• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
NEPAL SUPER LEAGUE
  • गृहपृष्ठ
  • NEPAL SUPER LEAGUE
जागेको लाखे रोक्न गाह्रो !
नमीन ढकाल
सोमबार, वैशाख २७, २०७८ नमीन ढकाल
जागेको लाखे रोक्न गाह्रो !
गोल गरेपछि खुसीयाली मनाउँदै ललितपुरका कप्तान अन्जन विष्ट । फोटो : खेलपाटी

काठमाडौं । नेपाल सुपर लिगको सुरुवाती चार खेलमा ललितपुर सिटी एफसी जित विहिन थियो । टोलीको मुख्य प्रशिक्षक प्रदिप हुमागाई थिए । ११ बर्षपछि घरेलु फुटबलमा फर्किएका अमेरिकन नागरिक हुमागाई चार खेलमा जित निकाल्न सकिरहेका थिएनन् ।

चौथो खेलमा समेत तीन अंक नआएपछि ललितपुरको व्यवस्थापक टिमले हुमागाईलाई बर्खास्त गर्न तयारी गर्याे । पोखरा थण्डर्ससँग गोलरहित बराबरी भएसँगै हुमागाई बर्खास्तमा परे ।

हुमागाई बर्खास्तमा परेका थिए । उनले क्लबलाई राजीनामा बुझाएर ‘फेस सेभिङ’ भने गरे । आफुले राजीनामा दिएको पत्र सञ्चार माध्यमलाई दिए । सामाजिक सञ्जालमा पोष्ट गरे ।

हुमागाई बर्खास्तमा परेपछि क्लब सम्हाल्ने अवसर पाए, प्रशिक्षक राजु तामाङले ।

एक हिसाबले ललितपुरले प्लेअफ सम्भावनाको आश मारिसकेको थियो । खेलको नतिजा भन्दा सम्भावना गणितिय समिकरणमा निर्भर थियो । त्यसैले ललितपुरले मुख्य प्रशिक्षक बर्खास्तीमा ढिलाई गरेन । झिनो आश सहित पहिलो पटक मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने अवसर पाए राजु तामाङले ।

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर तथा त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी राजुले पहिलो अवसरमै चमत्कार गरिदिए । उनले लिग चरणका बाँकी दुई खेलमा शतप्रतिशत नतिजा दिए । लिगको १६ औं खेलमा ललितपुरले बुटबल लुुम्बिनीलाई १–० गोल अन्तरले पराजित गर्याे । ललितपुरको जितमा अजरबैजानका मिडफिल्डर नुर्लान जाहिदले निर्णायक गोल गरे ।

जितसँगै भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुरले प्लेअफमा पुग्ने बाटो खोलेको थियो । प्लेअफमा स्थान बनाउ ललितपुरलाई लिग चरणको अन्तिम खेलमा विराटनगर सिटी एफसीलाई पराजित गर्नुपर्ने थियो । दुबै टोलीलाई ‘गर या मर’को स्थिती थिए । हार्ने टोली बाहिरिने पक्का थियो ।

ललितपुरलाई हार्न मन्जुर थिएन । सायद ललितपुर अर्कै कथा लेख्न चाहन्थ्यो ।

प्रशिक्षक राजुले खेलाडीको मनोबल बढाए । सुरुवात देखि खेल एकै किसिमको थियो । सोचे अनुसार प्रर्दशन भईरहेको थिएन । सुरुवातबाटनै ललितपुरमा गोलको खडेरी परेको थियो । तर लिगका अन्तिम खेलमा राजुले ललितपुरको भाग्य बदल्ने काम गरे ।

अन्तिम खेलमा विराटनगरविरुद्ध उनले पुरै आक्रमक खेल खेलाए । आयो लाखे ‘स्लोगन’ बनाएको ललितपुरले पूर्वको सान बोकेको विराटनगरविरुद्ध दबाब बनायो ।

पहिलो हाफमा एक गोल गरेको ललितपुरले दोस्रो हाफमा ३ गोल थप्यो । र प्लेअफमा स्थान बनायो ।

अन्तिम खेल स्थिती तनाबपूर्ण रह्यो । तर ललितपुरले सम्हालिएर खेल्यो । राजुको नेतृत्वमा ललितपुरले शतप्रतिशत जित हासिल गर्याे ।

अब ललितपुरले दोस्रो प्लेअफमा बुटबल लुम्बिनीसंग खेल्ेनछ । यसअघिको भेटमा ललितपुरले बुटवल लुम्बिनीविरुद्ध जित निकाल्न सफल भएको थियो ।
प्लेअफ अघि प्रशिक्षक राजुले टोलीको स्लोगन ‘आयो लाखे’ रहेको उल्लेख गर्दै लाखे जाग्न समय लाग्ने र जागेपछि नरोकिने ब्यङ्ग्यात्मक प्रतिक्रिया दिएका थिए ।
‘पक्कैपनि अप्ठ्यारो अवस्थाबाट टिम राम्रो भएको छ । लतिपुरको लोगो लाखेसँग गएर जोडिएको छ । लाखेलाई जगाउन अली समय लाग्छ । तर अब आउने दिनमा लाखे जागेपछि अरु टोलीलाई रोक्न गाह्रो हुन्छ ।’ राजुले भने ।

सन् २००५ को साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध डेब्यु गरेका राजुले हालसम्म राष्ट्रिय टोलीबाट सन्यास लिएका छैनन् । उनि ७३ साल यता भने टोली बाहिर छन् । चोटका कारण बाहिर रहेका उनलाई प्रशिक्षणमा बोलाइएको छैन ।

राष्ट्रिय टोलीका बोलाउन छाडेसँगै उनले प्रशिक्षणमा आफ्नो समय दिन थालेका थिए । सोहि अनुसार बी लाईसेन्स उत्तिर्ण गरिसकेका उनले आर्मी महिला टिमको प्रशिक्षण हेरिरहेका छन् । उनले सम्हालेको आर्मी राष्ट्रिय महिला लिगमा दोस्रो भएको थियो ।

एनएसएलमा ललितपुर जिल्लाको प्रतिनिधित्व गरेको उसले ६ खेलबाट ९ अंक बटुल्दै तेस्रो स्थान बनाएको थियो । सात क्लब सहभागी यस प्रतियोगितामा उसले २ जित ३ बराबर र १ हारको नतिजा ब्यहोरेको छ ।

प्रशिक्षक राजुले गाह्रो अवस्थाबाट टोली प्लेअफमा पुगेको बताउँदै खेलाडीमा आत्माविश्वास भएको र खेलाडी समेत मानसिक रुपमा प्लेअफमा जित निकाल्न तयार रहेको बताए ।

‘खेलाडीमा उत्साह छ । गाह्रो अवस्थामा प्लेअफमा पुगेको भएर बाँकी खेलमा राम्रो नतिजा ल्याउने सोचमा छौं । मानसिक रुपमा खेलाडी खेल्न तयार छन् ।’ उनले भने ।

प्रशिक्षक राजुलाई मार्की तथा कप्तान अन्जनको साथमा दुई विदेशी खेलाडीको राम्रो साथ रहेको छ । प्रशिक्षक राजुलाई डिफेन्समा पिटर सेगुन, निरज बस्नेत, प्रवेश दनुवार र कमल श्रेष्ठले सघाउने छन् । मिडफिल्डमा राष्ट्रिय टोलीका एरिक बिष्ट, मिक्छेन तामाङ र अजरबैजानका नुर्लान जाहिद छन् । फिनिसिङमा विमल राना सहित आक्रमक फरवार्ड भिलिम पोसिंकोभिच र अन्जन बिष्ट छन् ।

प्रशिक्षक राजुले प्लेअफमा पुग्ने टोली सबै राम्रो रहेको र अन्य टोलीभन्दा राम्रो गर्न आफु केन्द्रित हुने बताए । ‘प्लेअफका सबै टोली राम्रा छन् । उनीहरु भन्दा राम्रो गर्नेछौं ।’ राजु भन्छन् ।

 

 

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुमेशको गोलमा च्यासलको पहिलो जित  
रुमेशको गोलमा च्यासलको पहिलो जित  
नेपाल सुपर लिग सम्झिने १० घटना
नेपाल सुपर लिग सम्झिने १० घटना
अनि काठमाडौं रेजर्सले ईतिहास रच्यो
अनि काठमाडौं रेजर्सले ईतिहास रच्यो
एनएसएलको 'ड्रिम टिम'
एनएसएलको 'ड्रिम टिम'
'काठमाडौंमा उपाधि राख्ने लक्ष्य पूरा भयो'
'काठमाडौंमा उपाधि राख्ने लक्ष्य पूरा भयो'
अन्जन उत्कृष्ट फरवार्ड, किरण उत्कृष्ट गोलकिपर
अन्जन उत्कृष्ट फरवार्ड, किरण उत्कृष्ट गोलकिपर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP