• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्ड्सको जित
खेलपाटी संवाददाता
आइतबार, वैशाख ५, २०७८ खेलपाटी संवाददाता
म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्ड्सको जित

काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

मलेसियाका लागि विरन्दीप सिंहले अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् ।

उनले ५३ बलमा समान ६ चौका र छक्काको मद्दतमा ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनलाई सेबास्टियन ब्राटले गरेको १९ औं ओभरको चौथो बलमा विसीले क्याच गर्दै पेभिलियन फर्काएका थिए ।

खराब सुरुवात गरेको मलेसियाले टोलीको २० रन हुँदा तीन विकेट गुमाएको थियो । मलेसियाले पहिलो ओभरको तेस्रो बलमा नै पहिलो विकेट गुमाएको थियो । ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका अनवार आरुदीनले तेस्रो बलमा पनि लामो सट खेल्ने चक्करमा बोल्ड आउट हुन पुगे ।

No description available.

पहिलो ओभरको अन्तिम बलमा नै मेसियाले कप्तान अहमद फाइजलाई दोस्रो विकेटको रुपमा गुमायो । फाइज शुन्य रनमा स्कट एडवार्डको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किए । तेस्रो ओभरको तेस्रो बलमा ओपनर साद आजिज तेस्रो विकेटको रुपमा पेभिलियन फर्किए । ७ रनमा खेली रहेका उनी बास दे लिडीको बलमा पिटर सिलारको हातबाट क्याच आउट हुन पुगे ।

त्यसपछि मैदान प्रवेश गरेका शार्विन मुनियान्डीले विरन्दीप सिंहसँग ५८ रनको साझेदारी गरे । उनले २० बलमा ४ चौका र एक छक्का प्रहार गर्दै २८ रन जोडे ।

शाफिक शारिफ शुन्य रनमा आउट हुँदा, अमिनुद्दीन राम्ली २६ रनमा पेभिलियन फर्किए । शाफिकले विरन्दीपसँग ३३ रनको साझेदारी गरे । उनी डे लिडेको बलमा सेबास्टियन ब्राटको हातबाट क्याच आउट हुन पुगे । सातौ विकेटको रुपमा पेभिलियन फर्किएका खिजार हायातले २ रन जोडे । मुहम्मद वाफीक ६ र अनवर रहमान एक रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लागि आर्यन डत्त, सेवास्तिन ब्राट र बास डे लिडेले समान २/२ विकेट लिए । त्यस्तै, फिलिप्पे बोइसेविन र पिटर सिलारले १/१ विकेट लिए ।  

No description available.

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ'डोउडले अविजित रहदै १ सय ३३ रनको शतकीय इनिङ्स खेले । उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन जोडेको शतकीय पारी खेलेका हुन् ।

म्याक्सले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका लागि शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए ।

त्यसअघि नेदरल्यान्ड्सका लागि कप्तान पिटर सेलरले अविजित ९६ रनको इनिङ खेलेका थिए ।

तेस्रो ओभरको पहिलो बलमा नेदरल्यान्ड्सले टोविएस विसीलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । एक रनमा खेलिरहेका उनी पवनदीप सिंहको बलमा बोल्ड आउट हुन पुगेका थिए ।

May be an image of one or more people, people standing, people playing sports and text

त्यसपछि मैदान प्रवेश गरेका स्कट एडवार्डले म्याक्ससँग मिलेर नेदरल्यान्ड्सको इनिङ्स सम्हालेका थिए । स्कटले म्याक्ससँग ४९ रनको साझेदारी गरेका थिए ।

स्कटले २३ बल खेल्दा ३ चौका र एक छक्काको मद्दतमा ३१ रनको योगदान दिए । तर, उनी अन्वर रहमानले गरेको नवौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुन पुगे । बेल कोपरले म्याक्ससँग १ सय २५ रनको साझेदारी गरे ।

एडवार्डको स्थानमा मैदान प्रवेश गरेका कोपरले २० बलमा २ छक्कासहित २० रनमा अविजित रहे ।

No description available.

मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले १/१ विकेट लिए ।

यस जितसँगै नेदरल्यान्ड्सले २ खेलमा २ अंक जोडेको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

मलेसियाले भने हारबाट सिरिजको सुरुवात गरेको छ ।

No description available.

No description available.

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
नेपालको विशाल जित
नेपालको विशाल जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने
इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP