाडौं रेजर्स लिगको उपाधि दाबेदार बन्यो र उपाधि जित्यो । तीन जना विदेशी खेलाडीको प्रर्दशनबाट हामी उपाधिमा विश्वस्त थियौं ।’

सस्तोमा बनेको बलियो टोली

क्लबमा रहेका खेलाडीलाई प्रशिक्षण गराउन सहज थिएन । केही खेलाडी मोफसलका गोल्डकपमा व्यस्त थिए । आर्मीका खेलाडी एएफसी कपको पहिलो चरणको छनोट खेल्दै थिए । एनएसएल सुरु हुनु एक साता अघिको सामुहिक प्रशिक्षणले टोलीमा निकै फाइदा पुगेको उपाध्याय बताउँछन् ।

अक्सनबाट लिएका खेलाडी मिडफिल्डमा बलियो देखिए । अक्सनमा गोलाप्रथाबाट तेज तामाङ काठमाडौंमा पर्दा मिडफिल्ड बलियो बनेको उपाध्यायको बुझाई छ ।

May be an image of 8 people, people standing and text that says 'Khukri NEPAL SUPER LEAGUE CH MPION 2021 Khukri SUPER Khukri SUPER ati.ca CHAMPIONS 2021'

‘गोलाप्रथामा तेजलाई पाएपछि सन्जोक राई र त्रिदेवले गर्दा मिडफिल्ड बलियो बनेको थियो ।’ उनले भने, ‘डिफेन्डर ए डिभिजनमा राम्रो खेलेका खेलाडी अनुबन्ध गरेका थियौ । यसले टिम राम्रै बनेको थियो । त्यसमा एक–एक जना डिफेन्डर, मिडफिल्ड र स्ट्राइकर विदेशी अनुबन्ध गर्दा बलियो बन्छ भन्ने सोचेका थियौ । त्यही भयो । खेलाडीहरु जुन सुकै पोजिसनबाट खेलाउँदा पनि सफल भए । हामी पनि सफल भयौ ।’

उनले थपे, ‘प्राविधिक रुपमा नेपाली खेलाडीसँग निकैनै परिचित प्रशिक्षकले गर्दा पनि टोली बलियो बन्यो । अर्कोतर्फ पूर्व राष्ट्रिय खेलाडी राकेश श्रेष्ठले पनि खेलाडीलाई राम्रोसँग पोजिसन अनुसार चिने । अक्सनमा पनि अन्य टोलीको दाँजोमा कम खर्च गरेका थियौ । औसतमा भन्दा सस्तोमा बलियो टोली बनेको थियो ।’

तीन खेलपछिको दबाब

काठमाडौंले लिगको पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो खेलमा काठमाडौंको टिम धनगढी एफसीसँग ३–० ले पराजित हुन पुग्यो । तेस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ को बराबरी खेलेपछि काठमाडौंलाई लिगको दोस्रो चरणमा पुग्न जित्नै पर्ने दबाब थियो ।

काठमाडौंले चौथो खेलमा प्रतियोगिताकै बालियो मानिएको टोली विराटनगर सिटीसँग खेल्नु पर्ने थियो । खेल प्रशिक्षक महर्जनलेनै सोचेभन्दा फरक बन्यो । उनले विराटनगरसँगको खेल आफुले सोचे भन्दा फरक भएको पोस्ट म्याच कन्फ्रेन्समा बताएका थिए । सो खेल काठमाडौंले ५–४ ले जितेको थियो । सो खेललाई घरेलु फुटबलकै अहिलेसम्मकै रोमाञ्चक मध्यको एक खेल मानिएको छ ।

May be an image of 1 person and standing

‘सुरुवाती तीन खेलेको नतिजाले अर्को चरणमा पुग्न गाह्रो देखिएको थियो । अरु टोलीको अंक औसतमा हाम्रो भन्दा राम्रो थियो । चौथो खेलको नतिजाले स्थितीनै बदल्यो ।’ उनले सम्झिए, ‘विराटनगरसँगको स्मरणीय खेलले खेलाडीमा दुई गुणा मनोबल बढायो । पाँचौ खेल पनि जित्यौ र दोस्रो चरणमा प्रवेश गयौं ।’

लिगको अन्तिम खेल पनि काठमाडौंले जित निकाल्दै शीर्ष स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेको थियो । काठमाडौं प्लेअफको पहिलो खेल धनगढीसँग पराजित हुन पुग्यो । धनगढीले अतिरिक्त समयमा काठमाडौंमाथि २–१ को पुनरागमन जित निकाल्दै फाइनल पुग्यो । जो काठमाडौंविरुद्ध धनगढीको लगातार दोस्रो जित थियो ।

बदलामा दिमागको खेल

प्लेअफको पहिलो खेलमा पराजित भएपनि काठमाडौंलाई फाइनल प्रवेशका लागि अर्को एक मौका थियो । दोस्रो प्ले अफको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नु पर्ने थियो । दोस्रो इलिमिनेटरमा ललितपुरलाई पराजित गर्दै काठमाडौं फाइनल पुग्यो ।

काठमाडौंलाई दुई पटक पराजित गरिसकको धनगढीको मनोबल उच्च थियो । तर काठमाडौं हार मान्य अवस्थामा थिएन । काठमाडौंले फरक रणनीतिको साथ धनगढीविरुद्ध टिम उतार्यो ।

May be an image of 1 person, standing and text that says 'Pakri akri Khukri League Super epal Khukri elpati.c Û omi खेलपाटी khelpati.com खेलपाटी Û 125Fl'

‘धनगढीसँगको तेस्रो भेटमा जित्नेमा निकैनै विश्वस्त थियौ । किनभने त्यो दिमागी खेल थियो । मैदानमा खेलाडीको स्किल एक ठाउँमा छँदै छ । उसले दिमागी खेल कस्तो खेल्दै छ भन्ने महत्वपूर्ण थियो ।’ उनले भने, ‘काठमाडौंका खेलाडीमा दुई पटकको हारको इख पनि थियो । धनगढीका खेलाडीमा भने पूर्ण रिकभरी र दुई पटकको जितको आत्मविश्वास थियो । सहजै जित्छौ भनेर बुझेका थिए ।’
‘प्लेअफको पहिलो खेल भन्दा फाइनल खेल अलि फितलो थियो । तर त्यो बदला र दिमागी खेल थियो । त्यसमा हामी सफल भयौं ।’ उनले भने ।

फाईनल खेलमा धनगढीलाई १–० ले पराजित गर्दै काठमाडौं एनएसएलको च्याम्पियन बन्यो । एनएसएललाई व्यवसायीक फुटबलको कोशेढुङ्गा मानिएको छ । काठमाडौंले पहिलो संस्करणको उपाधि उचालेर फ्रेन्चाईज फुटबलको ईतिहासमा आफ्नो नाम लेखाएको छ ।

May be an image of 1 person, standing and text that says 'adidas yymy m खेलपाटी khelpati.com खेलपार्ट khelpati.com खेलपाटीkhe pati.com Û KATHMAI Ray2RS adia'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP