• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै 
खेलपाटी संवाददाता
सोमबार, वैशाख ६, २०७८ खेलपाटी संवाददाता
त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै 

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजीमा रहनेछ ।

नेदरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ । तर, घरेलु मैदानमा नेपालमाथी जित निकाल्न नेपाललाई सजिलो भने हुने छैन् ।

सिरिजमा अन्डर डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो । मलेसिया त्यो गल्ती नेपालसँग गर्न चाहदैन । अर्कोतर्फ मलेसियासँग नेपाललाई २ खेलमा पराजित गरेको आत्मविश्वास छ ।

हेड टु हेड -

हालसम्म नेपाल र मलेसियाबीच ४ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल भएको छ । जसमा नेपालले ३ टी–ट्वान्टी र ३ टी–ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ ।

मलेसियाले पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी–ट्वान्टीमा नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो । मलेसिया नेपालविरुद्ध त्यही लय र आत्मविश्वासलाई फेरी एक पटक टियू क्रिकेट मैदानमा फकाउन चाहन्छ ।

प्लेयर्स टु वाच -

नेपाल (ब्याटिङ)

पूर्व कप्तान पारस खड्काको अनुपस्थितीमा नेपाली टोलीले दुई युवा ब्याट्सम्यानलाई स्थान दिएको छ । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका कुशत भुर्तेल र आसिफ शेखलाई नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनिङ ब्याटिङका लागि पठाएको थियो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युसँगै ओपनिङ गरेकाद्धय कुशल र आसिफले उत्कृष्ट कीर्तिमानी ब्याटिङ समते गरे । उनीहरुले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतकसँगै पहिलो विकेटका लागि सर्वाधिक १ सय १६ रनको साझेदारी समेत गरे ।

ओपनिङ जोडी कुशल र आसिफ मलेसियाविरुद्धको खेलमा पनि नेपालका लागि ब्याटिङतर्फ मुख्य हरियार रहने छन् । उनीहरुलाई कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको साथ रहने छ ।

ज्ञानेन्द्र र दिपेन्द्र नेपालका लागि अनुभवी खेलाडी हुन् । मलेसियासँग प्रायः खेलमा उपस्थित रहेको पय दुई खेलाडी पाहुना टोलीका लागि बाधक बन्न सक्ने छन् । अनुभवीद्धय कप्तान र उपकप्तानले मलेसियाका प्रायः खेलाडीलाई राम्रोसँग चिनेका र बुझेका समेत छन् ।

नेपाल (बलिङ)

मलेसियासँगको खेलका लागि बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने र तिव्र गतिका बलर करन केसी नेपालका लागि मुख्य हतियार रहने छन् ।
अन्तर्राष्ट्रिय स्तरमा फ्रेन्चाइजी टी–ट्वान्टी लिगको अनुभवी सन्दीपले मलेसियासँगको पछिल्लो एक खेलमा मात्र एक ओभर मेडन राख्दै तीन विकेट लिएका थिए ।

उनले शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि चार ओभर बलिङ गर्दै दुई विकेट लिएका थिए ।
यता करनले पनि मलेसियासँगको पछिल्लो खेलमा एक विकेट लिएका थिए । करनले पनि फ्रेन्चाइजी लिग टी–१० को अनुभव लिइसकेका छन् ।

मलेसिया (ब्याटिङ)

सिरिजमा अन्डर डगको रुपमा हेरिएको मलेसियाले नेदरल्यान्डविरुद्ध आफ्नो पहिलो खेलमा सोचेभन्दा राम्रो ब्याटिङ प्रस्तुत गरेको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १ सय ७६ रन बनाएको थियो ।

मलेसियाका लागि विरन्दीप सिंहले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । उनले ५३ बलमा समान ६ चौकार छक्का प्रहार गर्दै ८७ रनको अर्धशतकीय पारी खेलेका थिए । उनी नेपालविरुद्धको खेलमा मलेसियाका लागि मुख्य हतियार हुन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियका २२ खेल खेल्दै ११३.४१ को स्ट्राइक रेटमा ६ सय ५१ रन जोडेका छन् ।

त्यस्तै कप्तान अहमद फाइज पनि मलेसियाका मुख्य खेलाडी हुन् । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा रन जोड्न नसके पनि फाइज मलेसियाका अनुभसवी खेलाडी हुन् । पछिल्लो खेलामा मलेसियाले नेपाललाई पराजित गर्दा फाइनले ३० रन जोडेका थिए । उनी अभिनास बोहराको बलमा बोल्ड आउट भएका थिए ।

फाइजले मलेसियाका लागि १९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ११५.९५ को स्ट्राइक रेटमा ४ सय ३६ रन जोडेका छन् ।
अनवर अरुदिन पनि मलेसियाका अनुभवी र प्रमुख खेलाडी हुन् । नदेरल्यान्ड्सविरुद्धको खेलमा पहिलो बलमा छक्का प्रहार गरेका उनी दोस्रो बलमा लामो सर्ट खेल्ने चक्करमा आउट भएका थिए ।

मलेसिया (बलिङ)

नेदरल्यान्ड्सविरुद्ध मलेसियाका साज्रुल इद्रुसले नखेले पनि उनी नेपालविरुद्ध खेल्न सक्ने छन् । उनीविना मलेसियाका बलरले नेदल्यान्ड्सविरुद्ध खासै चल्न नसकाले इद्रुसलाई नेपालविरुद्ध मैदान उत्रिने सम्भावना प्रवल छ ।

उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा मात्र दश खेल खेल्दा १७ विकेट लिएका छन् । उनको औषत इकोनोमी ७.१७ रहेको छ ।

त्यस्तै अर्का बलर हुन पवनदीप सिंह । पवनदीप मलेसियाका अर्का मुख्य हतियार हुन् । उनले मलेसियाका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २० खेल खेलेका छन् ।

२० खेलमा उनले ६.७० को औशत इकोनोमी राख्दै २६ विकेट लिएका छन् । उनले नेदरल्यान्ड्सविरुद्ध ३ ओभरमा २२ रन खर्चदै एक विकेट लिएका थिए ।

याे पनि, नेपालविरुद्ध मलेसिया : हेड टु हेड कस्तो ?

 

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
सुरजको संयोजकत्वमा तदर्थ समिति गठन
सुरजको संयोजकत्वमा तदर्थ समिति गठन
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP