काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
बुधबार नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
तीन खेलमा ४ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । मलेसियालाई हराएमा नेदरल्यान्ड्सले फाइनलमा स्थान बनाउने छन् ।
यता, मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ ।
मलेसिया पनि नेदरल्यान्ड्सलाई हराएर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।
दुई खेलमा अंक जोड्न नसकेको मलेसिया पुछारमा रहेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।
नेदरल्यान्ड्ससँगको खेल गुमाएमा मलेसिया बाहिरिनेछ । नेदरल्यान्ड्स र नेपाल भने फाइनल पुग्नेछ ।
सिरिज अन्तर्गतको पहिलो भेटमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो । मलेसिया पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।