• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालको उत्कृष्ट मध्येको एक खेल – कप्तान मल्ल
दिपेश तिमल्सिना
शनिबार, वैशाख ४, २०७८ दिपेश तिमल्सिना
नेपालको उत्कृष्ट मध्येको एक खेल – कप्तान मल्ल
null

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेदरल्यान्ड्सविरुद्ध अहिलेसम्मकै उत्कृष्ट मध्यको एक खेल खेलेको बताएका छन् ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट अन्तरगत शनिबार नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको शानदार जितलाई कप्तान मल्लले नेपालको अहिले सम्मकै उत्कृष्ट खेल खेलेको प्रतिक्रिया दिए ।

घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दा डेब्यु खेलाडीद्धय आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय ईनिङ्स खेलेका थिए ।

दुबै खेलाडीले पहिलो विकेटका लागि गरेको १ सय १६ रनको साझेदारी टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।

‘नेदरल्यान्ड्सविरुद्ध हामीले वन अफ द बेस्ट क्रिकेट खेल्यौ । सुरुवातमा फिल्डिङमा केही नमिलेको र गल्तीहरु धेरै भए । तर जसरी बलरले पुनरागन गरे । उनीहरुलाई १ सय ४० भित्र रोक्न सक्यौ ।’ कप्तान मल्ले भने, ‘यो लक्ष्यका लागि दुई जनाले भार उठाउनु पर्ने थियो । कुशल र आसिफले डेब्युमै खेल आफ्नो पक्षमा लैजानु उत्कृष्ट थियो । यो हाम्रो वान अफ द वेष्ट गेमनै हो ।’

उनले नयाँ र युवा खेलाडीको प्रदर्शनबाट निकै खुसी रहेको बताए ।

उनले नयाँ खेलाडीले अन्तराष्ट्रिय खेल मात्र खेल्ने नभएर राम्रो प्रदर्शनसँगै खेललाई जिताउन सक्ने क्षमता देखाउन आवश्यक रहेको बताए । उनले ओपनिङ्का लागि कुशल र आसिफलाई पहिले देखिनै तयार गरिएको बताए ।

‘पारसको स्थान उनीहरुलेनै लिन सक्छन् भन्ने पहिलेनै लागेको थियो । अभ्यासमा पनि हामीले ओपनिङका लागि उनीहरुलाई नै तयार गरेका थियौं । पारस घाइते भएपछि दुई जनालाई ओपनिङ् गर्ने मौका दियौ । सही सावित पनि भयो ।’ उनले भने ।

नयाँ खेलाडीले निरन्तर क्रिकेट खेल्न पाए अझै राम्रो गर्न सक्ने उनले बताए । नयाँ खेलाडीलाई अवसरको खाँचो रहेको मल्लको धारणा छ ।

‘नयाँ खेलाडीलाई अवसरको खाँचो छ । उनीहरुको खेल्ने स्टाइल फरक छ । हामीले ओपनिङमा यिनैलाई अगाडी बढाउनु पर्छ ।’ मल्लले भने ।
‘१४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा उत्रिदाँ दुबै टोलीले धेरै परिवर्तन गरेका थिए । दुबै टोलीमा युवा खेलाडीले स्थान पाएका थिए । तर, नेदरल्यान्ड्स पनि नराम्रो टोली भने हैन । नेदरल्यान्ड्स पछिल्लो लामो समयदेखि एकदिवसीय मान्यताका खेल खेलिरहेको छ ।’ मल्लले भने, ‘उनिहरुसँग त्यो मान्यता छ । तर सायद कोरोनापछि उनीहरुको टोलीमा नयाँ र युवा खेलाडीलाई समेट्दा यस्तो फरक अवस्था आएको हुन सक्छ । उनीहरुले खेलमा संघर्ष गर्नु पर्यो । यसको मतलब यो हैन कि उनीहरु कमजोर हो । मलाई त्यस्तो लाग्दैन ।’


नेदरल्यान्डसका कप्तान पिटर सिलरले पनि नेपालले आजको खेलमा आफ्नो टोलीभन्दा सयौ गुणा राम्रो खेलेको बताए । उनले नेपाल खेलमा फरक शैलीमा मैदानमा उत्रिएको बताए ।

‘नेपालको खेल सधैभन्दा आज वास्तवमै फरक थियो । हामी भन्दा सय गुणा राम्रो थियो । यस खेलले प्रतियोगिताको फाइनल अघिनै राम्रो पाठ सिकाएको छ ।’ उनले भने, ‘सुरुवातमै हामीले दुई विकेट गुमाएपछि केही दबाबमा पयौ । नेपाली बलरले सुरुवातदेखिनै हाम्रा ब्याट्म्यानलाई दबाबमा राखे ।’

उनले पछिल्लो २५ वर्षदेखि नेदरल्यान्ड्सले मलेसियासँग नखेलेको बताए । पछिल्लो पिँढीका खेलाडीका लागि मलेसिया नयाँ प्रतिद्धन्द्धी रहेको उनले जानकारी दिए ।

‘मलेसियासँग विगत लामो समयदेखि हामीले नखेले पनि खेलाडीबारे जानकार छौ । हामीले आजको खेलबाट मैदानको पिचबारे पनि जान्ने मौका पायौ । भोलीको खेलमा मलेसियासँग खेल्दा हामीलाई फाइदा हुनेछ ।’ उनले भने, ‘हामीले आजको खेलमा गरेको गल्ती भोलीको खेलमा सुधार गर्ने छौ ।’

उनले नेपाली समर्थको चर्चा गर्दै आफ्नो देशमा यस्तो समर्थक नपाउने जिकिर गरे । उनले नेपाली समर्थक निकै धैर्यवान भएको बताए ।

‘नेपाली समर्थकहरुको बारे सुनेका थियौं । आज महसुस गरियो । नेपाली समर्थकलाई हामीले चुप गराउन पाएको भए हुन्थ्यो । तर उनीहरु रोकिनु परेन ।’ उनले भने, ‘हामीले स्तरीय खेल देखाउन पाएनौ । दर्शकसामु अलि लज्जित पनि लाग्यो । समर्थकलाई खराब खेल पस्कियौँ । उनीहरूले नेपालको खेलको मात्र मज्जा लिए ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP