एजेन्सी । फिफाले सार्वजनिक गरेको वर्ष टिम (ड्रिम टिम) मा लियोनल मेस्सीसंगै क्रिस्टियानो रोनाल्डो पर्न सफल भएका छन् ।
ड्रिम टिममा ब्राजिलियन स्टार नेयमार पर्न सकेनन् । ड्रिम टिममा क्लब फुटबल र रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु परेका छन् ।
फिफाले इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा वर्ष खेलाडी अवार्ड कार्यक्रममा ड्रिम टिम सार्वजनिक गरेको हो ।

फिफा ड्रिम टिम :
गोलकिपर : डेभिड डी गिया
डिफेन्डर : ड्यानी अल्भेस, राफेल भराने, सर्जियो रामोस, मर्सेलो
मिडफिल्डर : लुका मोड्रिच, अन्गोलो कान्टे, इडेन हाजार्ड
फरवार्ड : लियोनल मेस्सी, केलियन एमबाप्पे, क्रिस्टियानो रोनाल्डो