• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अवसरलाई गुमाउन चाहन्न : कुशल
खेलपाटी संवाददाता
सोमबार, वैशाख ६, २०७८ खेलपाटी संवाददाता
अवसरलाई गुमाउन चाहन्न : कुशल

काठमाडौं । कुशल भुर्तेल टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई खेलमा अर्धशतक जोड्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गर्दै अर्धशतक बनाएका थिए ।

नेदरल्यान्ड्सविरुद्ध ६२ रनको अर्धशतकीय इनिङ्स खेलेको उनले आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले मलेसियाविरुद्ध ६१ रनको अर्धशतकीय इनिङ्स खेले । कुशल टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि लगातार दुई अर्धशतक बनाउने पहिलो खेलाडी बनेको हुन् ।

नयाँ ओपनिङ जोडीको रुपमा आएका कुशल र आसिफ शेखले आफ्नो डेब्यु खेलमा १ सय १६ रनको साझेदारी गरेका थिए । कुशल र आसिफले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रनको साझेदारीको कीर्तिमान समेत बनाएका छन् ।

दोस्रो खेलमा पनि कुशल र आसिफले १ सय २ रनको आझेदारी गरेका थिए । लगातार दुई खेलमा अर्धशतक बनाएपछि कुशलले आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।

‘म धेरै खुसी छु । पहिलो कुरा आफ्नो टिम जितेको छ । दोस्रो टिमको जितमा मेरो प्रदर्शन राम्रो रह्यो ।’ कुशलले भने ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गर्दा आफुमा कुनै दबाब नरहेको उनले सुनाए । उनले लामो समय घरेलु प्रतियोगितामा ओपनिङको भुमिका निभाएका नेदरल्यान्ड्सविरुद्ध आफुमाथी दबाब नरहेको बताएका हुन् ।

‘डेब्यु खेलमा पनि आफुमाथि दबाब लिएको थिएन । किनभने मैले यसकै लागि भनेर पहिले देखिनै धेरै मेहनत गरेको थिए ।’ उनले भने, ‘यो मेरा लागि सुनौलो अवसर हो । म यस अवसरलाई गुमाउनु हुन्न भन्ने सोचमा खेलिरहेको छु ।’

उनले थपे, ‘मलाई टिममा एक भूमिका दिएको छ । मैले त्यही आफ्नो भूमिका निभाएको हो । पछिल्लो दुई तीन वर्षदेखि घरेलु प्रतियोगितामा ओपनिङ गर्दै आएको छु । यसअघि एमर्जिङ कपबाट पनि मैले ओपनिङ गरेको थिए ।’

प्रशिक्षक डेभ वाटमोरले प्रतिस्पर्धा बिना खेलाडी कस्तो भन्ने चिन्न नसकिने बताए ।

उनले सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका कुशल र आसिफ उत्कृष्ट खेलाडी रहेको बताए ।

‘मैले महसुस गरे कि उनीहरू (कुशल र आसिफ) दुबै राम्रा छन् । उनीहरु आफ्नो स्थानमा एक अर्काबीच प्रतिस्पर्धा गरिरहेका थिए । मलाई दुबै खेलाडी ११ मा पर्न सके राम्रो हुन्थ्यो लागेको थियो । तर, प्रशिक्षणका दौरान अन्तिम अभ्यास खेलमा पारस घाइते भए र यो पक्का भयो कि दुबैले खेल्ने छन् ।’ प्रशिक्षक वाटमोरले भने ।

प्रशिक्षक वाटमोरले प्रतियोगिता जित्नेमा विश्वस्त रहेको बताए ।

उनले नेदरल्यान्ड्स टोलीमा धेरै जसो युवा खेलाडी भएकाले नेपाल जित्नेमा विश्वस्त रहेको बताए । नेदरल्यान्ड्स टोली चिसो ठाउँबाट आएकाले उनीहरुलाई यहाँको मौसमसँग घुलमिल हुन समय गाह्रो भएको बताए । तर, नेदरल्यान्ड्सले दोस्रो खेलमा मलेसियाविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP