• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
खेलाडी खुलेर खेलिरहेका छन् – कप्तान मल्ल
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ७, २०७८ खेलपाटी संवाददाता
खेलाडी खुलेर खेलिरहेका छन् – कप्तान मल्ल
ज्ञानेन्द्र मल्ल । फाेटाे : खेलपाटी

काठमाडौं । हल्लिरहने नेपाली क्रिकेटरको ब्याटिङ लाइन पछिल्लो समय सुधारोन्मुख देखिन्छ । लामो समयपछि अन्तराष्ट्रिय क्रिकेटमा फर्किएको नेपाली क्रिकेटले सुधारिएको ब्याटिङ देखाएको छ ।

नेपालमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाली खेलाडीले गरेको ब्याटिङलाई आधार मान्य हो भने खेलाडीको प्रर्दशन सन्तोषजनक छ ।

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटले जित निकाल्दा नेपालका लागि ओपनर जोडीले उत्कृष्ट सुरुवात गरेका थिए । नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गरेको थियो ।

दोस्रो खेलमा मलेसियामाथि पनि ९ विकेटले जित निकाल्दा ओपनरद्धय आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेका थिए । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गरेको थियो ।

नेदरल्यान्ड्ससँग भएको दोस्रो खेलमा आसिफ शुन्य रनमा आउट भएपनि कुशल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेका थिए । नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा नेपाल पराजित भएपनि नेपालले पाहुना टोलीलाई २ सय ७ रनको विशाल चुनौती दिएको थियो । जुन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको दोस्रो सर्वाधिक रनको लक्ष्य हो । यसले पनि नेपालको ब्याटिङ लाइन सुधारिको संकेत दिन्छ ।

कप्तान ज्ञानेन्द्र मल्ल पनि खेलाडीको ब्याटिङमा सुधार देखिएको बताउँछन् । उनले पछिल्लो समय खेलाडीमा आएको आत्मविश्वासले नेपालको ब्याटिङ लाईन सुधारिएको बताए ।

‘विकेट बने अनुसार ब्याट्सम्यानमा पनि आत्मविश्वास बढेको देखिन्छ । यतिबेला सबै खेलाडी खुलेर खेलिरहेका छन् ।’ कप्तान मल्लले भने, ‘खेलाडीले खुलेर खेल्दा ब्याट्सम्यानलाई बाउन्स र टर्नहरूले पनि फाइदा पुर्याउछ । पहिले–पहिले आत्मविश्वास कम र बल ब्रेक भएर आउँथ्यो । उनीहरु खुलेर खेल्न सकिरहेका थिएनन् ।’
पछिल्लो समय नेपाली खेलाडीले बल ब्याटमा राख्न सकेको कप्तान मल्लले बताए ।

ब्याट्सम्यानले बललाई आफ्नो ब्याटमा राख्न सकेकाले आक्रमक क्रिकेट खेल्ने आत्मविश्वास खेलाडीलाई प्राप्त भएको मल्लले बताए ।

‘अहिले सोचे अनुसारको ब्याटिङ भइरहेको छ । विकेटले पनि सहयोग गरिरहेको छ ।’ उनले भने, ‘खेलाडीले पनि सकरात्मक मनोभाव सहित खेलिरहेका छन् । अझै रन बनाउन सक्छौ ।’

उनले नेदरल्यान्ड्सविरुद्ध अन्तिम २-३ ओभरमा थप रन बनाउन सक्ने भएपनि कुशल मल्ल र करण केसीको विकेटले साथ नदिएको बताए । उनले बीचमा कुशल र करणको विकेट छिटो जाँदा टोलीको स्कोरमा घाटा लागेको बताए ।

‘कुशलले अझ राम्रो र ठूलो स्कोर इनिङ्स खेल्न सक्थ्यो होला । आउट भयो । तर, पनि खुशी छु । जसरी हामीलाई कुशलले सुरुवात दियो । जसले गर्दा हामीले २ सय रनसम्म एउटा मुमेन्टमलाई अघि लिएर जान सजिलो भयो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिओस ।’ उनले भने ।

बलरका लागि पाठ

सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएपनि कप्तान मल्लले नेपालको बलिङलाई एउटा राम्रो पाठ भएको बताए । उनले आफ्नो स्कोर हेरेर विपक्षीलाई हल्का लिन नहुने बताए ।

‘यो नेपाली बलरका लागि सायद एक राम्रो पाठ पनि हो । सुरुमा बलरहरूले अलिकति हलुका रूपमा लिए जस्तो लाग्छ । तर पनि उनीहरूले जसरी ब्याटिङ गरे, जितको हक उनीहरूलाई पनि जान्छ ।’ मल्लले भने, ‘खेलको मध्यतिर २-४ ओभर जति मात्रै भएपनि प्रति ओभर ६ रनभन्दा कम दिन सकेको भए खेल विपक्षीका लागि पनि अलिकति कठिन हुनसक्थ्यो । हामीले रन नियन्त्रण गर्न सकेनौ ।’

उनले मैदानमा मिस फिल्ड भन्दा पनि ब्याट बाउन्सले नेदरल्यान्ड्सलाई फाइदा भएको बताए ।

उनले अन्तिम क्षणमा बल मैदानमा बढी बाउन्स हुन्दा नेदरल्यान्ड्सलाई फाइदा भएका उल्लेख गरे ।

हारपछिको जित

नेपाललाई पराजित गर्दा नायक बनेका नेदरल्यान्ड्सका ब्याट्सम्यान बास डे लिडले हारपछिको जितले खुसी रहेको बताए । उनले नेपालसँगको हारबाट सिक्दै जितमा परिणत गरेको बताए ।

‘नेपालकोविरूद्ध पहिलो खेल हार्न पुगेका थियौ । हामीले हराबाट पनि केही सिकेका छौं र त्यसलाई सकारात्मक पनि लिएका थियौ । त्यसलाई जीतमा परिणत गरेका छौं ।’ म्यान अफ दि म्याच लिडले भने, ‘यो एक ठूलो भावनाको जित पनि हो । तर, हामी अझै पनि सोच्द छौ कि हामीले धेरै कुरा सिक्नु छ । हामी अझै राम्रो गर्न सक्छौ ।’
उनले पिच राम्रो भएकाले आफ्नो अविजित ८१ रनको इनिङ्स सम्भव भएको बताए ।

उनले भने, ‘पिच राम्रो छ । एकदम राम्रो, फ्ल्याट विकेट थियो । धेरै मोडहरू थिएनन् । त्यसैले यो ब्याटिङ तय भएको थियो । पिचमा सेट भएको कसैलाई पनि आउट गर्न कठिन हुन्छ । यहाँ त्यही भएको हो ।’

‘म स्पस्ट रूपमा दर्शक, समर्थकको भिडलाई सम्झन्छु । तर मैले सरकारको निर्णय थाहा पाए । त्यो स्विकार्नु पर्छ । यतिबेला कोरोनाका घटनाहरु बढी रहेका छन् ।’ लिडले भने ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP