• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालविरुद्ध मलेसिया : हेड टु हेड कस्तो ?
खेलपाटी संवाददाता
सोमबार, वैशाख ६, २०७८ खेलपाटी संवाददाता
नेपालविरुद्ध मलेसिया : हेड टु हेड कस्तो ?

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।

मलेसिया नेपालको चिरपरिचित प्रतिद्वन्दी हो ।  यस पटकको सिरिजमा मलेसियालाई 'अण्डर डग’ टिमको रुपमा हेरिएको छ ।

नेपाल र मलेसियाबीचको हालसम्मको प्रतिस्पर्धा कस्तो छ त ? यसबारे सम्पूर्ण जानकारी तल उल्लेख गरिएको छ ।

हालसम्म नेपाल र मलेसियाबीच ४ टी-ट्वान्टी र ४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल भएको छ । जसमा नेपाल हाबी रहेको छ ।

नेपालले ३ टी-ट्वान्टी र ३ टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पार्दा मलेसियाले २ खेलमा जित निकालेको छ ।

पहिलो पटक सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासँग खेलेको थियो । त्यस खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले ३३ तथा परेश लोहनीले ३१ रन बनाए । १ सय २२ को लक्ष्य पछ्याएको मलेसिया १८ ओभर ५ बलमा १०० रनमा समेटिएको थियो । खेलको प्लेयर अफ द म्याच बसन्त रेग्मी घोषित भएका थिए ।

दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी–ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले गुमाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनायो । नेपालका महबुब आलमले सर्वाधिक ३१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २२ तथा परेश लोहनीले १९ र पारस खड्काले १० रनको योगदान गरे । १ सय १२ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

सन् २०१३ को एसीसी टी–ट्वान्टी कप नेपालले आयोजना गरेको थियो । किर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ बनायो । नेपालका पारस खड्काले सर्वाधिक ८७ रन बनाए ।

जवाफी ब्याटिङमा आएको मलेसियाले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । र, नेपाल १९ रनले विजयी भएको थियो ।

अन्तिम टी-ट्वान्टी सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया क्षेत्रिय छनोटमा प्रतिस्पर्धा भएको थियो । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो ।

मलेसियाकै क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा १०० रनमा समेटियो । नेपालका सन्दीप लामिछानेले ५ विकेट तथा सोमपाल कामीले ३ विकेट हात पारे ।

१०१ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका पारस खड्काले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

सन् २०१९ को आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसिया भ्रमण गर्यो । दुई खेलको मैत्रीपूर्ण सिरिजमा नेपालले सहज जित निकाल्यो । पहिलो खेलमा ७ विकेटले मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा ६ रनको जित निकाल्यो ।

पहिलो खेलमा १ सय २९ रनको लक्ष्य नेपालको लागि पारस खड्काले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले ।

दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले बिनोद भण्डारीको अर्धशतकमा १ सय ७३ रन बनाउन सफल भयो । मलेसियाविरुद्ध नेपालले बनाएको यस रन सर्वाधिक स्कोर हो । जवाफी लक्ष्य पछ्याएको मलेसियाले १ सय ६७ रन मात्र बनायो र, नेपालले सिरिज २–० ले कब्जा गर्यो ।

लगत्तै सिंगापुरमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप एसिया रिजनल फाइनल प्रतियोगितामा भेट भयो । ९ ओभरमा छोट्टाईएको खेलमा ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । खेलमा ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

अन्तिम पटक नेपाल र मलेसियाबीच सन् २०२० मा एसीसी इस्टर्न रिजन टी-ट्वान्टीमा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा भने नेपाल पराजित भएको थियो । १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो ।

नेपालविरुद्ध मलेसिया - म्याच फ्याक्ट

सर्वाधिक रन बनाउने नेपाली खेलाडी : पारस खड्का (४ इनिङमा १७० रन)

एक इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी : पारस खड्का (अविजित ८६ रन)

सर्वाधिक स्ट्राइक रेट : आरिफ सेख (१६६.६७)

सर्वाधीक विकेट लिने नेपाली खेलाडी : सन्दीप लामिछाने (७ इनिङमा १३ विकेट)

बेस्ट बलिङ फिगर : कारण केसी (२० रन खर्चेर ५ विकेट)

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
सुरजको संयोजकत्वमा तदर्थ समिति गठन
सुरजको संयोजकत्वमा तदर्थ समिति गठन
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP