• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फुटबललाई दाग लगाउने खेल
नमीन ढकाल
आइतबार, वैशाख २६, २०७८ नमीन ढकाल
फुटबललाई दाग लगाउने खेल

काठमाडौं । फ्रेन्चाईज फुटबल एनएसएलको ईतिहासमा शनिबार ‘कालो दिन’ बनेर बस्नेछ । विश्व फुटबलको निकै दुर्लभ दृष्य शनिबार दशरथ रंगशालामा प्रर्दशन भयो ।

प्लेअफको रस्साकस्सीमा ललितपुर सिटी एफसी र विराटनगर सिटी एफसी मैदानमा थिए । प्लेअफमा पुग्न दुवै टिमलाई जितको विकल्प थिएन ।

दोस्रो हाफमा विराटनगरविरुद्ध ललितपुरले २–० को अग्रता बनाएको थियो । विराटनगरका खेलाडीले ‘एकाएक’ मैदान बाहिर निस्किए । खेललाई बहिस्कार गरे । रेफ्रीको निर्णय आफ्नो अनुकुल नआएको भन्दै विराटनगरले खेलनै केहि बेर रोक्यो ।

नेपाली फुटबलमा यस्ता घटना नयाँ हैनन् । तीनै मान्छे एन्फा र एनएसएलमा आबद्ध छन् । तर ती निकै पुराना कुरा भए । रेफ्रीको निर्णयविरुद्ध आलोचना र खेद प्रकट गर्न पाइन्छ । तर खेलको दौरान खेल खेल्दिन भन्नु र प्लेयर बक्सनै छाडेर हिड्नु फुटबलको मर्मलाई धक्का दिनु हो । अझ भनौं एनएसएलको प्रतिष्ठामा ‘दाग’ लगाउनु हो । व्यवसायीक फुटबलको कोशेढुङ्गा मानिएको एनएसएलको पहिलो सिजनमै विराटनगर टिमले ठुलो ‘धक्का’ दिएको छ ।

No description available.

खेलमा सुरुवातदेखिनै विराटनगरको बेन्च अराजक देखिन्थ्यो । ह्विसल बजेको केही मिनेटमै विराटनगरको बेन्च निकैनै तातेको थियो । अनुशासनहिन कार्य भैरहेका थिए । बेन्चका खेलाडी हेर्दा लाग्थ्यो, ती खेलाडी हैनन् । खेलाडीको बोली र ब्यवहार देखिदैनथ्यो ।

सामान्य फल भएको अवस्थामा रेफ्रीबाट ‘अनुकुल निर्णय’ नआउँदा बेन्चमा के गरेका थिए र के बोलेका थिए, सायद लेख्ने ठाउँ छैन । लाग्थ्यो ‘यो कुनै जिल्लाभित्र हुने खसी बोका कप हो ।’

ललितपुर सिटीले मुख्य प्रशिक्षक प्रदिप हुँमागाईलाई बर्खास्त गरेको थियो । लगत्तैको खेलमा जित निकालेसँगै उसको शीर्ष चारमा पुग्ने बाटो खुल्ला भयो । मुख्य प्रशिक्षकका रुपमा आएका राजु तामाङको टोलीे फेरि एक पटक खेलमा अग्रता बनायो । मार्की तथा कप्तान अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका थिए । ललितपुरको बेन्च गोलको खुसीयाली मनाईरहेको थियो । विराटनगरको बेन्च भने निकैनै आक्रमक देखिन्थ्यो ।

मैदानभित्रको माहोल पनि तातिएको थियो । विराटनगरका पेड्रो मान्जीले प्रहार गरेको बल लतिपुरका डिफेण्डर पिटरको हातमा लाग्यो । रेफ्रीले आफुले नदेखेको निर्णय सुनाए । सोहि बल गोलरक्षक अर्पण कार्कीले नियन्त्रणमा लिए ।

मैदानभित्रका खेलाडी रेफ्रीको प्रतिवादमा उत्रदा बेन्च समेत सोहि अवस्थामा थियो । अपशब्द बारम्बार गुन्जिरहेको थियो । केहि समयमै अन्जनले आफ्नो बक्सभित्र विराटनगरका सुनिल बललाई फल गरे । रेफ्रीले सो अवस्थालाई ‘एटभान्टेज’ थिए । अन्जनले बल अगाडी बढाए ।

‘टच लाइन’ अघि भएको फललाई पेनाल्टी नदिएको भन्दै विराटनगरका प्रशिक्षक, अफिसियल, बेन्च प्लेयर मैदानमै प्रवेश गरेर रेफ्रीको निर्णयको प्रतिकार गर्न थाले । बेन्च प्लेयर विजय धिमालले टच लाईनमा भएको पानीको बोतललाई फ्याल्दिए । अन्यले पनि सोही गरे ।

रेफ्री कविन ब्यञ्जनकारले पुनः खेल सुरु गराए । पहिलो हाफ समाप्त भयो । विराटनगरका अफिसियल आयोजक र एन्फा टेक्निकल प्रतिनिधिसँग विवादमा उत्रिएका थिए ।
दोस्रो हाफ सुरु भयो । बेन्चको अवस्था उहीँ थियो । बेन्चमा रहेका वैकल्पिक गोलरक्षक सूर्य अधिकारी र विजय धिमाल लगायत केही खेलाडी र अफिसियल रेफ्रीविरुद्ध खरो रुपमा उत्रिएका थिए । उनीहरु अपशब्द बोलिरहेका थिए ।

रेफ्रीलाई ‘तक्लु’ र गोलरक्षक अर्पणलाई बारम्बार गाली गरिरहेका थिए । बल नियन्त्रणमा लिएर ढलेका अर्पणलाई सूर्य गाली गर्दै थिए ।
रेफ्रीलाई बेन्चमा बसेका उनीहरु भनिरहेका थिए, ‘कार्ड दे न ओई तक्ले’

No description available.

बेन्चको अवस्था हेर्दा लाग्यो । त्यहाँ कुनै पनि गल्ली कप खेलिरहेका खेलाडी थिए । उनीहरु प्रतियोगिता र आफ्नो मान समेत नराखी बारम्बार अपशब्द बोलिरहेका थिए ।
यस पटक मात्रै यस्तो भएको हैन । गत सिजन ए डिभिजन लिगको ३० औं खेलमा मनाङ मस्र्याङ्दी र मछिन्द्रबीच झडप हुँदा उनीहरुको भुमिका यस्तै थियो । बेन्चलाई तताउनेदेखि मैदानमा हात हालाहाल गर्नेसम्मको हर्कत गरेका थिए । घटनामा संलग्न विजयलाई एन्फाले २ खेल निलम्बन गरेको थियो ।

खेलको ६२ औं मिनेटमा विमल रानाले दोस्रो अग्रता बनाए । त्यसपछि त विराटनगरले फुटबलको मर्मलाईनै मार्ने प्रयास गर्याे ।
पूर्वका शानको ‘स्लोगन’ राखेर तराईमा फुटबलको रौनक भर्ने कुरा क्लबले विर्सियो । भारतीय प्रशिक्षक यान ल र क्लबका निर्देशक सोनम घलेले खेलाडीलाई मैदानबाट निस्कन निर्देशन दिए । खेलाडी मानिरहेका थिएनन् तर उनीहरुले गाली गर्दै खेलाडी बाहिर बोलाए । खेलिरहेका खेलाडी बेन्चमा रहे । बेन्चका खेलाडी नाराबाजीमा लागे ।

No description available.

यस्तो बेला आफ्नो धर्म छाडेनन्, विराटनगरका स्पेनीस खेलाडी पेड्रो जाभियर मान्जीले । उनलाई यान र सोनमले बारम्बार बाहिर निस्कन दबाब दिए । तर उनले सुनेनन् । मान्जी नेपाल खेल्न आएका एक व्यवसायीक खेलाडी हुन् । युरोपका हुन् । उनले फुटबलको मर्मलाई ढल्न दिएनन् । ललितपुरका खेलाडी पनि मैदानमै थिए ।

एन्फा प्रतिनिधि र मिडिया प्रतिनिधिले बाहिर रहेका खेलाडीलाई सम्झाए । यस्ता कार्यलाई लिएर फुटबल संघले कारबाही गर्न सक्छ भनेपछि खेलाडी मैदान छिरेका थिए । प्रशिक्षक यान ल र सोनम सहित अन्य अफिसियल भने खेलाडीलाई मैदान नजान दबाब दिरहेका थिए ।

करिब ७–८ मिनेट खेल रोकियो । खेलले पुनः निरन्तरता पायो । विराटनगरको बेन्चबाट रेफ्रीमाथि असन्तुष्टि पोख्ने क्रम रोकिएन ।

खेल सुरु भएपछि पुनः लयमा रहेको ललितपुरले दुई गोल गर्याे । अर्काे गोल पनि अन्जनले गरे । उनले ८१ औं मिनेटमा गोल गर्दा अजरबैजानका स्ट्राइकर नुर्लान नोभ्रुजोभ जाहिदले चौथो गोल ईन्जुरी समयमा थपे ।

नतिजासंगै ललितपुरले प्लेअफमा स्थान बनायो । विराटनगर भने प्रतियोगिताबाट बाहिरियो ।

खेलपछि बोलेका प्रशिक्षक यान लले नेपाली रेफ्री भारतको स्कुल स्तरको भएको प्रतिक्रिया ँिददै ललितपुरका रेफ्रीले ललितपुरकै खेल खेलाएको बताए । अन्तिममा उनले भने, अर्काे बर्ष फेरि भेटौंला ।

प्रतियोगिता सुरु हुनु अघि कागजमा विराटनगर निकै बलियो मानिएको थियो । विदेशी कोच र विदेशी खेलाडी हेर्दा लाथ्यो, उसले पहिलो संस्करणको उपाधिनै हात पार्नेछ । तर विस्तारै उसले यसको छनक छोड्दै गयो र प्रतियोगिताबाट बाहिरिएको छ ।

No description available.

प्रतियोगिताबाट विराटनगर बाहिरिएको मात्र छैन । उसले एनएसएल र फुटबललाई ठुलो धक्का दिएको छ । पूर्वको शानले आम फुटबल प्रेमीले गरेको फुटबल र समर्थनमाथि लात हानेको छ । फुटबलमा जे गरेपनि हुन्छ भन्ने जुन मानक उसले स्थापित गर्न खोजेको छ, नेपाली फुटबलको भविष्यका लागि यो निकै खतरनाक छ ।

एनएसएल र एन्फाले निर्णय लिन बाँकी छ । तर जुन हर्कत विराटनगरले शनिबार दशरथ रंगशालामा देखाएको छ । त्यो अक्षम्य छ ।

एनएसएल अघि एक जना फुटबलकर्मी भन्थे, विराटनगरको व्यवस्थापन हेर्दा लाग्छ, यिनीहरु फुटबलप्रति निकै गम्भिर छन् । फुटबललाई योजनाबद्ध रुपमा अघि बढाउने दिर्घकालिन योजना र चुस्त व्यवस्थापन विराटनगरसंग छ । तर पहिलो संस्करणमै विराटनगरले सबै सम्भावनामा ‘पानी’ हालेको छ । खेलमा अनुशासन पहिलो शर्त हो । विराटनगर पहिलो शर्तकै बाजी हारेको छ ।

No description available.

प्रतियोगितामा रेफ्रीको निर्णय निकै विवादित देखिन्छ । रेफ्रीकै गलत निर्णयका कारण धेरै खेलको नतिजा प्रभावित बनेका छन् । भिडियो फुटेज र प्रमाण सहित टिमहरुले रिपोर्ट गर्दा समेत एन्फा र आयोजकबाट निर्णय हुन सकेको छैन ।

एन्फाको प्राविधिक टिम र आयोजक यसमा दोषी देखिन्छन् । तर आफु अनुकुल नतिजा नआएपछि मैदान छाड्ने विराटनगर जस्तो टिमको हर्कत क्षमा योग्य छैन । आयोजकले तत्काल ‘एक्सन’ लिन आवश्यक छ ।

No description available.

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP