सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

उपराष्ट्रपति चिल्ड्रेन गेम्समा काठमाडौं टिम च्याम्पियन

शुक्रबार, जेठ २५, २०७५खेलपाटी संवाददाता
उपराष्ट्रपति चिल्ड्रेन गेम्समा काठमाडौं टिम च्याम्पियन
Classic Tech Internet Ad
प्रदेश नम्बर ३ स्तरीय प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा मंगलबार टिम च्याम्पियन बनेको छ । ४ खेल समावेश प्रतियोगितामा काठमाडौंले १८ स्वर्ण, ४ रजत र ४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको नुवाकोटले ५ स्वर्ण, ५ रजत र ८ कांस्य हात पा¥यो । समान ३–३ स्वर्ण, रजत र कांस्यमा भक्तपुर तेश्रो भयो ।
 
एथलेटिक्स नवाकोट पहिलो :
 
एथलेटिक्समा नुवाकोट पहिलो भएको छ । नुवाकोटले ४ स्वर्ण, १ रजत र १ कांस्य जित्यो । दोश्रो भएको भक्तपुरले ३ स्वर्ण र १ कांस्य हात पा¥यो । २ स्वर्ण, १ रजत र १ कांस्य जितेको चितवनले तेश्रो स्थानमा चित्त बुझायो । छात्र÷छात्रामा ५÷५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १ सय मिटर दौडको छात्रमा भक्तपुरका विमल बुढाथोकी र छात्रामा काभ्रेकी भूमिका लुइटेल, २ सय मिटर दौडको छात्रमा भक्तपुरका विमल बुढाथोकी र छात्रामा भक्तपुरकी स्वागता खाइजु, सटपुटको छात्रमा नुवाकोटका रघु राई र छात्रामा नुवाकोटकी अमिजा शाही, लङजम्पको छात्रमा नुवाकोटका दिपेश कुमाल र छात्रामा चितवनकी मनिका महतो तथा ट्रिपलजम्पको छात्रमा नुवाकोटका रन्जित राई र छात्रामा चितवनकी मनिका महतोले स्वर्ण जिते ।
 
करातेमा काठमाडौंको वर्चस्व :
 
काठमाडौं ७ स्वर्ण, २ रजत र १ कांस्य जित्दै करातेमा टिम च्याम्पियन बनेको छ । १ स्वर्णसाथ काभ्रे दोश्रो र ३ रजतसहित रामेछाप तेश्रो भए ।
छात्रमा ३० केजीमा सुशिल परियार, ३४ केजीमा सुशान्त हुमागाईं, ३८ केजीमा वीरेन्द्र तामाङ तथा एकल कातामा पनि सुशान्तले स्वर्ण जिते । स्वर्ण विजेता सबै काठमाडौंका हुन् । 
छात्रा ३० केजी र एकल कातामा एन्जिला राई, ३४ केजीमा सन्जु देशार तथा ३८ केजीमा मिना ब्लोनले पहिलो स्थान हात पारे । मिना काभ्रेकी हुन् भने बाँकी काठमाडौंका हुन् । छात्र÷छात्रामा समान ४–४ स्वर्णका लागि प्रतिस्पर्धा भएको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
 
उसुमा पनि काठमाडौं च्याम्पियन :
 
उसुमा पनि काठमाडौं नै च्याम्पियन बन्यो । ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा काठमाडौं्रले सर्वाधिक ५ स्वर्ण हात पा¥यो । काठमाडौंले थप १ कांस्य पनि प्राप्त ग¥यो । १ स्वर्ण, २ रजत र ३ कांस्यसाथ ललितपुर दोश्रो तथा २ रजत र १ कांस्यसाथ नुवाकोट तेश्रो स्थानमा रहे ।
छाङछवान्को छात्रमा विजय श्रेष्ठ र छात्रामामा सारा तामाङ, नान् छवान्को छात्रमा छिरिङ लामा र छात्रामा प्रविणा कार्की तथा चाइची छवान्को छात्रमा विवेक मण्डल र छात्रामा मारिया राई पहिलो बने । विवेक बाहेक सबै काठमाडौंका हुन् । विवेकले ललितपुरबाट खेलेका थिए ।
 
तेक्वान्दो उपाधि पनि काठमाडौंकै पोल्टामा :
 
विभिन्न ८ स्पर्धा समावेश तेक्वान्दोमा काठमाडौंले ६ स्वर्ण, २ रजत र २ कांस्य जित्दै उपाधि चुम्यो । १ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नुवाकोट दोश्रो तथा २ रजत र १ कांस्यसाथ दोलखा तेश्रो बने ।
ग्योरोगीतर्फ पुरुष ३३ केजीमा विवेक श्रेष्ठ, ३७ केजीमा विशाल थापा र ४१ केजीमा अपिल लामाले स्वर्ण जिते । महिला २९ केजीमा करुणा श्रेष्ठ, ३३ केजीमा रिमा खत्री र ३७ केजीमा लक्ष्मी सुनखरी मगर पहिलो भए । एकल पुम्सेमा विवेक श्रेष्ठ र लक्ष्मी सुनखरी मगरले आ–आफ्नो समूहमा पनि स्वर्ण हात पारे । रिमा दोलखा, अपिल नुवाकोट र बाँकी स्वर्णधारी काठमाडौंका हुन् । 
 
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, प्रदेश ३ का संयोजक एवं राखेप सदस्य देवकुमार अधिकारी (बद्री), राखेपका सदस्य उपेन्द्र पौडेल, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रदेश ३ का विभिन्न १३ जिल्लाका ३ सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं प्रतियोगिता संयोजक देवकुमार अधिकारीले जनाएका छन् । कक्षा ६ देखि ८ सम्ममा अध्ययनरत १४ वर्षसम्मका छात्र÷छात्रालाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको हो ।
 
यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमै हुने केन्द्र स्तरीय प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्सका छनोट हुनेछन् । एथलेटिक्समा पहिलो हुने तथा बाँकी तीन खेल कराते, तेक्वान्दो र उसुमा पहिलो÷दोश्रो हुने खेलाडी केन्द्रीय प्रतिस्पर्धालाई छनोट भएका छन् ।
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक