• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
लेग स्पिनकी नयाँ प्रतिभा
दिपेश तिमल्सिना
मंगलबार, वैशाख ७, २०७८ दिपेश तिमल्सिना
लेग स्पिनकी नयाँ प्रतिभा

काठमाडौं । अफ स्पिनर बलिङ गर्दै आएकी लक्ष्मी साउँद, हप्ता दिन अघि सम्पन्न ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आफ्नो बलिङ स्टाइल परिवर्तन गर्ने मनसायमा थिइन् ।

दाङमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेटसम्म अफ स्पिन बलिङ गरेकी उनले मेयस कपमा भने आफ्नो बलिङ स्टाइल परिवर्तन गर्नेमा पक्का थिइन् । तर, पहिलो खेलमा उनी बेन्चमै सिमित हुन पुगिन् ।

ललितपुर मेयर–११ विरुद्ध सुदूरपश्चिम प्रदेशले ७ विकेटको जित निकाल्दा लक्ष्मी बेन्चै सिमित रहिन् । टिमको दोस्रो खेलमा सुरुवाती एघारमा परिन् । एपीएफविरुद्ध उनले तीन ओभर बलिङ गर्दा २२ रन खर्चिन, विकेट लिन भने सकिनन् ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश–१ विरद्ध उनले फेरी खेल्ने मौका पाइन् । आफ्नो बलिङ स्टाइल अफ स्पिनबाट लेग स्पिनमा परिवर्तन गर्दै १३ औं ओभरमा बलिङ गर्न आइन् । पहिलो ओभरमा ३ रन दिँदा कुनै विकेट लिन सकिनन् ।

उनी १५ औं ओभरमा फेरी व्यक्तिगत दोस्रो ओभर बलिङ गर्न आइन् । उनले दोस्रो ओभरमा ८ रन खर्चदा एक विकेट लिइन् । तेस्रो ओभरमा विना विकेट ६ रन खर्चिन् । त्यसपछि उनी आफ्नो स्पेलको अन्तिम ओभर लिँदै १९ औं ओभरमा बलिङ गर्न आइन् । पहिलो बलमा १ रन दिँदा दोस्रो बल डट र तेस्रो बल वाइड फालिन् ।

तेस्रो बल पुनः फाल्दा उनले कप्तान रितु कनौजियाको हातबाट सबमन राईलाई क्याच आउट गराइन् । चौथो बलमा स्मृती कटुवाललाई एलबीडब्लु आउट गरेकी उनले पाँचौ बलमा कविता कुँवरको हातबाट ज्योती दनवारलाई क्याच आउट गर्दै ह्याट्रिक पुरा गरिन् । उनले ३ दशमलव ५ ओभर बलिङ गर्दै ह्याट्रिक सहित ४ विकेट लिइन् ।

‘पहिलो खेलमा बेन्चमा थिए । दोस्रो खेलमा अवसर पाए । तर, दोस्रो खेलमा विकेट लिन सकिन । तर, प्रदेश–१ विरुद्ध ह्याट्रिक विकेट लिए ।’ उनले ह्याट्रिको खुुसी साटिन्, ‘त्यसपछिको खेलमा पनि झन्डै ह्याट्रिक गर्न लागेको थिए । तर, तेस्रो बल डट हुन पुग्यो । मैले त्यो खेलमा पनि ओभर ह्याट्रिक सहित चार विकेट भने लिएको थिए ।’

लक्ष्मी मेयर कप क्रिकेटको दुई खेलमा प्लेयर अफ दि म्यान समेत बनिन् । उनले मेयर कपका चार खेल खेल्दै ८ विकेट लिइन् । उनले भनिन्, ‘यसअघि एकै प्रतियोगितामा यति धेरै विकेट लिएको थिएन । यहाँ आएर लेग स्पिनर गर्दा ८ विकेट लिए । मैले लेग स्पिनर गर्ने राम्रो निर्णय गरेको रहेछु भन्ने लाग्छ । अब म लेग स्पिनर नै गर्छु ।’

उनले क्रिकेटमा आफ्नो करियरको सुरुवात अफ स्पिनरको रुपमा गरेकी थिईन् । अफ स्पिनरमा उनले आफ्नो प्रदर्शनमा कमि आएको महशुस गरेपछि लेग स्पिनरको रुपमा बलिङ सुरु गरिन् । उनले पहिलो पटक ललितपुर मेयर कपमा लेग स्पिनर बलिङ गरेकी हुन् ।

‘गुरु र दाईहरुले पनि पहिला लेग स्पिन राम्रो छ, लेग स्पिन बल फाल भन्नु हुन्थ्यो । तर, मैले आफ्नो मात्रै सुने ।’ उनले भनिन्, ‘दाङमा भएको पीएम कपपछि भारतमा गएर लेग स्पिनर सिके । त्यहाँ एक महिनाको टुरमा खेलेका खेलहरुमा मैले लेग स्पिनरनै गरे ।’

उनी राइजिङ क्रिकेट वुमन्स (आरसीडब्लु) को सहकार्यमा एक महिनाको प्रशिक्षण टुरमा भारत पुगेकी थिइन् । आरसीडब्लुले प्रत्येक वर्ष सम्भावना बोकेका पाँच नयाँ र युवा खेलाडीलाई भारतमा टुर लैजाने गर्दछ । यस वर्ष लक्ष्मी टोलीमा अटाएकी थिइन् ।

उनले भारत टुरमा लेग स्पिनर गरेको पहिलो खेलमा ६ विकेट लिएको बताइन् । जुन उनको एकै खेलमा लिएको सर्वाधिक विकेट पनि हो ।

डान्सरलाई क्रिकेटको तल

डान्सर भएकाले पनि होला, लक्ष्मी साउँदलाई खेलकुदप्रति त्यस्तो चासो थिएन । बरु टेलिभिजनमा देखिने डान्स र रेडियोमा बज्ने गितले उनलाई डान्सर बनाएको थियो । उनी गित सुन्ने वित्तिकै डान्स गर्न सुरु गरिहाल्थिन् ।

घरबाट करिब पाँच सय मिटर पर क्रिकेटको प्रशिक्षण हुन्छ भन्ने उनलाई थाहा थियो । क्रिकेटको सहर धनगढी भनेर चिनिदाँ समेत लक्ष्मीले क्रिकेटलाई चिनेकी थिईनन् ।
सुदूरपश्चिम एकेडेमीमा बीबीएस प्रथम वर्षमा अध्यनरत उनी धनगढीको रातो पुलस्थित नाट्टेश्वरी डान्स क्लबमा डान्सर सिक्ने गर्थिन् । उनी धनगढीमा भएको एएनडी डान्सिङ प्रतियोगितामा फाइनलसम्म पुगेकी थिईन् । तर, उनको भाग्यमा क्रिकेटर बन्नु लेखेको रहेछ ।

डान्सर भएकाले उनको शरिरमा लचकता थियो । उनी फिटनेसमा राम्रो थिइन् । तर, उनलाई क्रिकेटको ब्याट र बलनै समात्न आउँदैन थियो । उनी आफ्नो जेठो दिदी कमला साउँदको सुझावमा क्रिकेट सिक्न रंगशालासम्म पुगेकी थिइन् ।

‘सुरुमा मलाई क्रिकेट भन्ने केही थाहा थिएन । जेठी दिदीलाई क्रिकेटबारेमा थाहा रहेछ । उहाँलेनै मलाई क्रिकेट खेल राम्रो हुन्छ भन्नु भयो ।’ उनले भनिन्, ‘दिदीले भन्न थालेपछि क्रिकेट सिक्न त गए । तर, क्रिकेटमा मेरो कुनै लक्ष्य नै बनेको थिएन ।’

परिवारमा सबैजना मोटा भएकाले फिटनेस मात्रै भएपनि हुन्छ भनेर उनले दिदीको प्रस्ताव स्वीकारिन् । उनले आफु व्यवसायीक खेलाडी बन्छु भन्ने नसोचेको बताइन् । उनी घुम्न र दैनिक भत्ताको लोभमा क्रिकेटले तानेको सुनाउँछिन् ।

‘सुनेको थिए, क्रिकेट खेल्यो भने घुम्न जान पाइन्छ । घुमेको पनि भत्ता पाइन्छ । बच्चा बेलामा घुम्न, रमाइलो गर्न पाए पुग्ने ।’ उनले भनिन्, ‘रुवी पोदार क्रिकेट खेल्न बाहिर गैरहने । त्यसैले पनि क्रिकेट खेल भन्ने लाग्यो ।’

दिदीको अनुरोधमा उनले कैलाली जिल्ला क्रिकेट संघ (केडीसीए) मा क्रिकेट सिक्न सुरु गरिन् । त्यसपछि उनको धनगढी रंशाला जाने आउने क्रम सुरु भयो ।

‘मैले सुरु गर्दा केडीसीएमा चार–पाँच जना सिनियर दाई दिदीहरु थिए । एक–दुई जना बहिनी पनि थिए ।’ उनले भनिन्, ‘म डान्सर भएकाले फिटनेसमा समस्या भएन । खेलाडी भइसकेपछि अनुशासन पनि महत्वपूर्ण हुन्छ भन्ने विषय थाहा पाए । यसै क्रममा क्रिकेटको सामान्य ज्ञान लिए । बल समात्न र फिल्डिङ गर्न सिके । अनि क्रिकेटको तल बस्न थाल्यो ।’

क्रिकेट सुरु गर्न थालेपछि उनले डान्स छोडिन् । तर, डान्स उनको बालापनको रहर भएकाले सुरुमा चटक्कै छोड्न गाह्रो भएको बताइन् । डान्सभन्दा क्रिकेटमा भविष्य रहेको भन्ने गुरुसँगको सल्लाहमा उनले डान्स छोडेको बताइन् ।

किपिङ गर्न मन पराउने बलर

क्रिकेटको सामान्य ज्ञान पाइसकेपछि लक्ष्मीलाई विकेट किपिङ र ब्याटिङ गर्न मन पथ्र्यो । तर, उनले खेलमा ब्याटिङ गर्न पाए पनि किपिङ गर्ने अवसर भने पाइनन् । केडीसीएको नेटमा प्रशिक्षण गर्ने क्रममा उनले गरेको बलले निकै टर्न लियो । त्यसपछि उनलाई प्रशिक्षकले बलिङमा जोड दिए ।

‘क्रिकेटको सामान्य ज्ञानपछि मलाई विकेट किपिङ र ब्याटिङ गर्न मन पथ्र्यो । तर, प्रशिक्षणका दौरान मैले बलिङ गर्दा हात घुमाए । मेरो हात घुमेको देख्दा प्रशिक्षकले हात राम्रो घुम्दो रहेछ भनेर बलिङमा केन्द्रित गर्नुभयो ।’ उनले धनगढी रंगशालाको त्यो नेट सम्झिन्, ‘दाईहरुले हाइट पनि छैन् । अब स्पिनर बन्नु पर्छ भन्नु भयो । अनि सधैको अभ्यासमा बलिङमा जोड दिन थाले ।’
त्यसपछि उनले २०७४ सालमा धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको प्रधानममन्त्री कप महिला क्रिकेटबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरिन् । सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले डेब्यु खेलमै प्लेयर अफ दि म्याच बनेकी थिइन् । उनी प्रतियोगिताको राइजिङ प्लेयर समेत चुनिईन् ।

‘त्यसपछि मलाई महशुस भयो कि मलाई किपिङ र ब्याटिङ जे मनपरे पनि म बलिङमा खास रहेछु । अनि बलिङलाई नै आफ्नो पहिलो प्राथमिकतामा राखे । तर, किपिङ र ब्याटिङ पनि गर्न सक्ने विश्वास चाँही छ ।’ उनले हाँस्दै भनिन् ।

उनले त्यसपछिका कुनै पनि राष्ट्रिय प्रतियोगिता खेल्न छोडिनन् । उनीले २०७४ पछि सबै जासो राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको मुख्य खेलाडीको रुपमा टोलीमा रहँदै आएकी छिन् ।
उनले पछिल्लो संस्करणको पीएम कपका तीन खेलमा मात्र ३ ओभर बलिङ गर्दा २ विकेट लिएकी थिइन् ।

राष्ट्रिय टोलीमा डेब्यु

गत वर्ष काठमाडौंमा आयोजना भएको वमेन्स क्रिकेट लिग (डब्लुसीएल) मा उनले क्याट क्वीन्सबाट फ्रेन्चाईज क्रिकेट खेलिन् । डब्लुसीएलमा उनको उत्कृष्ट प्रदर्शन रहेपछि क्यानले लक्ष्मीलाई यू–१९ राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा डाँक्यो ।

क्याम्पमा पनि उनले राम्रो गरेपछि उनी सन् २०१९ मा चीनको सांघाईमा आयोजना हुने बी एण्ड आर यू–१९ महिला टी–ट्वान्टी प्रतियोगिताका लागि टोलीमा समावेश भइन् । उनले त्यही प्रतियोगिताबाट उमेर समूहमा डेब्यु गर्दै राष्ट्रिय टोलीको जर्सी लगाईन् ।

उनले थाइल्यान्डविरुद्ध उमेर समूह खेलमा डेब्यु गर्दै दुई विकेट लिएकी थिइन् । उनले सो प्रतियोगितको चार खेलमा ४ विकेट लिइन् ।

उनी राष्ट्रिय टोलीको सिनियर क्याम्पमा पनि परेकी थिईन् । तर, अन्तिममा अटाइनन् । उनले सिनियर टोलीको क्याम्पले क्रिकेटप्रतिको भावनालाई झनै माथी पुर्याएको बताइन् ।
‘एक पटक सिनियर टोलीको क्याम्पमा परेको छु । सिनियर क्याम्पले मलाई झनै क्रिकेट खेल्नु पर्छ भन्ने भावनाको विकास गर्यो । सिनियर खेलाडीहरुसँग क्याम्पमा थप क्रिकेटको वातावरण बुझ्ने अवसर पाए । तर, सिनियर टोलीमा पर्न सकिन ।’ उनले भनिन् ।

अबको लक्ष्य

लक्ष्मीले क्रिकेट खेल्न थालेको धेरै भएको छैन । तर, उनले छोटो समयमा ठुलो सफलता हासिल गरिसकेकी छिन् । क्रिकेट सिक्न सुरु गरेको एक वर्षमै राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले राष्ट्रिय टोलीको उमेर समूहबाट खेलिसकेकी छन् । उनले अबको लक्ष्य सिनियर टोलीमा स्थान बनाउनु रहेको बताइन् ।

‘उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेछ । अब सिनियर टोलीमा स्थान बनाउनु हो ।’ उनले भनिन्, ‘सिनियरमा स्थान बनाउनु पहिलो चुनौती हो । त्यसपछि मेरो स्थान लिन कुनै खेलाडीलाई सहज नहुने बनाउनु छ । अनि आफ्नो नाम र स्टारडम कमाउनुछ ।’

उनले नेपालमा महिला लेग स्पिनर नभएकाले आफ्नो स्थान राष्ट्रिय टोलीमा सुरक्षित जस्तै रहेको बताइन् । राष्ट्रिय टोलीको सदस्य भएर नेपाललाई विश्वकप खेलाउने सपना रहेको उनले बताइन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP