न्युजिल्याण्डसँग खेल्ने पाकिस्तानी टिमको घोषणा
आइतबार, २१ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । न्युजिल्याण्ड भ्रमणका लागि पाकिस्तानले क्रिकेट टिमको घोषणा गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले आइतबार टी-ट्वान्टी सिरिजका लागि १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
पाकिस्तानले घोषणा गरेको टिमको कप्तानमा बाबर आजम र उपकप्तानमा शादब खान रहेका छन् ।
यस्तै टिममा सरफराज अहमेद र हुसेन टलटले पुनरागमन गरेका छन् ।
उनीहरु जिम्बावेविरुद्ध खेलेको टिममा थिएनन् ।
पाकिस्तानले न्युजिल्याण्डसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
टी-ट्वान्टी सिरिज डिसेम्बर १८, २० र २२ मा हुने तालिका रहेको छ ।
टी-ट्वान्टीपछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।







-1774523438835.jpg&w=3840&q=75)




-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)