• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालले साफ जित्ने पाँच आधार
हिम बिक्रम केसी
आइतबार, भदौ २४, २०७५ हिम बिक्रम केसी
नेपालले साफ जित्ने पाँच आधार

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको १२ औ संस्करण बंगलादेशमा जारी छ । सन् १९९३ बाट साफको नामले सञ्चालित प्रतियोगितामा नेपाल चाैथाे पटक सेमिफाईनल प्रवेश गरेको छ ।

साफमा नेपाल सदाबहार दाबेदार टोली हो । तर दुर्भाग्य नेपालले अहिलेसम्म फाईनल खेल्न सकेको छैन् ।

दक्षिण एसियाका धेरै राष्ट्रले साफको उपाधि चुमिसक्दा नेपाल भने पटक पटक सेमिफाईनलबाट घर फर्कन बाध्य भएको छ, इतिहासले त्यही भन्छ ।

दक्षिण एसियाली अर्थतन्त्र र राजनीतिमा जस्तै फुटबलमा समेत इन्डिया ‘दादा’ हो । १२ औ संस्करणसम्म आईपुग्दा इन्डियाले मात्र ७ पटक साफको उपाधि उचालेको छ । इन्डिया विश्व अर्थतन्त्रमा जति शक्तिशाली बन्दै छ, त्यसको प्रभाव फुटबलमा समेत प्रष्ट देखिन्छ ।

फिफा वरियताको ९६ औ स्थानमा रहेको इन्डियाले अब एशिया कप हुदै विश्वकपसम्मको रोड म्याप तयार बनाएको छ ।

इन्डियाले प्रष्ट संकेत गरेको छ, उ अब दक्षिण एसियामात्र रमेर बस्ने छैन् । त्यसैले बंगलादेशको साफ च्याम्पियनसिपमा उसले २३ बर्ष मुनिको टोली पठाएको छ ।

अर्कोतर्फ, अफगानिस्तानले दक्षिण एसिया क्षेत्र छाडेर अन्यत्र हिडिसक्यो । तर जति साफ क्षेत्रमा रह्यो, पछिल्लो समय इन्डियालाई टक्कर दिएर बस्यो ।

युरोप र अरब लिग फुटबलमा अभ्यस्त खेलाडीको साथले उसले पछिल्लो समय दक्षिण एसियामा प्रभुत्व कायम गर्न सफल भयो ।

साफमा अर्को सफल टोली हो, माल्दिभ्स ।

कुनै एक खेलाडीको प्रभावले देशको फुटबलमा कति माथि पुग्न सक्छ ? एक पटक माल्दिभ्सलाई हेरे पुग्छ ।

अलि अस्फाक, मालिदभ्सको फुटबलले पाएका अहिलेसम्मकै ठुला स्टार हुन् । उनके नेतृत्वमा माल्दिभ्सले दक्षिण एसियाली फुटबलमा आफ्नो शक्ति प्रर्दशन ग¥यो । माल्दिभ्सले जे जति खेल्यो त्यसको नायकत्व अस्फाकले गरे । उनकै प्रेरणदायी प्रर्दशनमा माल्दिभ्सले सन् २००८ को साफ च्याम्पियनसिपनै जित्यो ।

बंगलादेश साफको सदाबहार बलियो टोली हो । घरेलु भुमिका बंगलादेशले अझ राम्रो खेल्छ । तथ्याङ हेरौ, सन् २००३ मा घरेलु भुमिमा भएको साफ बंगलादेशले जितेको छ । घरेलु भुमिका राम्रो खेल्ने बंगलादेशलाई यस पटक भाग्यले दिएन । दुई खेल जितेर समेत बंगलादेश घरेलु भुमिमा समुह चरणबाटै बाहिरिएको छ ।

यि त भए साफ फुटबलका ‘शेरहरु’को सामान्य परिचय ।

अब मुख्य प्रश्न, के नेपालले साफ जित्न सक्छ ?

युद्धको नियम हुन्छ । आक्रमण अगाडी आधार तयार हुनपर्छ ।

के नेपाल उपाधिमाथि कब्जा जमाउन सक्षम छ ?

त्यसो भए साफ जित्ने नेपालसंग आधार के त ?

‘सक्छ, नेपालले साफ जित्ने हैसियत राख्छ ।’ नेपाली फुटबलको नाडीनशा छामेका खेल बिश्लेषक सञ्जिव मिश्र यसै भन्छन् ।
उनीसंग त्यसका प्रष्ट आधार समेत छन् ।

पहिलो आधार नेपाली खेलाडी अन्य सहभागि देशको तुलनामा अनुभवी छन् । नेपालको आन्तरिक फुटबल जति समस्याबाट गुज्रिएको किन नहोस तर मैदानमा नेपालले आफुलाई प्रमाणित गरेको छ । साग, सोलिडारिटी र बंगबन्धुले त्यसका उदाहरण हुन् । अझ भनौ नेपाललाई लगातार तीन उपाधि जिताएका अधिकांश खेलाडी अहिलेको टोलीमा समावेश छन् ।

दोस्रो कुरा, साफमा अफगानिस्तान समावेश छैन । त्यसमा नेपालले तुलनात्मक रुपमा सजिलो समुह पाएको छ । युरोपेली र अरबी क्लब फुटबलमा भिजेका अफगानि खेलाडी नभएपछि नेपालको उपाधिको बाटो केही सहज बनेको छ ।

तेस्रो आधार, बलियो दाबेदार इन्डियाले २३ बर्ष मुनिको टिम साफ खेल्न पठाएको छ । दक्षिण एसियामा नेपालका लागि भारत सधै तगारो बनेर बस्यो । तर राष्ट्रिय टिम नआएपछि नेपालले इन्डियाको उमेर समुहका खेलाडीको चुनौती पार गर्न सक्छ भन्ने अपेक्षा गर्न सक्छौ ।

चौथो कुरा नेपालले एशियाडमा राम्रो प्रर्दशन गर्यो । जापानसंग अझ राम्रो प्रर्दशन गर्यो । त्यो खेलमा नेपालको डिफेन्स र गोलकिपिङ लाईनको राम्रो परिक्षण भयो । जसमा नेपाल सफल भएको देखिन्छ । अर्को खेलमा भियतनामविरुद्ध पराजित भएपनि नेपालले त्यो खेलमा आक्रमक फुटबल खेलेको छ । गोलको अवसर सिर्जना गरेको छ । राम्रा क्रस निकालेको छ । तेस्रो खेलको पाकिस्तानविरुद्धको नतिजाले नेपाललाई केही निराश बनाउन सक्छ । तर त्यसको सकारात्मक प्रभाव साफमा देखिएको छ । नेपाली खेलाडी शतर्क भएर खेलिरहेका छन् ।

अन्तिममा नेपालसंग जितको भोक छ । साफ च्याम्पियनसिप धेरै देशले जिति सकेका छन् । तर सधैको दाबेदार नेपालले यो सफलता प्राप्त गर्न सकेको छैन । साफ नजितेको भनेको नेपाल, पाकिस्तान र भुटानले मात्र हो ।

त्यसैले विश्वकप बराबरको साफको उपाधिको भोक नेपाल जति अरु कसलाई होला र ?

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP