• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
फरक ‘रवैया’ मा देखिएको नेपाल
विश्वास थापा
आइतबार, वैशाख ५, २०७८ विश्वास थापा
फरक ‘रवैया’ मा देखिएको नेपाल

काठमाडौं । घरेलु मैदान । खचाखच दर्शक । ओपनिङ जोडीको आक्रामक ब्याटिङ । शानदार जित ।

एक, नेपाली क्रिकेट समर्थक यसमा विरलै रमाउन पाउँछन् । तर शनिबारको दिन यो माहोल टियु क्रिकेट मैदानको रौनक थियो ।

प्राय 'डिफेन्सिभ’ शैलीमा देखिने नेपाल शनिबार 'अट्याकिङ मुड’ मा थियो । नेदरल्यान्ड्सका कप्तान पिटर सिलारको भाषामा भन्ने हो भने नेपाल शनिबार फरक 'एटीट्यूड’मा थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उद्दघाटन खेलबाट १३ महिनापछि नेपाल अन्तराष्ट्रिय क्रिकेटमा फर्कियो, शानदार तरिकाले ।

प्रतियोगिताको उद्दघाटन खेलमा पाहुना टोली नेदरल्यान्ड्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै घरेलु टोली नेपालले सुखद सुरुवात गर्यो ।

१ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको सहज जितमा सलामी जोडीले आक्रामक अर्धशतकीय इनिङ्स खेले । खेलमा नेपालको ओपनर जोडीले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । कुशल भुर्तेल र आशिफ शेख । दुबै खेलाडीले शानदार डेब्यु गर्दै नेपाललाई जित दिलाए ।

May be an image of 3 people, people standing and text that says '网 PENOR NEPAL JHERLANDS खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी मेन्ट khelpati.com be afat'

जित दिलाउन कुशलले ६२ रनको आक्रमक इनिङ खेले । ४६ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । कुशल सुरुवात देखिनै आक्रमक देखिए । तीव्र गतिमा रन बनाउनु अघि भुर्तेल पहिलो ओभरको तेस्रो बलमा शुन्य रन बनाउँदा क्याच भएका थिए । तर अम्पायरले नो बलको इसारा गरेपछि भुर्तेलले जीवनदान पाए । क्याचसंगै मैदान छाडिसकेका उनलाई नन् स्ट्राइकर इण्डमा रहेका अफिसले नोबल हो भन्दै रोकेपछि हतारमा क्रिजभित्र पसे ।

लगत्तै पाएको फ्रि हिटमा भुर्तेलले चौका प्रहार गरे । त्यसपछि भने रोकिएनन् । शर्ट कभरमा क्याच आउट हुनुअघि १३ औं ओभरमा पहिलो विकेटको लागि भुर्तेलले १ सय १६ रनको साझेदारी गर्दै नेपाललाई जितको आधार तयार पारेका थिए ।

अर्का ओपनर आशिफले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक बनाए । उनी ५४ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १३ रनको योगदान गरे ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पाहुना टोलीलाई खुलेर खेल्ने मौका दिएन । चुस्त बलिङ गरेको नेपालले सुरुवात देखिनै नेदरल्यान्ड्सलाई दबाबमा राखेको थियो । नेपाललाई लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो ओभरमा पहिलो सफलता दिलाए । उनले म्याक ओडोवडलाई १० रनमा एलबीडब्लु आउट गरे ।

लगत्तै अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शुन्यमा एलबीडब्लु धरापमा पारेपछि नेदरल्यान्ड्सको ब्याटिङ धर्मराएको थियो ।

नेदरल्यान्ड्सका बास डी लिडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरे । स्कट इडवार्डसले ३० तथा कप्तान पिटर सिलार २२ र एन्टोनिउस स्टलले अविजित रहँदै २० रन बनाए ।

नेपालका लागि सन्दीपले २ विकेट लिए । यस्तै, सोमपाल र डेब्यु खेलाडी शाहाब आलमको नाममा १–१ विकेट रह्यो ।

नेपालले शनिबार देखाएको खेल निकै दुर्लभ थियो । यस्तो प्रदर्शन नेपाली खेलाडीबाट विरलै देख्न पाइन्छ । पाहुना टोली नेदरल्यान्ड्सका कप्तानले समेत नेपालको खेलको खुलेर प्रशंसा गरे ।
नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले शनिबारको खेलमा नेपालले पहिलेको भन्दा फरक मनोवृत्ति देखाएको बताए ।

'नेपालको खेल फरक थियो । सधैं खेल्ने एटिटिउड भन्दा फरक थियो । इमान्दार हुनु पर्दा, हामी भन्दा सय गुणा राम्रो थियो नेपालले । हामीलाई नेपालले राम्रो पाठ सिकाएको छ ।’ नेदरल्यान्ड्सका कप्तान पिटरले भने ।

May be an image of one or more people, people playing sports, people standing and outdoors

यस्तै, नेपाली कप्तान ज्ञानेन्द्र मल्ल समेत शनिबारको खेल उत्कृष्ट मध्यको एक रहेको बताउँछन् ।

'समग्रमा शनिबारको खेल हामीले वान अफ द बेस्ट क्रिकेट खेलेको जस्तो लाग्छ । तर सुरुवातमा तालमेल नमिलेको जस्तो भएको थियो । त्यसैले मिस फिल्ड धेरै भइरहेको थियो । तर बलरहरुले कमब्याक गर्दै उनीहरु (नेदरल्यान्ड्स)लाई १ सय ४० भित्र रोक्न सफल भयौं ।’ खेलपछि कप्तान ज्ञानेन्द्रले भने, ’यो लक्ष्य भेट्टाउने कुनै दुई खेलाडीले हात उठाउनु पर्ने थियो । डेब्यु दुई ओपनर खेलाडीले यस खेललाई जसरी अगाडी लगे, यो एक वान अफ द बेष्ट थियो ।’

लामो समय देखि नेपालले ओपनिङ जोडीको लागि थुप्रै परिक्षण गर्दै आएको छ । चाहे एकदिवसीय होस् या टी ट्वान्टी । नेपालले पर्फेक्ट ओपनर जोडी पाउन सकेको छैन । यसबीचमा थुप्रै खेलाडीले ओपनिङमा प्रयास गरे तर नेपालले दिर्घकालिन ओपनर जोडी पाउन सकेको छैन । तर डेब्यु गरेका यी ओपनरले केही आस गर्ने बाटो देखाएका छन्, केहि संकेत गरेका छन् । कुशल र आशिफले गरेको यो ओपनिङ साझेदारी नेपालले टी-ट्वान्टीमा गरेको कीर्तिमानी साझेदारी हो । उनीहरुले पहिलो विकेटको लागि १ सय १६ रनको साझेदारी गरेका थिए ।

कप्तान ज्ञानेन्द्रले समेत आशिफ र कुशलको प्रर्दशनबाट प्रेरित भएको बताउँछन् । तर दुई खेलाडीले ओपनिङ गर्ने भनेर लामो समय देखिको नरहेको प्रष्ट पारे ।

'युवा खेलाडीहरु राष्ट्रिय टिममा आएर एक्स्पोज हुने मात्र हैन प्रदर्शन गरेर खेल जिताउन सक्छन् भन्ने प्रमाण उनीहरुले गरेका छन् । उनीहरुको लागि खुसी छु ।’ ज्ञानेन्द्रले थपे, 'पारस टिममा हुँदा भने ओपनिङ उनीहरुले गर्ने केहि पक्का थिएन । यद्दपी उनीहरुले ओपनिङको लागि योग्य छन् भन्ने लागेको थियो । तर पारस घाइते भएपछी भूमिका परिवर्तन गर्यौं र दुई जनालाई ओपनिङ गर्ने मौका दियौं र त्यो सफल सावित भयो जस्तो लाग्छ ।’

'हामीले डोमिनेन्ट गर्न सक्छौं । उनीहरुले क्लब क्रिकेटदेखि नै विशिष्ट स्थान ओपनिङमा पाउँदै आएका थिए । नयाँ खेलाडीहरुलाई स्थान परिवर्तन गर्दै आउँदा गाह्रो पर्छ । तर उनीहरु एक डेढ वर्षदेखि ओपनिङ मात्र गर्दै आएका छन् । उनीहरु खेल्दा खेल्नका लागि मात्र होइन, त्यो स्थानमा उनीहरु योग्य भएर खेलेको थिए ।’ ज्ञानेन्द्रले थपे ।

नेपालले टी-ट्वान्टीमा ९ विकेटले विजयी भएको यो तेस्रो पटक हो । यसअघि नेपालले थाइल्याण्ड र सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । सहज जित हातपारे पनि नेदरल्यान्ड्स कमजोर टोली नरहेको ज्ञानेन्द्रले बताए ।

'नेदरल्यान्ड्सको खेलाडीहरु धेरै परिवर्तन थियो । पूर्ण टोली नभएपनि उनीहरु अलि बलियो भएर आउँछ भन्ने आश गरेका थियौं । यो भन्दा राम्रो टिम हुन्थ्यो होला । तर लामो समयपछि क्रिकेट खेलेको भएर हुनसक्छ ।’ उनले भने, 'विगत १५–२० वर्षदेखि उनीहरु एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउँदै र विश्वकपमा सहभागी हुँदै आएको छ । उनीहरुसंग सिस्टम छ तर यो माहामारीपछि यो कन्डिसन, युवा खेलाडी, समर्थकहरुको कारण उनीहरुले संघर्ष गरेको होला । तर उनीहरु कमजोर भने होइन ।’

May be an image of one or more people, people standing, people playing sports and text that says 'ထူ econd Pexher EPAL खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com TERANDS खेलपाटी khelpati.com खेलपाटीkhelpati.com खेलपाटी khelpati.com कम मितो'

पराजित कप्तान पिटर नेपाली समर्थक सामु केहि नलागेको बताए । खराब खेल समर्थकलाई पस्किएको कारण उनले यसो भनेका हुन् ।

'हल्याण्डमा हामीले यस्तो समर्थक पाउँदैनौं, यी समर्थक निकै प्यासनेट थिए । यिनीहरूलाई हामीले चुप गराउन पाएको भए हुन्थ्यो तर आज उनीहरु रोकिनु परेन । नेपाली समर्थकको बारे सुनेका थियौं, शनिबार महशुस गरियो ।’ नेदरल्यान्ड्सका कप्तान पिटरले आफुहरुले भन्दा सय गुणा राम्रो खेलेको बताउँदै भने, 'दर्शकसामु अलि लाज पनि लाग्यो, हामीले स्तरीय क्रिकेट देखाउन पाएनौं । समर्थकलाई खराब खेल पस्कियौँ । उनीहरूले नेपालको खेलको मात्र मज्जा लिए ।’

उनले शनिबारको खेलमा नेपालले आफुहरुलाई ठुलो पाठ सिकाएको बताए । यस पाठले आउने खेलमा सहयोग पुग्ने उनले बताए ।

'मलेसियासँग हामीले खेलका छैनौ। झण्डै २५ वर्ष जति भयो होला । तर आजको खेलबाट पाठ लिएका छौ । र पिचबारे समेत जान्ने मौका पायौं। हामीलाई आज थाहा भयो, पिचले कस्तो व्यवहार गर्छ । मलेसियासँग खेलका लागि आतुर छु । अब मलेसिया गलत दिशामा हुनेछ ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
नेपालको विशाल जित
नेपालको विशाल जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने
इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP