• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेदरल्यान्ड्ससँग नेपाल पराजित
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ७, २०७८ खेलपाटी संवाददाता
नेदरल्यान्ड्ससँग नेपाल पराजित

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सको जितका लागि बेन कुपर र बास डे लिड नायक बने । कुपर र लिडले अर्धशतकीय इनिङ्स खेले ।

कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३५ बलमा १० चौका प्रहार गरे ।

कुपरलाई सन्दीप लामिछानेले गरेको १३ औं ओभरको पाँचौ बलमा दिपेन्द्र सिंह ऐरीले लङअनमा क्याच गर्दै पेभिलियन फर्काएका थिए । कुपरले लिडसँग ६८ रनको साझेदारी गरेका थिए ।

नेदरल्यान्ड्सले म्याक्स ओ डाउडलाई पहिलो विकेट दोस्रो ओभरको तेस्रो बलमा नै गुमाएको थियो । डाउडलाई सन्दीपले दोस्रो ओभरको तेस्रो बलमा एलबीडब्लु धरापमा पारेका थिए । उनी ९ रनमा आउट भए ।

May be an image of one or more people, people playing sports and text

दोस्रो विकेटको रुपमा टोवियस विसे पेभिलियन फर्किए । उनी सन्दीपले गरेको छैटौं ओभरको तेस्रो बलमा विकेटकिपर विनोद भण्डारीले स्टम्पिङ आउट गरेका थिए ।

नेदरल्यान्डको चौंथो विकेटको रुपमा आर्यन दत्त शुन्य रनमा पेभिलियन फर्किए । त्यस्तै कप्तान पिटर सिलारले ३१ रनको योगदान दिए । उनले १५ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

लिडले ८१ रनको अविजित इनिङ्स खेले । उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८१ रनको इनिङ्स खेलेका हुन् ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४८ रन खर्चेर चार विकेट लिएका हुन् ।

त्यस्तै करण केसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो ।

टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।

नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुबैले ७८ रनको साझेदारी गरे । ओपनर कुशलले ४६ बलमा ८ चौका र एक छक्काको मद्दतमा ६२ रनको योगदान दिए ।

May be an image of 1 person, standing, playing a sport and text that says 'PLAY NEPAL खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटीkhelpati.com खेलपाटी 2 खेलपाटी khelpati.com खेलपाटी khelpati.com khelpati.comखलपाटीkhelpati.com khelpati.com'

नेदरल्यान्ड्सलेविरुद्ध नै टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका कुशलको यो लगातार तेस्रो अर्धशतक हो । यस अर्धशतकसँगै उनी टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्युसँगै लगातार तीन अर्धशतक बनाउने विश्वका पहिलो खेलाडी बनेका छन् ।

यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध डेब्यु खेलमा ६२ र मलेसियासँग आफ्नो करियरको दोस्रो खेलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

त्यस्तै दिपेन्द्रले ६० रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गरे । उनी पिटर सिलारको बलमा टोविया भिसीको हातबाट क्याच आउट हुन पुगे ।

नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ सेखलाई शुन्य रनमा गुमाएको थियो । उनी विविअन किंगमाको बलमा लामो सट खेल्ने चक्करमा लङअनमा रहेका बेन कुपरले क्याच गर्दै पेभिलियन फर्किएका थिए ।

नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । उनी पिटर सिलारले गरेको सातौ ओभरको अन्तिम बलमा कुपरले क्याच गर्दै मल्ललाई पेभिलियन फर्काएका थिए । उनले १४ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २० रनको योगदान दिए ।

पाँचौ विकेटको रुपमा कुशल मल्ल पेभिलियन फर्किए । उनी आर्यन दत्तको बलमा मीकेरेनले क्याच गरेका थिए । कुशलले ७ बलमा ३ छक्कासहित १८ रनको योगदान दिए । 

छैटौं विकेटको रुपमा करण केसी एक रनमा आउट भए । सोमपाल कामी २१ रनमा अविजित रहे । उनले १३ बलमा १ चौका र एक छक्का प्रहार गरे । त्यस्तै विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारी ७ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किङ्गमाले समान २/२ विकेट लिए । त्यस्तै बास डे लीड, आर्यन दत्तले १/१ विकेट लिए ।

May be an image of 2 people, people standing, people playing sports and text that says 'THERLA NEPAL खेलपाटी khelpati.com खेलपाटीkhelpati.com खेलपाटी खेलपाटी khelpati खेलपाटी वेलपाटी khelpati.com खेलपाटी khelpati.com BAJAJ'

यस जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ ।

पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ४ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ४ अंक जोडेको छ ।

नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा अंक विहीन मलेसिया पुछारमा रहेको छ ।

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

May be an image of 1 person, playing a sport and standing

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP