• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ९, २०७८ खेलपाटी संवाददाता
त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजीमा हुनेछ । पहिलो भेटमा ९ विकेटको जित निकालेको नेपाल उच्च आत्मबलका साथ मैदान उत्रनेछ ।

नेपाल मलेसियालाई हराएर शीर्ष स्थानमा रहदै फाइनल पुग्न चाहन्छ ।

नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ । तर, मलेसियालाई हराएर नेपाल शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।

सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेदरल्यान्ड्स पनि फाइनल पुगिसकेको छ ।

May be an image of 1 person, standing and text

मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

तर, अन्तिम खेलमा नेपाललाई हराएर मलेसिया सिरिजको सुखद अन्त्य गर्न चाहन्छ ।

मलेसिया नेपालसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा समेत हुनेछ ।

सिरिजको ३ खेलमा मलेसिया १ अंक जोडेको छ । मलेसियाले बुधबार नेदरल्यान्ड्ससँग बराबरी खेलेको थियो ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

May be an image of one or more people, people playing sports and text

हेड टु हेड -

हालसम्म नेपाल र मलेसियाबीच ४ टी-ट्वान्टी र ५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल भएको छ । जसमा नेपाल हाबी रहेको छ ।

नेपालले ३ टी-ट्वान्टी र ४ टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पार्दा मलेसियाले २ खेलमा जित निकालेको छ ।

पहिलो पटक सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासँग खेलेको थियो । त्यस खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले ३३ तथा परेश लोहनीले ३१ रन बनाए । १ सय २२ को लक्ष्य पछ्याएको मलेसिया १८ ओभर ५ बलमा १०० रनमा समेटिएको थियो । खेलको प्लेयर अफ द म्याच बसन्त रेग्मी घोषित भएका थिए ।

दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी–ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले गुमाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनायो । नेपालका महबुब आलमले सर्वाधिक ३१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २२ तथा परेश लोहनीले १९ र पारस खड्काले १० रनको योगदान गरे । १ सय १२ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

सन् २०१३ को एसीसी टी–ट्वान्टी कप नेपालले आयोजना गरेको थियो । किर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ बनायो । नेपालका पारस खड्काले सर्वाधिक ८७ रन बनाए ।

जवाफी ब्याटिङमा आएको मलेसियाले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । र, नेपाल १९ रनले विजयी भएको थियो ।

सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया क्षेत्रिय छनोटमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो ।

मलेसियाकै क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा १०० रनमा समेटियो । नेपालका सन्दीप लामिछानेले ५ विकेट तथा सोमपाल कामीले ३ विकेट हात पारे ।

१०१ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका पारस खड्काले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

सन् २०१९ को आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसिया भ्रमण गर्यो । दुई खेलको मैत्रीपूर्ण सिरिजमा नेपालले सहज जित निकाल्यो । पहिलो खेलमा ७ विकेटले मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा ६ रनको जित निकाल्यो ।

पहिलो खेलमा १ सय २९ रनको लक्ष्य नेपालको लागि पारस खड्काले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले ।

दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले बिनोद भण्डारीको अर्धशतकमा १ सय ७३ रन बनाउन सफल भयो । मलेसियाविरुद्ध नेपालले बनाएको यस रन सर्वाधिक स्कोर हो । जवाफी लक्ष्य पछ्याएको मलेसियाले १ सय ६७ रन मात्र बनायो र, नेपालले सिरिज २–० ले कब्जा गर्यो ।

लगत्तै सिंगापुरमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप एसिया रिजनल फाइनल प्रतियोगितामा भेट भयो । ९ ओभरमा छोट्टाईएको खेलमा ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । खेलमा ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै सन् २०२० मा एसीसी इस्टर्न रिजन टी-ट्वान्टीमा पनि नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा भने नेपाल पराजित भएको थियो । १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो ।

अन्तिम पटक नेपाल र मलेसियाबीच टियु मैदानमा सोमबार प्रतिस्पर्धा भएको थियो । जुन खेलमा नेपालले ९ विकेटको सहज जित निकालेको थियो ।

मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP