एजेन्सी । ब्राजिलका फरवार्ड मार्टा फिफा वर्ष महिला खेलाडी घोषित भएकी छिन् ।
मार्टाले अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पार्दै उपाधि जितेका हुन् । मार्टाले छैटौं पटक यो अवार्ड जितेकी हुन् ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी' ओर अवार्डबाट छुट्टिएर दुई बर्ष अघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ ।
फिफाले मार्टालाई इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राति विशेष समारोहकाबीच वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो ।